Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०३ चैत २०८२
प्रचलनमा:
ताजा अपडेट
नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै

डा.केसीको स्वास्थ्य खस्किँदै

डा.केसीको स्वास्थ्य खस्किँदै

स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै अनशनमा रहेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था खस्कँदै गएकाले कुनै पनि समय आईसीयूमा भर्ना गर्नुपर्ने स्थिति आउन सक्ने चिकित्सकहरूले औंल्याएका छन् । उनको मुटुको चालमा गडबडी देखिए वा संक्रमण भए स्थिति जोखिमपूर्ण हुने चिकित्सकहरूको भनाइ छ ।

‘अनशनको १३ दिन भइसक्यो, सरको स्वास्थ्यस्थिति उच्च जोखिममा छ । कुनै पनि समय आईसीयू लग्नुपर्ने स्थिति आउन सक्छ,’ उपचार टोलीका संयोजक प्रा.डा.सुवासप्रसाद आचार्यले कान्तिपुरसँग भने, ‘रगतसम्बन्धी प्रतिवेदनअनुसार सेतो रक्तकणिकाको संख्या एकदम कम भएकाले संक्रमणको उच्च जोखिम छ ।’ अनशनका कारण उनको शरीरमा चिनीको मात्रा, इलेक्ट्रोलाइट पोटासियम, म्याग्नेसियम, सोडियम, क्याल्सियम, फोस्फोरस र रगतमा सेतो रक्तकणिकाको संख्यासमेत सामान्य स्तरभन्दा निकै तल गइसकेको छ ।

शरीरमा पोटासियमको स्तरमा आएको कमीले गर्दा डा.केसी मांसपेशी बाउँडिने, गल्ने, कमजोर हुने समस्या भोग्दै छन् । यसले गर्दा मुटुको चालमा असामान्यता आउने सम्भावना समेत छ । सुगरको कमी हुँदा मस्तिष्कमा समेत समस्या उत्पन्न गर्न सक्ने जोखिम छ । जुम्लाबाट १९ औं सत्याग्रह थालेका डा.केसी चार दिनअघि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका हुन् ।

हाल उनलाई थकाइ, रिंगटा, धड्कन, मांसपेशी बाउँडिने र दुखाइको समस्यासमेत देखिएको छ । यस्तै शरीरमा भएको इलेक्ट्रोलाइटको असन्तुलन र कडा इलेक्ट्रोलाइटको कमीले गर्दा डा.केसीमा ईसीजीमा परिवर्तन, असामान्य धड्कन र स्नायुसम्बन्धी समस्यासमेत देखिन सक्ने उपचारमा संलग्न चिकित्सकहरूले औंल्याएका छन् । ‘यस्तै स्थिति रहे उहाँमा समस्या देखिन सक्छ,’ डा.आचार्यले भने, ‘सरले नर्मल सलाइनबाहेक केही लिन मान्नुभएको छैन । इलेक्ट्रोलाइटको असन्तुलनले गर्दा स्वास्थ्य स्थिति जटिलतातर्फ जान सक्छ ।’ डा.केसीले शनिबार आफ्नो रगतको थप परीक्षण गर्न दिएनन् । उनको भ्रमण इतिहास हेरेर कोभिड–१९ परीक्षणका लागि स्वाब लिइएकामा नेगेटिभ आएको डा. आचार्यले जानकारी दिए ।

१७ जना समर्थक रिहा

डा. केसीको समर्थनमा शनिबार माइतीघर मण्डलामा युवाले गरेको प्रदर्शनबाट पक्राउ परेका १७ जनालाई प्रहरीले बेलुका रिहा गरेको छ । उनीहरूले ‘सत्ताका ओली सडकमा, नक्कली ओली बालुवाटारमा’ लगायत नारा लेखिएको ब्यानरसहित प्रदर्शन गरेका थिए । ‘हामीले शान्तिपूर्ण प्रदर्शन सुरु गर्न थालेको एक मिनेटमै प्रहरीले समात्यो,’ प्रहरी नियन्त्रणमा रहेका डा.केसीका सहयोगी प्रितम सुवेदीले आफूसहित १७ जनालाई नेपाल पुलिस क्लबमा राखेको र अबेर साँझ छोडेको बताए । आफूहरूले हिरासतमा राख्नुको लिखित कारण खोज्दा क्लबबाट तानेर बाहिर पठाएको समेत सुवेदीले बताए । प्रहरीले पुकार बम, वृत्तान्त खनाल, सचिन तिमिल्सिना, विद्युत् लामिछाने, मनोज पुरी, अस्मिता शाह, सेरेन जोशी, चेतन बुढाथोकी, निश्चल आचार्य, रामकृष्ण रिजाल, रमेश बानियाँ, साजन तामाङ, रोहित क्षेत्री, उमेश शर्मा र श्रीराम घिमिरे, प्रज्वल कार्कीलाई नियन्त्रणमा लिएर राति छाडेको थियो ।

प्रतिक्रिया