Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०९ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो

सम्झनाको बलात्कारपछि हत्या : पोस्टमार्टम रिपोर्ट ज्यान जाने कारण कलेजोमा दुइटा चोट

सम्झनाको बलात्कारपछि हत्या : पोस्टमार्टम रिपोर्ट ज्यान जाने कारण कलेजोमा दुइटा चोट

बझाङ -

गत बुधबार मन्दिरभित्र मृत अवस्थामा भेटिएकी बालिका सम्झना कामीको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । जिल्ला अस्पताल बझाङले तयार गरेको पोस्टमार्टम प्रतिवेदनले बलात्कारपछि हत्या भएको पुष्टि गरेको हो । ‘यौनांगमा भित्री र बाहिरी चोटहरू रहेको भनेर पोस्टमार्टम रिपोर्टमा लेखिएको छ,’ प्रहरी स्रोतले कान्तिपुरलाई भन्यो, ‘टाउको, अनुहार, पिठिउँलगायत शरीरका विभिन्न ठाउँमा चोटपटक देखिएको रिपोर्टमा उल्लेख छ । बाहिरी चोटहरू सम्झनाले बलात्कारीसँग प्रतिकार गर्ने क्रममा लागेको देखिन्छ ।’

सम्झनाको मृत्यु भने कलेजो च्यातिएको कारणले भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ । उनको कलेजोको दुई ठाउँमा ठुल्ठूला घाउ रहेको र त्यसैका कारण मृत्यु भएको रिपोर्टमा उल्लेख गरेको प्रहरी स्रोतले बतायो । कलेजोको चोट उनलाई हत्याराले हिर्काउँदा लागेको हुन सक्ने अनुमान गरिएको छ । जिल्ला अस्पताल बझाङले सम्झनाको पोस्टमार्टम रिपोर्ट शनिबार जिल्ला प्रहरी कार्यालयमा बुझाएको हो ।

सम्झना हत्यासम्बन्धी थप प्रमाण जुटाउन भन्दै जिल्ला प्रहरी प्रमुख डीएसपी रूपक खड्का, प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्की र निमित्त जिल्ला न्यायाधिवक्ता सन्तोषकुमार कटुवालसहितको टोली पुनः घटनास्थल मस्टा गाउँपालिकाको खिकाला गएको छ । टोलीले शनिबार दिनभरि घटनास्थलको निरीक्षण र स्थानीयसँग सोधपुछ गरेको थियो । घटना भएको खबर आएलगत्तै बुधबारको राति नै खिकाला पुगेको प्रहरीको टोलीले बालिका घरबाट निस्कँदा बोकेको डोको, नाम्लो र हँसिया कसैले नछुनू भन्दै घटनास्थलमै छाडेर आएको थियो ।

‘शनिबार हामीले शंकास्पद व्यक्तिले घटना भएको दिन गरेका गतिविधिहरू बुझ्ने र घटनास्थल हेर्ने काम गरेका छौं,’ प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले भने, ‘घटनाक्रम हेर्दा हामीले पक्राउ गरेको आरोपित नै दोषी हो कि भन्ने प्रमाणहरू बलियो हुॅदै गएका छन् । तर उसले अपराध स्वीकार गरिसकेको छैन ।’

उनले घटनास्थलमा रहेको डोको, नाम्लो र हँसिया मृतक सम्झनाको फुपूले उठाइसकेको र सुरक्षित राख्न भनिएको बताए । लामो समय घटनास्थलमै रहेको र त्यो बीच वर्षाले पखालिसकेकाले यी वस्तु प्रमाणका रूपमा काम नलाग्ने देखेर प्रहरीले छाडेको कार्कीको भनाइ छ ।

यसैबीच हत्यामा संलग्नलाई कारबाही माग गर्दै जिल्ला सदरमुकाम चैनपुरमा स्थानीयले दबाबमूलक कार्यक्रम गरेका छन् । मृत बालिकाका परिवार र छिमेकीहरू, विभिन्न अधिकारकर्मी, संघसंस्था, सदरमुकामका उद्योगी व्यवसायी तथा राजनीतिक दलका भ्रातृ संगठनहरूले सम्झनाको हत्यारा छिटो सार्वजनिक गर्नुपर्ने माग राख्दै नाराजुलुससहित बजार परिक्रमा गरेका थिए । महिला तथा बालबालिकाको समेत उल्लेख्य उपस्थिति रहेको दबाब कार्यक्रमका सहभागीले ‘निर्दोष नफसोस्, अपराधी नउम्कियोस्, सम्झनालाई न्याय दे, बलात्कारीलाई फाँसी दे’ जस्ता प्लेकार्ड बोकेका थिए ।

उनीहरूले हत्यारा लुकाउन सक्ने सम्भावना भएको भन्दै निष्पक्ष छानबिनका लागि निरन्तर खबरदारी गरिने बताएका थिए । बजार परिक्रमापछि लोकतान्त्रिक चोकमा भएको दबाब सभामा बोल्नेहरूले हत्यारालाई उन्मुक्ति दिने खालका गतिविधि कसैले नगर्न चेतावनीसमेत दिएका छन् । ‘गरिब र दलितको पक्षमा कोही छैन भनेर अपराधी लुकाउन चलखेल हुन सक्छ,’ स्थानीय युवा प्रवीन्द्र धामीले भने, ‘यो अमानवीय घटनाको निष्पक्ष छानबिनका लागि सबैले निगरानी र खबरदारी गर्नु जरुरी छ ।’

जिल्ला प्रहरी प्रमुख डीएसपी रूपक खड्काले आफ्ना सबै संयन्त्र परिचालन गरेर अनुसन्धानमा खटिएकाले अपराधीलाई कारबाही हुने कुरामा कुनै शंका नगर्न आग्रह गरे । ‘प्रहरीले गम्भीर ढंगले अनुसन्धान गरिरहेको छ, हामी अपराधीको निकै नजिक पुगिसकेका छौं,’ उनले भने ‘छिट्टै अपराधी सार्वजनिक गरिनेछ ।’

प्रतिक्रिया