ताजा अपडेट
२४ घण्टामा १५१३ जनालाई कोरोना, सक्रिय संक्रमितको संख्या २० हजार नाघ्यो

काठमाडौं : पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ। यो सहित संक्रमितको संख्या ७६ हजार २५८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
२० हजार ३८९ कोरोनाका सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ९ हजार ६८९ जना रहेका छन् भने होम आइसोलेसनमा १० हजार ७०७ जना छन्।
पछिल्लो २४ घण्टामा ७३१ जना कोरोना जितेर डिस्चार्ज भएका छन्।
२४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ९३४ संक्रमित थपिएका छन्। त्यस्तै १० जनाले ज्यान गुमाएका छन्।
सम्बन्धित समाचार
ताजा अपडेट
-
“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान
-
खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि
-
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा
-
उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा
-
अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
प्रतिक्रिया