ताजा अपडेट
कोभिड -१९ को सन्दर्भमा दलित महिला संघद्वारा महिला जनप्रतिनिधिसँग अन्तरक्रिया
असोज १६ ,अछाम
कोभिड -१९ को सन्दर्भमा महिला जनप्रतिनिधिसँगको १ दिने अन्तरक्रिया कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ । दलित महिलासंघ अछामका अध्यक्ष सरस्वती नेपालीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि मंगलसेन नगरपालिकाका उपप्रमुख सरिता उपाध्याय रहनुभएको थियो । महिला जनप्रतिनिधिको काम , कर्तव्य र अधिकारका विषयमा उहाँले मंगलसेन नगरपालिकाका १४ वटै वडाका महिला सदस्यहरुलाई जानकारी गराउनुभएको थियो । महिलाको हकहित तथा वृदिविकासका लागि आफू जहिल्यै महिलाको साथमा रहेको बताउनुभयो ।
महिला जनप्रतिनिधिका थुप्रै समस्या भएकाले डटेर सामना गर्नुपर्ने उहाँले बताउनुभयो । पुरुषप्रधान समाजले अहिले पनि महिलाको नेतृत्व स्विकार्न नसकेको उहाँले बताउनुभयो । विभिन्न समस्याका बाबजुद महिलाहरूले पुरुष जनप्रतिनिधि सरह जनताको काममा चासो दिएको उपप्रमुख उपाध्यायले बताउनुभयो । दलित महिला संघ (फेडो) अछामले मंगलसेन नगरपालिका र बान्नीगढी जयगढ गाउँपालिकाका केही वडामा विपन्न समुदायका व्यक्तिलाई राहत वितरण गर्नुपूर्व महिला जनप्रतिनिधिसँग अन्तरक्रिया गरेको कार्यक्रम संयोजक लक्ष्मी सोवले बताउनुभयो । उहाँले अन्तरक्रिया कार्यक्रमको उद्देश्य समेत प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा नेकपाका महिला नेता राधिका भुजेल , नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि अन्जु मल्ल मंगलसेन नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख मन्जु महतलगायतको उपस्थिति रहेको थियो । दलित महिला संघ अछामका सदस्य नामु विकको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सन्चालन भावना विकले गर्नुभएको थियो । दलित महिला संघले केही दिन अघि सोही बिषयमा अछामका संचारकर्मीसँग पनि छलफल गरेको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया