Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

१२ वर्षे बालिकाको बलात्कारपछि हत्याको आशंका : विह्वल छन् बाजेबज्यै

१२ वर्षे बालिकाको बलात्कारपछि हत्याको आशंका : विह्वल छन् बाजेबज्यै

बाजे गोरख र बज्यै हाँसुको सहारा थिइन् १२ वर्षीया सम्झना कामी । घरभित्रको सानोतिनो काम मात्र होइन, घाँस काट्ने, बस्तुभाउको स्याहार तथा बारी गोडमेल गर्नेलगायत काममा पनि उनी निपुण थिइन् । ‘हामी बूढाबूढी बिरामी हुँदा पानी दिने उही थिई । केही परिहाल्यो भने नातिनी छँदै छ भनेर सोच्थ्यौं । मेरी फूलजस्ती नातिनीलाई राक्षसले चुँडिदियो,’ बज्यै हाँसुले भनिन् ।

बझाङको मस्टा गाउँपालिकाकी सम्झनाको बुधबार साँझ बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान छ । नातिनीको ‘हत्या’ ले कामी परिवार मात्र होइन, खिकाला गाउँ नै शोकमा डुबेको छ । घटनाको वास्तविकता तत्काल छानबिन गरी दोषीउपर कडा कारबाहीका लागि प्रहरीलाई दबाब दिन खिकालावासी सदरमुकाम चैनपुर आएका छन् । यस घटनाको सामाजिक सञ्जालमा समेत व्यापक निन्दा भइरहेको छ । विभिन्न अधिकारकर्मी संघसंस्था, राजनीतिक दल र तिनका भ्रातृ संगठनले अपराधीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै विज्ञप्तिसमेत निकालेका छन् । आमाबाबु चार वर्षदेखि भारतको बेंग्लोरमा रहेकाले सम्झना दुई बहिनीसहित बाजेबज्यैसँग बस्दै आइरहेकी थिइन् ।

नातिनीको हत्यापछि उनका बाजेबज्यै विह्वल अवस्थामै चैनपुर आई प्रहरी, पत्रकार र अधिकारकर्मीहरूसँग हत्यारालाई कारबाही गराइदिन अनुरोध गरिरहेका छन् ।

घटनाको दिन दिउँसो ४ बजेतिर खाजा खाएर सम्झना आधा घण्टाको पैदल दूरीमा रहेको गोठमा गाईबस्तुलाई घाँस हाल्न डोको–नाम्लो बोकेर गएकी थिइन् ।

‘दिनभरि बाख्रा चराएर थाकेर आएकी थिई, गोठमा म जाउँला तँ आराम गर् भन्दा मानिन,’ बज्यै हाँसुले विलाप गर्दै भनिन्, ‘तपाईं बिरामी हुनुहुन्छ, म एकैछिनमा पुगेर आइहाल्छु भनेर गएकी हो, सबै साथीहरू आए ऊ आइन ।’ नातिनीलाई रोक्न घरबाट ५ मिनेट जति लाग्ने स्वास्थ्यचौकीसम्म आफूले पछ्याएको स्मरण गर्दै उनले भनिन्, ‘उसले नमानेपछि त्यहाँबाट फर्किएँ । १५ मिनेटजति टाढा पर्ने सिमथला डाँडासम्म सम्झना गएको घरबाट देखेकी थिएँ ।’

डाँडा कट्नेबितिकै कसैले नियन्त्रणमा लिएको र केही तल रहेको सिममाडौं मन्दिरभित्र लगेर उनको बलात्कारपछि हत्या गरिएको परिवारको दाबी छ । उनले बोकेको नाम्लो र डोको मन्दिरभन्दा करिब सय मिटर तलको खोंचमा फालिएको अवस्थामा भेटिएको उनका काका ईश्वर कामीले बताए । घटनास्थल पुगेका स्थानीयका अनुसार मन्दिरभित्र हत्यारासँग सम्झनाको निकै घम्साघम्सी परेको जस्तो देखिने र छटपटाउँदा भुइँ खुट्टाले खोस्रिएको अवस्थामा रहेको छ ।

न्यून आर्थिक अवस्था भएका सम्झनाका बाजे गोरख बुढेसकालमा पनि आरनको काम गर्छन् । आरनमा कृषिऔजार बनाउने र मर्मत गरेबापत पाइने अन्न (खलो) को सहाराले कामी परिवारको गुजारा चलिरहेको छ । आफूहरूको आर्थिक अवस्था र पहुँच कमजोर भएका कारण अपराधी उम्किने हो कि भन्ने गोरखलाई चिन्ता छ । ‘हामी त आरनको काम गरी खाने मान्छे, हाम्रो लागि बोलिदिने न मान्छे छन्, न पैसा । कतै पैसा पेलेर अपराधी उम्काउने हुन् कि भन्ने चिन्ता छ । तपाईंहरू सबैले बोलिदिनुपर्‍यो,’ उनले भने ।

प्रहरीले पनि सम्झनाको बलात्कारपछि हत्या भएको आशंका गरेको छ । मृतकको पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेकाले यस विषयमा ठोकुवा गरेर भन्न नसकिने बझाङका प्रहरी प्रमुख डीएसपी रूपक खड्काले बताए । ‘घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा घटनास्थलको अवस्था र शवको प्रकृति हेर्दा बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने देखिन्छ,’ घटनास्थल पुगेका उनले भने, ‘अपराधमा संलग्न भएको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।’

उनले पक्राउ परेका व्यक्ति नै अपराधमा संलग्न रहेको खुल्ने केही बलिया प्रमाण फेला परेको खुलाए । यद्यपि अभियुक्तले अपराध स्वीकार नगरेको र थप प्रमाणहरू संकलन गर्न प्रहरी टोली घटनास्थलमै रहेको उनले बताए । ‘गम्भीर अनुसन्धान भइरहेको छ, छिट्टै अपराधी पत्ता लाग्नेछ,’ उनले भने । कान्तिपुर

प्रतिक्रिया