Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको बैठक साफेबगरमा सम्पन्न

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको बैठक साफेबगरमा सम्पन्न

 अछाम

नेपाली काङगे्रस क्षेत्रीय कार्यसमितिको बैठक आज साफेबगरमा सम्पन्न भएको छ । नेपाली काङगे्रस क्षेत्रीय सभापती कृण बुढाकाको अध्यक्षतमा बसेको बैठकले क्षेत्र नं १ का पालीकाहरुमा क्रीयाशिल फारमहरु पालीका कार्यसमीतीका सभापतीलाई हस्तान्तरण गरिएको छ ।

हस्तान्तरण गरीएका क्रीयाशिल सदस्यता फारमहरु भरी तथा पुराना सदस्यताहरु नबिकरण गरी असोज २५ गते क्षेत्रीय कार्यसमीतीलाई बुझाउन निर्देशन गरेको छ । बैठकले साफेबगर नगरकार्य कार्यसमितिका सभापती गोकुल भाटलाई १२ सय ७ चौरपाटी गाउँपालीका कार्यसमितिका सभापती गणेश शाहलाई ४ सय ८४, बान्नीगढी जयगढ गाउँपालीका कार्य समितिका सचिव सुरत रावल लाई ४ सय २२ मेल्लेख कार्यसमितिका संयोजक पदम बहादुर खड्कालाई ३ सय ९० र रामारोशन गाउँपालीका कार्यसमितिका सभापती नन्दराम भण्डारीलाई ३ सय ९२ क्रीयाशिल सदस्यता फारमहरु हस्तान्तरण गरेको छ । बैठकले नयाँ क्रीयाशिल सदस्यताका लागि वडा कार्यसमीतीको बैठक बसी सीफारिस थप सदस्यता क्षेत्रिय कार्यसमीतीमा पेश गर्नु पर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले नेपाली कांग्रेसका क्रीयाशिल सदस्यहरु साफेबगर नगरपालीका वडा नं ३ का इन्द्र सिह कुँवर , वडा नं १० का दिर्ध भाट, शाहुल प्रशाद भाट, वडा नं ९ की कलसी देबि कुवर र बान्नीगढी जगगढ गाउँपालीका ३ बर्दादेवीका नवराज साउद को निधन प्रती दु ख ब्यक्त गदै शोक प्रस्ताव पारित गरेको छ । यस्तै बैठकले चौरपाटी गाउँपालीका १ का बोन म्यारो रोग बाट ग्रसित लाल बहादुर शाहलाई १४ हजार ५० रुपैया आर्थिक सहयोग गरेको छ ।

बैठकमा पदन सदस्य नेपाली कांग्रेस जिल्ला पार्टी सभापती भरत कुमार स्वार ,नेपाली कांग्रेस पुर्ब जिल्ला सभापती मेगराज खड्का,महासमीती सदस्य राजन कुँवर ,पुर्ब महासमीती सदस्य टीकाराम खनाल,महादिबेसन प्रतीतीधी टंक्कर ताम्राकार , महासमीती अनुराधा स्वार लगायत नेपाली कांग्रेसका बिभीन्न वडा सभापतीको उपस्थीती रहेको थियो ।

प्रतिक्रिया