Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १८ असार २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी सम्पादकीय:  राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती सम्पादकीय: राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास साँफेबगर नगरपालिकाको ७१ करोडको बजेट : शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड साँफेबगर नगरपालिकाको ७१ करोडको बजेट : शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड साँफेबगरको नीति तथा कार्यक्रमः समृद्धि, समावेशिता र सम्भावनाको नयाँ योजना सार्वजनिक साँफेबगरको नीति तथा कार्यक्रमः समृद्धि, समावेशिता र सम्भावनाको नयाँ योजना सार्वजनिक साँफेबगर नगरपालिकामा पोषण सप्ताह तथा विद्यालय स्वास्थ्य समिक्षा गोष्ठी सम्पन्न साँफेबगर नगरपालिकामा पोषण सप्ताह तथा विद्यालय स्वास्थ्य समिक्षा गोष्ठी सम्पन्न

पहिलो बलात्कारमा मिलापत्र गरी छुटेका राजेन्द्रले नै सम्झनाको बलात्कारपछि हत्या गरेको प्रहरीको भनाइ

पहिलो बलात्कारमा मिलापत्र गरी छुटेका राजेन्द्रले नै सम्झनाको बलात्कारपछि हत्या गरेको प्रहरीको भनाइ

बझाङ मष्टा गाउँपालिका-२ की १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्यामा संलग्न व्यक्तिले एक महिनाअघि अर्की बालिकालाई बलात्कार गरेको खुलेको छ। कामीको बलात्कारपछि हत्यामा पक्राउ परेका १८ वर्षीय राजेन्द्र बोहोरासँगको अनुसन्धानबाट प्रहरीले अर्को बलात्कार घटनाको तथ्य फेला पारेको हो।सम्झनाको बलात्कारपछि हत्यामा संलग्न मष्टा-२ कै १८ वर्षीय युवा राजेन्द्र पक्राउ परेका थिए।  उनी अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा छन्।सम्झनाको बलात्कार र हत्याको अनुसन्धान भइरहँदा राजेन्द्रबाट अर्को बलात्कार भएको पत्ता लागेको प्रहरीले जनाएको छ।  

घटना साउन २९ गते साँझ ५ बजेको हो। मष्टा-२ कै १४ वर्षीया दमाई थरकी बालिकालाई बोहोराले बलात्कार गरेको अनुसन्धानमा खुलेको छ।अनुसन्धानअनुसार राजेन्द्रको परिवारले सो ठाउँमा घट्ट चलाउँछ।  प्रहरीका अनुसार त्यसदिन घट्टमा राजेन्द्र एक्लै थिए। बालिका पुग्दा उनले घट्टमा बलात्कार गरे। घट्टमा गहुँ पिस्न गएका बखत राजेन्द्रले बालिकालाई लछारपछार पारेर बलात्कार गरेका थिए।  बलात्कारपछि दुवै पक्षबीच छलफल भएको र दुवैले कागज गरेर मिलापत्र गरेको कागज पनि भेटिएको छ।

यो घटना प्रहरीसम्म नलग्न दुवै परिवारले कागज गरेर ‘गुपचुप’ पारेको अनुसन्धानमा खुलेको छ। कागजमा साउन ३१ गते मिलापत्र गरेको देखिएको छ। दुवै पक्षका तीन–तीन जनाले कागजमा हस्ताक्षर गरेका छन्। 

‘बालिका घट्टमा पिठो पिस्न गएका बखत सोही ठाउँमा बलात्कार घटना भएको थियो, त्यसको पेटमा बच्चा जन्म भएको भए त्यसको जिम्मेवारी लिउँला भनी यो कागजमा हस्ताक्षर गरेको छु,’ कागजमा भनिएको छ, ‘सो कुरा झुठो ठहरेमा कानुनी कारबाही बमोजिम सहने छु, त्यसभन्दापछि यो बालिकालाई देखाएर कुटपिट गरे भने सिधै नजिकको प्रहरी चौकीमा यो कागज पेश गर्नेछु।’ 

बलात्कारपछि कुटपिटसम्मको घटना भएको यो कागजले उजागर गर्छ। कुटपिट भएपछि दुवै पक्ष छलफलमा बसेको र सो छलफलबाट मिलापत्र गरेको देखिन्छ। सो कागज गर्दा राजेन्द्रले बालिकाको खुट्टामा पाँच सय रुपैयाँ राखेर ढोगेको खुलेको पत्ता लागेको छ।   यसरी बलात्कारजस्तो जघन्य अपराधमा पीडित पक्ष र पीडकबीच ‘गर्भवती’ भए जिम्मा लिने सर्तमा कागजात भएपछि गाउँमा अर्को बलात्कारबाट सम्झनाको हत्या हुन पुगेको निष्कर्ष प्रहरीको छ।

‘यदि त्यसबेला नै यो घटना प्रहरीसम्म आइपुगेको भए अर्को घटना घट्न पाउने अवस्था हुन्नथ्यो, जसकारण सम्झनाको हत्या नै निम्तियो,’ सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले सेतोपाटीसँग भने, ‘तर, पीडित र पीडक पक्ष आपसमा मिलेर घटना गुपचुप गराएको पाइयो।’ 

