Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २७ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सवारी दुर्घटना न्युनिकरणका लागि अछाम जिल्लामा समिति गठन

सवारी दुर्घटना न्युनिकरणका लागि अछाम जिल्लामा समिति गठन

जिल्ला ट्राफिक प्रहरी कार्यालय अछामको आयोजनामा आज साँफेबगरमा राजमार्ग व्यवस्थापन तथा सवारी दुर्घटना न्युनिकरण समिति गठन गरिएको छ ।

आज भएको सर्बपक्षिय बैठक मार्फत उक्त समिति गठन गरिएको हो । साफेबगर नगरपािलका वडा नम्बर ३ का वडाध्यक्ष कृष्ण बढाको अध्यष्तामा ९ सदस्यीय समिति गठन गरिएको छ । जस्मा सदस्य सचिब जिल्ला ट्राफिक प्रहरी प्रमुख बिक्रम बहादुर चन्द,दिलिप कुमार बिसि,पत्रकार महासंघका खम्म खत्री,व्यापारीको तर्फबाट सुरेश प्रसाद पन्त,स्थानीयको तर्फबाट राजन कुवर,भक्तबहादुर कुवर,दिनेश स्वार रहनु भएको छ ।

टाफिक प्रहरी कार्यालयले दुई महिनाको अवधिमा २ लाख भन्दा बढी राजश्व संकलन गरेको छ । यस आर्थिक बर्षको साउन र भदौमा ४ सय ५५ सवारी साधन कार्वाहिमा २ लाख ७९ हजार ५ सय रुपैया राजश्व संकलन गरेको ट्राफिक प्रहरी देबेन्द्र खड्काले जानकारी दिनु भयो । गत आर्थिक बर्षमा २२ लाख ५५ हजार राजश्व संकलन भएको छ ।

बैठकमा सहभागि वडाध्यक्ष कृष्ण बुढाले टाफिक नियम पालन गरी दुर्घटनाबाट जोगिन र जोगाउन सबैलाई आग्रह गर्नु भएको छ । उहाले बिषेश गरी युवाहरुलाई टाफिक नियमको पालन गरी गतिसिमित राखि सवारी साधन चलाउन अनुरोध गर्नु भएको छ ।

बैठकमा पन्त जनरल स्टोरका व्यापारी सुरेश पन्तले घर निमार्णका सामाग्री सडक छेउमा राख्ने,सडक नजिकै पशुचौपायालाई बाध्ने र सडकमा अन्नबाली सुकाउने कारणले पनी दुर्घटनाको जोखिम बढेको बताउनु भयो । बैठकमा नेपाली काँग्रेसका राजन कुवर,नेकपाका सुरत भुलले टाफिक नियम सबैले पालन गर्नुपर्ने र नियम सबैलाई लागु हुनुपर्नेमा जोड दिनु भएको छ । अछाम सार्बजिक यातायातका भक्त कुवर,रुप बहादुर बुढा,पत्रकार लगायतका सहागिता रहेको थियो ।

प्रतिक्रिया

ट्रेन्डिङ