Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

बझाङमा युट्युबरको आतंक : मनपरी सोध्छन् पीडित बालिकालाई

बझाङमा युट्युबरको आतंक : मनपरी सोध्छन् पीडित बालिकालाई

बझाङको मष्टा गाउँपालिका–२, खिकालाकी १२ वर्षीया बालिकाका सम्झना कामीको बलात्कारपछि हत्या भयो। गाउँकै मन्दिरभित्र उनको वीभत्स हत्या भएको थियो। सो घटनाको विरोधमा अहिले देशभर आवाज उठिरहेको छ।  बझाङको सदरमुकाम चैनपुरदेखी राजधानिको माइतीघर मण्डलासम्म दोषीलाई कारबाही माग गर्दै आन्दोलन भएका छन्। 

जिल्ला प्रहरी कार्यालय बझाङले उक्त घटनामा संलग्न रहेको भन्दै स्थानीय राजेन्द्र बोहरालाई सार्वजनिक गरेको छ। सम्झनाको बलात्कारपछि हत्या आरोपमा प्रहरीले सार्वजनिक गरेका बोहरामाथि अर्को बलात्कारको घटना पनि दर्ता भएको छ।  बोहरामाथि १३ वर्षीया रिता कामी (नाम परिवर्तन) ले जाहेरी दिएकी छन्। उनले आफूमाथि बोहराले गत साउन २९ गते बेलुकी जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बझाङमा जाहेरी दिएकी हुन्।  यही बीचमा हिजो सोमबार माइक्रोलिंक मिडिया प्रालि नामको एक युट्युब च्यानलका सञ्चालक भोजराज थापाले बझाङ पुगेर दुई भिडियो अपलोड गरेका छन्।

थापाले आफ्नो युट्युब च्यानलमा अपलोड गरेको दोस्रो भिडियोमा पक्राउ परेका बोहराले आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी रिता कामीको अन्तरवार्ता देखाएका छन्। झण्डै १५ मिनेट लामो भिडियो अन्तरवार्तामा युट्युब सञ्चालक थापाले पीडितमाथि थप पीडा हुने गरी अन्तरवार्तामा देखाएका छन्।
 

बलात्कृत किशोरीसँग बयान लिन्छन् युट्युबर

‘भोजराजले गरे राजेन्द्र बोहोराको अर्को कुकर्मको पर्दाफास, सम्झनाभन्दा अघि अर्की बालिकालाई हेर्नुस्’ शीर्षक राखेर सार्वजनिक गरेको अन्तरवार्तामा पीडित बालिकाकी भाउजूसँग कुराकानी गरिएको छ भने बलात्कृत बालिकालाई दुई वटा प्रश्नमात्रै सोधिएको छ।  पहिलोे प्रश्न : तिमीलाई ...कति वर्ष भयो ? दोस्रो प्रश्न : तिमीलाई .....कसरी गर्‍यो ? यी दुई प्रश्न सोध्नको लागि मात्रै भोजराज थापाले पीडित बालिकालाई १५ मिनेटसम्म अन्तरवार्तामा देखाइरहे। बलात्कारको घटनामा पीडित किशोरीको अन्तरवार्ता लिएर शीर्षक नै यति जिज्ञासा उत्पन्न गराउने आशयले राखिएको छ कि यसमा आँखा लगाउनेले क्लिक गर्छ नै।

युट्युबर थापाले बालिकालाई बिना प्रश्न भ्युज बढाउनकै लागि अन्तरवार्तामा देखाइरहेको प्रस्ट हुन्छ।  प्रहरीले अनुसन्धान गरिरहेको विषयमा बालिकालाई सोधेका दुई प्रश्न पनि आश्चर्यलाग्दा छन्। बालिकाको मुखमा मास्क लगाइएको छ, त्यसको बाहिर बाक्लो पछ्योराले युट्युबर थापा आफैंले बाँधेका छन्। बालिकालाई श्वास फेर्ने गाह्रो भएपछि उनी बाक्लो पछ्यौरा खोज्छिन्, तर खोल्न दिइँदैन। अन्तरवार्ता बालिकाकी भाउजूसँग केन्द्रित छ, तर पीडितलाई जबर्जस्ती करणी गर्न खोजेको र दुर्व्यवहार गरेको कुरा भिडियोमा स्वयंलाई बोल्न लगाइएको छ। 

बलात्कार पीडित बालिकाको गोपनीयता कसरी जोगाउने भनेर सामान्य ज्ञान नभएका युट्युबरका ती दुई प्रश्नले के बालिकाले न्याय पाउँछिन् त? आफूमाथि भएको बलात्कारको घटना एक महिनापछि प्रहरीमा दर्ता गराएकी पीडित बालिकाले स्वतन्त्र भएर बाँच्न पाउने अधिकार र उनको भविष्यमाथि पर्ने असरको जिम्मेवार को हुने ? यी प्रश्न यो भिडियोले तेर्स्याएको छ। प्रहरीले पीडितको बयान लिए जसरी ’युट्युबर’ले बयान लिएका छन्। पीडितमाथि थप पीडा हुने गरी कुनै पनि सामग्री प्रकाशन र प्रसारण गर्नु मिडिया आचारसंहिता विपरीत कार्य हो। तर उनले पूरापूर यसको उल्लंघन गरेको छ।  यो सामग्रीमा आचारसंहिताको पूरै धज्जी उडाइएको छ। यौन हिंसाजस्तो गम्भीर विषयमा युट्युबर कत्ति पनि सचेत देखिँदैनन्। १५ मिनेट लामो भिडियो पूरै पीडितको बयानमा आधारित छ।  बिर्सनुपर्ने पीडा उल्टै पटक–पटक सम्झाउने गरी प्रश्न सोधेर भिडियो सार्वजनिक गर्दा पीडितमाथि थप पीडा दिएको कुरा युट्युबरलाई कत्ति पनि हेक्का छैन। भिडियो नै सार्वजनिक गर्दा बालिकाको सामाजिक जीवनमा कस्तो असर पर्ला भन्नेतर्फ पनि सोचिएको छैन। 

यो त एउटा प्रतिनिधि घटना मात्र हो। भोजराज थापाले यसअघि पनि बलात्कृत पीडितसँग लिएका थुप्रै भिडियो निकै विवादित बनेका छन्। नौ लाख ३० हजार ‘सब्स्क्राइबर’ रहेको ‘माइक्रोलिङ्क’ नामक युट्युब च्यानलबाट अपलोड भएको उक्त भिडियो स्टोरी तयार पार्दासम्म ४८ हजार बढीले हेरिसकेका थिए।  यस्ता घटनाले ‘युट्युबकारिता’ र पत्रकारिताबीच भेद छुट्याउनुपर्ने आवश्यकता टड्कारो बन्दै गएको टिप्पणी गर्न थालिएको छ। युट्युबरले आफूलाई ‘मिडिया’ का रुपमा पेस गरिरहेका हुन्छन्। तर, मिडिया भनेको के हो ? के उनीहरु मिडियाको कानुनी र नैतिक बन्धनभित्र छन्? मान्छेका घरायसी झगडाहरू युट्युबकै कारण राष्ट्रिय चर्चाका विषय बन्न थालेका छन्।

आम जनताका लागि अहिले युट्युब च्यानल नै ठूला मिडिया बनेका छन्।  युट्युबबाट भिडियो हटाइयो बलात्कृत बालिकाको अन्तरवार्ता लिएर गोपनीयता भंग गरेको र पत्रकारिता आचारसंहिताको धज्जी उडाइएको भन्दै व्यापक आलोचना भएपछि थापाले उक्त भिडियो युट्युबबाट हटाएका छन्।  जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खड्काले उक्त भिडियो युट्युबबाट हटाउन लगाएको बताए। प्रहरीले अनुसन्धान गरिरहेको बिषयमा युट्युबमा जथाभावी सामग्री प्रसारित गरिएको भन्दै भिडियो हटाउन लगाएको बताए। थाह खबर

प्रतिक्रिया