Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

आउजीको परिवारलाई ५ लाख राहत र जागिर

आउजीको परिवारलाई ५ लाख राहत र जागिर

मेनुका ढुंगाना

अछाम — बयालपाटा अस्पताल प्रशासनले आत्मदाह गरेका आफ्ना कर्मचारी सिद्धार्थ आउजीको परिवारलाई राहत दिने भएको छ । जिल्लाका सरोकारवालाहरुसँगको छलफलमा राहतस्वरूप ५ लाख र आफूलाई रोजगारीको व्यवस्था गरिने बताइएको मृतककी श्रीमती गौरी आउजीले बताइन् ।

‘सबैले सल्लाह गरेर क्रिया खर्च र राहत सहयोग ५ लाख अनि मलाई त्यही अस्पतालमा रोजगारी दिने भनेका छन्,’ गौरीले भनिन्, ‘राहतले मात्रै हुँदैन । अस्पतालअगाडि किन आत्मदाह गरे, त्यसको कारण चाहिन्छ । दोषी पत्ता लगाउनुपर्छ ।’ उनका अनुसार अस्पतालका स्वास्थ्य सेवा निर्देशक विकास गौचन, साँफेबगर नगरपालिकाका मेयर कुलबहादुर कुँवर, वडा अध्यक्षलगायत सरोकारवालाहरु घरमै गएर भेटघाट पनि गर्ने गरेका छन् ।

‘राहत दिने भनिएको छ । बिहीबार मृत्यु भएको ११ दिन भयो । अहिलेसम्म केही पाएको छैन । साउन १७ गतेदेखि मलाई रोजगारीका लागि बयालपाटा अस्पतालमा बोलाउने कुरो भएको छ ।’ उनका एक छोरा र एक छोरी छन् । अस्पतालले आर्थिक संकट भएको भन्दै निकालिएका अन्य ३२ जना कर्मचारीका बारेमा आगामी दिनमा के गर्ने भन्ने निर्णय गर्न सकेको छैन । गत जेठ २८ गते न्याय हेल्थ नेपालका अध्यक्ष सुरज वैद्यद्वारा जारी गरिएको विज्ञप्तिमा करार सम्झौता नवीकरण नहुने भनि गरिएको निर्णय तत्कालका लागि स्थगित गरिएको उल्लेख गरिएको छ ।

‘सरोकारवालाको सुझावबमोजिम वैशाख ३१ गते बसेको संस्थाको कार्यकारिणी समितिले आगामी आव ०७७/७८ मा संस्थामा कार्यरत केही कर्मचारीहरुको करार सम्झौता नवीकरण नहुने भनी गरेको निर्णय हाललाई स्थगित गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

संस्थाको दिगो व्यवस्थापनका लागि चालु खर्चका लागि आवश्यक अनुदान उपलब्ध गरिदिन स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारसँग विज्ञप्तिमार्फत नै अनुरोध गरिएको छ । ‘जागिरबाट हटाइएकै कारण एक जनाको ज्यान गइसकेको छ । यहाँ सामान्य हिसाबकिताबमै सबै कुरा मिलाउन खोजिएको छ । हामीलाई काममा फर्किनुहोस् भनेर अर्को सूचना पनि आएको छैन,’ कामबाट हटाइएका एक कर्मचारीले भने, ‘अहिले न्याय नपाएरै काममा फर्कियौं भने पनि फेरि यस्तै घटना दोहोरिन सक्छन् ।’

प्रतिक्रिया