ताजा अपडेट
समाजसेवी केपी खनाललाई ‘युथ आइकन २०२०’ सम्मान
कैलालीका समाजसेवी युवा केपी खनाल भारतको नयाँदिल्लीमा ‘युथ आइकन २०२०’बाट सम्मानित भएका छन् ।
कलिलो उमेरमै गाउँघरमा समाजसेवामा सक्रिय खनाललाई राइजिङ्ग टुंकल फाउन्डेसनले गान्धी जयन्तीको अवसरमा सम्मान गरेको हो ।
शुक्रवार आयोजित गान्धी जयन्तीको कार्यक्रममा २० वर्षीय खनाल सम्मानित भएका छन् । कैलालीको लम्कीचुहा नगरपालिकाका स्थायी वासिन्दा खनाल समाजसेवाका लागि आपतविपतमा परेका विभिन्न क्षेत्रमा पुग्ने गरेका छन् । निरन्तरको समाजसेवाले उनले समाजमा स्थापित छवि बनाएका छन् ।
सम्मान ग्रहण गर्दै खनालले समाजसेवा र सहयोगका लागि देश नहेरेर मानवता हेर्नुपर्ने बताए । अन्तर्राष्ट्रिय क्षेत्रमा सम्मानित हुँदा आफूलाई थप हौसला मिलेको खनालले बताए ।
आर्थिक अवस्था कमजोर भएर पनि बलियो इच्छाशक्तिका कारण खनालले विभिन्न दाताबाट सहयोग जुटाएर गरीब परिवारलाई सहयोग गर्दै आएका छन् । कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनका बेला दैनिक ज्यालादारी र मजदुरी गुमाएर भोकै बस्नुपर्ने अवस्थामा रहेका गरीब परिवारलाई खनालको पहलमा सहयोग गरिएको थियो ।
खनालको नेतृत्वमा ‘क्लिन काष्ठमण्डप’, ‘हेल्प फर निडी अभियान’ लगायत सञ्चालन भएका छन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया