ताजा अपडेट
नेपालमा थपिए अहिलेसम्मकै उच्च संक्रमित, एकैदिन २ हजार ७ सय २२ जनामा काेराेना पुष्टि
काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२, ४५० पुगेको बताएका छन् ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ३ सय ७ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६० हजार ६ सय ९६ जना पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२० पुगेको छ ।
यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित २१ हजार २ सय ३४ जना छन् भने ४ हजार ८ सय ८५ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए । हालसम्म पीसीआर विधिबाट १० लाख ४८ हजार ६ सय ८६ परीक्षण भएकाे मन्त्रालयले जनाएकाे छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया