Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

सवारी दुर्घटना न्युनिकरणका लागि अछाम जिल्लामा समिति गठन

सवारी दुर्घटना न्युनिकरणका लागि अछाम जिल्लामा समिति गठन

जिल्ला ट्राफिक प्रहरी कार्यालय अछामको आयोजनामा आज साँफेबगरमा राजमार्ग व्यवस्थापन तथा सवारी दुर्घटना न्युनिकरण समिति गठन गरिएको छ ।

आज भएको सर्बपक्षिय बैठक मार्फत उक्त समिति गठन गरिएको हो । साफेबगर नगरपािलका वडा नम्बर ३ का वडाध्यक्ष कृष्ण बढाको अध्यष्तामा ९ सदस्यीय समिति गठन गरिएको छ । जस्मा सदस्य सचिब जिल्ला ट्राफिक प्रहरी प्रमुख बिक्रम बहादुर चन्द,दिलिप कुमार बिसि,पत्रकार महासंघका खम्म खत्री,व्यापारीको तर्फबाट सुरेश प्रसाद पन्त,स्थानीयको तर्फबाट राजन कुवर,भक्तबहादुर कुवर,दिनेश स्वार रहनु भएको छ ।

टाफिक प्रहरी कार्यालयले दुई महिनाको अवधिमा २ लाख भन्दा बढी राजश्व संकलन गरेको छ । यस आर्थिक बर्षको साउन र भदौमा ४ सय ५५ सवारी साधन कार्वाहिमा २ लाख ७९ हजार ५ सय रुपैया राजश्व संकलन गरेको ट्राफिक प्रहरी देबेन्द्र खड्काले जानकारी दिनु भयो । गत आर्थिक बर्षमा २२ लाख ५५ हजार राजश्व संकलन भएको छ ।

बैठकमा सहभागि वडाध्यक्ष कृष्ण बुढाले टाफिक नियम पालन गरी दुर्घटनाबाट जोगिन र जोगाउन सबैलाई आग्रह गर्नु भएको छ । उहाले बिषेश गरी युवाहरुलाई टाफिक नियमको पालन गरी गतिसिमित राखि सवारी साधन चलाउन अनुरोध गर्नु भएको छ ।

बैठकमा पन्त जनरल स्टोरका व्यापारी सुरेश पन्तले घर निमार्णका सामाग्री सडक छेउमा राख्ने,सडक नजिकै पशुचौपायालाई बाध्ने र सडकमा अन्नबाली सुकाउने कारणले पनी दुर्घटनाको जोखिम बढेको बताउनु भयो । बैठकमा नेपाली काँग्रेसका राजन कुवर,नेकपाका सुरत भुलले टाफिक नियम सबैले पालन गर्नुपर्ने र नियम सबैलाई लागु हुनुपर्नेमा जोड दिनु भएको छ । अछाम सार्बजिक यातायातका भक्त कुवर,रुप बहादुर बुढा,पत्रकार लगायतका सहागिता रहेको थियो ।

प्रतिक्रिया