Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

कोभिड -१९ को सन्दर्भमा दलित महिला संघद्वारा महिला जनप्रतिनिधिसँग अन्तरक्रिया

कोभिड -१९ को सन्दर्भमा दलित महिला संघद्वारा महिला जनप्रतिनिधिसँग अन्तरक्रिया

असोज १६ ,अछाम

कोभिड -१९ को सन्दर्भमा महिला जनप्रतिनिधिसँगको १ दिने अन्तरक्रिया कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ । दलित महिलासंघ अछामका अध्यक्ष सरस्वती नेपालीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि मंगलसेन नगरपालिकाका उपप्रमुख सरिता उपाध्याय रहनुभएको थियो । महिला जनप्रतिनिधिको काम , कर्तव्य र अधिकारका विषयमा उहाँले मंगलसेन नगरपालिकाका १४ वटै वडाका महिला सदस्यहरुलाई जानकारी गराउनुभएको थियो । महिलाको हकहित तथा वृदिविकासका लागि आफू जहिल्यै महिलाको साथमा रहेको बताउनुभयो ।

महिला जनप्रतिनिधिका थुप्रै समस्या भएकाले डटेर सामना गर्नुपर्ने उहाँले बताउनुभयो । पुरुषप्रधान समाजले अहिले पनि महिलाको नेतृत्व स्विकार्न नसकेको उहाँले बताउनुभयो । विभिन्न समस्याका बाबजुद महिलाहरूले पुरुष जनप्रतिनिधि सरह जनताको काममा चासो दिएको उपप्रमुख उपाध्यायले बताउनुभयो । दलित महिला संघ (फेडो) अछामले मंगलसेन नगरपालिका र बान्नीगढी जयगढ गाउँपालिकाका केही वडामा विपन्न समुदायका व्यक्तिलाई राहत वितरण गर्नुपूर्व महिला जनप्रतिनिधिसँग अन्तरक्रिया गरेको कार्यक्रम संयोजक लक्ष्मी सोवले बताउनुभयो । उहाँले अन्तरक्रिया कार्यक्रमको उद्देश्य समेत प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा नेकपाका महिला नेता राधिका भुजेल , नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि अन्जु मल्ल मंगलसेन नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख मन्जु महतलगायतको उपस्थिति रहेको थियो । दलित महिला संघ अछामका सदस्य नामु विकको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सन्चालन भावना विकले गर्नुभएको थियो । दलित महिला संघले केही दिन अघि सोही बिषयमा अछामका संचारकर्मीसँग पनि छलफल गरेको थियो ।

प्रतिक्रिया