पहिलो घटना सामसुम भएपछि राजेन्द्रको मनोबल बढेको अनुसन्धानमा देखिएको छ।  सम्झनाको बलात्कारपछि हत्या हुनुभन्दा एक साताअघिदेखि राजेन्द्रले पछ्याइरहेका थिए। उनले अर्को घटना दोहोर्‍याउने मनसाय नै राखेर सम्झनालाई पछ्याएको देखिन्छ। एक महिनाअघि गाउँमै घटना भएको सुनेकी सम्झना त्यतिबेला झस्किसकेकी थिइन्। उनले घरमा यो कुरा भनेकी पनि थिइन्। जतिबेला उनले भनेकी थिइन्, उनको परिवारलाई थाहा थियो गाउँमा बलात्कार घटना भएको छ। 

तर, आफन्तहरू निस्फिक्री बसे, सम्झनालाई एक्लै काममा लगाइरहे। जसका कारण राजेन्द्रले सम्झनालाई पछ्याइरहन सजिलो भयो। ‘पटक-पटक पछ्याएको, कानको मुन्द्री मागेको र यो घटनाले आफू डराएको सम्झनाले भन्ने गरेको त उनका हजुरबुवा गोरखबहादुरको जाहेरीमै उल्लेख छ,’ प्रहरी वरिष्ठ उपरीक्षक सिंहले भने, ‘थोरै संवेदनशील भइदिएको भए दोस्रो घटना हुँदैनथ्यो भन्ने आँकलन गर्न सकिन्छ।’

बुधबार साँझ सम्झनाको बलात्कारपछि हत्या भएको थियो।  त्यसदिन सम्झना घरबाट निस्केको पन्ध्र मिनेटमै बालिकालाई राजेन्द्रले बाटोमा फेला पारेको अनुसन्धानमा खुलेको छ। सम्झना आधा घन्टा टाढा रहेको गोठमा गाईगोरु थन्क्याउन गइरहेकी थिइन्। उनलाई आधा बाटो पुग्दै राजेन्द्रले लछारपछार पारे। उनले बोकेको डोको नाम्लो त्यही नजिकै फालिदिए र जंगलको मन्दिरमा पुर्‍याए। 

सम्झनालाई बलात्कार गरे। अघिल्लो घटनामा मिलापत्र गरेको बुझेका राजेन्द्रले बालिकाबाट अर्को घटनाको पोल खुल्ने ठाने।  उनले बालिकाको टाउकोमा ढुंगा प्रहार गरेको देखिएको छ। सम्झनाको कलेजो नै छेडिने गरी घोचेको पोस्टमार्टमको प्रारम्भिक रिपोर्ट रहेको एसएसपी सिंहले बताए। 

सम्झनाको बलात्कारपछि हत्यामा अरू व्यक्तिको संलग्नता छ कि भनेर प्रहरीले अनुसन्धान गर्‍यो। सिंहका अनुसार राजेन्द्रसँग मिल्ने दुई जना युवा गाउँमा छन्। 

तर, उनीहरू दुवै घटना भएको दिन गाउँमा नभएको पत्ता लागेको छ। ‘अपराह्न भएपछि युवाहरू गाउँको चौरमा खेल्ने गर्दा रहेछन्, राजेन्द्र पनि त्यहाँ जान्थे, तर त्यसदिन राजेन्द्र चौरमा नगएर सम्झनाको पछि लागेको देखिएको छ,’ सिंहले भने। ‘सो दिन सम्झनालाई नियन्त्रणमा लिएको एक घन्टाबीचमै हत्या भइसकेको तथ्यहरू हाम्रो अनुसन्धानमा आएका छन्,’ एसएसपी सिंहले भने। 

राजेन्द्र ‘आवारा’ चरित्रका युवा हुन्। उनी कक्षा ८ मा पढ्छन्। पढाइमा खासै ध्यान नदिने उनी उछृङ्खल गतविधिमा बढी संलग्न हुने गरेको प्रहरीको भनाइ छ। उनीबाट गाउँमा केही चोरीका घटना पनि विगतमा भएका थिए। उनको परिवार मध्यम हो।  राजेन्द्रबाट अर्की बालिका बलात्कार पुष्टि हुने तथ्यहरू लगभग जुटिसकेको सिंहले बताए। 
‘जबरजस्ती करणीमै उनीविरूद्ध अर्को जाहेरी दर्ता गर्दैछौं, जाहेरी लिएर बालिका सदरमुकाम आइसकेकी छिन्,’ एसएसपी सिंहले भने। 

मिलापत्र गराउने बोहरा र दमाई परिवारका छ जनालाई के कस्तो कारबाही आकर्षित गर्ने भन्नेबारे सरकारी वकिलसँग प्रहरी परामर्श गरिरहेको छ। सिंहका अनुसार पहिले भएको बलात्कार घटना दुई गाउँमै मिलाइयो, त्यसको जानकारी गाउँपालिकाले लियो वा लिन चासो देखाएन त्यो पत्ता लाग्नै बाँकी छ।तर, बलात्कारजस्तो गम्भीर अपराधमा मिलापत्रले मनोबल बढेका राजेन्द्र सम्झनाको बलात्कारपछि हत्यासम्म पुगेको प्रहरी अनुसन्धानले देखाउँछ। सेतोपाटी

प्रतिक्रिया