Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०९ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो

१२ वर्षे बालिकाको बलात्कारपछि हत्याको आशंका : विह्वल छन् बाजेबज्यै

१२ वर्षे बालिकाको बलात्कारपछि हत्याको आशंका : विह्वल छन् बाजेबज्यै

बाजे गोरख र बज्यै हाँसुको सहारा थिइन् १२ वर्षीया सम्झना कामी । घरभित्रको सानोतिनो काम मात्र होइन, घाँस काट्ने, बस्तुभाउको स्याहार तथा बारी गोडमेल गर्नेलगायत काममा पनि उनी निपुण थिइन् । ‘हामी बूढाबूढी बिरामी हुँदा पानी दिने उही थिई । केही परिहाल्यो भने नातिनी छँदै छ भनेर सोच्थ्यौं । मेरी फूलजस्ती नातिनीलाई राक्षसले चुँडिदियो,’ बज्यै हाँसुले भनिन् ।

बझाङको मस्टा गाउँपालिकाकी सम्झनाको बुधबार साँझ बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान छ । नातिनीको ‘हत्या’ ले कामी परिवार मात्र होइन, खिकाला गाउँ नै शोकमा डुबेको छ । घटनाको वास्तविकता तत्काल छानबिन गरी दोषीउपर कडा कारबाहीका लागि प्रहरीलाई दबाब दिन खिकालावासी सदरमुकाम चैनपुर आएका छन् । यस घटनाको सामाजिक सञ्जालमा समेत व्यापक निन्दा भइरहेको छ । विभिन्न अधिकारकर्मी संघसंस्था, राजनीतिक दल र तिनका भ्रातृ संगठनले अपराधीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै विज्ञप्तिसमेत निकालेका छन् । आमाबाबु चार वर्षदेखि भारतको बेंग्लोरमा रहेकाले सम्झना दुई बहिनीसहित बाजेबज्यैसँग बस्दै आइरहेकी थिइन् ।

नातिनीको हत्यापछि उनका बाजेबज्यै विह्वल अवस्थामै चैनपुर आई प्रहरी, पत्रकार र अधिकारकर्मीहरूसँग हत्यारालाई कारबाही गराइदिन अनुरोध गरिरहेका छन् ।

घटनाको दिन दिउँसो ४ बजेतिर खाजा खाएर सम्झना आधा घण्टाको पैदल दूरीमा रहेको गोठमा गाईबस्तुलाई घाँस हाल्न डोको–नाम्लो बोकेर गएकी थिइन् ।

‘दिनभरि बाख्रा चराएर थाकेर आएकी थिई, गोठमा म जाउँला तँ आराम गर् भन्दा मानिन,’ बज्यै हाँसुले विलाप गर्दै भनिन्, ‘तपाईं बिरामी हुनुहुन्छ, म एकैछिनमा पुगेर आइहाल्छु भनेर गएकी हो, सबै साथीहरू आए ऊ आइन ।’ नातिनीलाई रोक्न घरबाट ५ मिनेट जति लाग्ने स्वास्थ्यचौकीसम्म आफूले पछ्याएको स्मरण गर्दै उनले भनिन्, ‘उसले नमानेपछि त्यहाँबाट फर्किएँ । १५ मिनेटजति टाढा पर्ने सिमथला डाँडासम्म सम्झना गएको घरबाट देखेकी थिएँ ।’

डाँडा कट्नेबितिकै कसैले नियन्त्रणमा लिएको र केही तल रहेको सिममाडौं मन्दिरभित्र लगेर उनको बलात्कारपछि हत्या गरिएको परिवारको दाबी छ । उनले बोकेको नाम्लो र डोको मन्दिरभन्दा करिब सय मिटर तलको खोंचमा फालिएको अवस्थामा भेटिएको उनका काका ईश्वर कामीले बताए । घटनास्थल पुगेका स्थानीयका अनुसार मन्दिरभित्र हत्यारासँग सम्झनाको निकै घम्साघम्सी परेको जस्तो देखिने र छटपटाउँदा भुइँ खुट्टाले खोस्रिएको अवस्थामा रहेको छ ।

न्यून आर्थिक अवस्था भएका सम्झनाका बाजे गोरख बुढेसकालमा पनि आरनको काम गर्छन् । आरनमा कृषिऔजार बनाउने र मर्मत गरेबापत पाइने अन्न (खलो) को सहाराले कामी परिवारको गुजारा चलिरहेको छ । आफूहरूको आर्थिक अवस्था र पहुँच कमजोर भएका कारण अपराधी उम्किने हो कि भन्ने गोरखलाई चिन्ता छ । ‘हामी त आरनको काम गरी खाने मान्छे, हाम्रो लागि बोलिदिने न मान्छे छन्, न पैसा । कतै पैसा पेलेर अपराधी उम्काउने हुन् कि भन्ने चिन्ता छ । तपाईंहरू सबैले बोलिदिनुपर्‍यो,’ उनले भने ।

प्रहरीले पनि सम्झनाको बलात्कारपछि हत्या भएको आशंका गरेको छ । मृतकको पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेकाले यस विषयमा ठोकुवा गरेर भन्न नसकिने बझाङका प्रहरी प्रमुख डीएसपी रूपक खड्काले बताए । ‘घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा घटनास्थलको अवस्था र शवको प्रकृति हेर्दा बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने देखिन्छ,’ घटनास्थल पुगेका उनले भने, ‘अपराधमा संलग्न भएको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।’

उनले पक्राउ परेका व्यक्ति नै अपराधमा संलग्न रहेको खुल्ने केही बलिया प्रमाण फेला परेको खुलाए । यद्यपि अभियुक्तले अपराध स्वीकार नगरेको र थप प्रमाणहरू संकलन गर्न प्रहरी टोली घटनास्थलमै रहेको उनले बताए । ‘गम्भीर अनुसन्धान भइरहेको छ, छिट्टै अपराधी पत्ता लाग्नेछ,’ उनले भने । कान्तिपुर

प्रतिक्रिया