Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

बालुवाटारमा फैलियो कोरोना, सल्लाहकारदेखि सवारी चालकसम्म संक्रमण पुष्टि

बालुवाटारमा फैलियो कोरोना, सल्लाहकारदेखि सवारी चालकसम्म संक्रमण पुष्टि

देशभर तीव्र रुपमा फैलिरहेको कोरोनाभाइरस प्रधानमन्त्री निवास बालुवाटारमा पनि फैलिएको छ । बालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवासमा कोरोना फैलिएपछि तरंग उत्पन्न भएको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीको अवस्थाप्रति सर्वत्र चासो रहेको छ । 

केही महिनाअघि मृगौलाको सफल प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले बालुवाटारमा भेटवार्ता र छलफललाई निरन्तरता दिँदै आएका छन् भने यसअघि देखि नै उनी जोखिममा रहेका थिए । अहिले प्रधानमन्त्रीकै सल्लाहकार र सचिवालयमा कार्यरत कर्मचारी, सुरक्षाकर्मीलगायतका गरी ६ दर्जन बढीमा संक्रमण पुष्टि भएको हो । 

यद्यपि प्रधानमन्त्री ओलीको रिपोर्ट नेगेटिभ देखिएको सचिवालयका एक अधिकारीको दावी छ । 

केही दिनअघि प्रधानमन्त्रीको निजी चिकित्सक दिब्या सिंह शाहमा कोरोना पुष्टि भएपछि बालुवाटारमा कार्यरतहरुको पीसीआर परीक्षण गरिएको थियो । परीक्षणका क्रममा ठूलो संख्यामा कोरोना पोजेटिभ पाइएको हो । 
शुक्रबार स्वाब संकलन पछि गरिएको कोरोना परीक्षणमा प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापाको रिपोर्ट शनिबार पोजेटिभ देखिएको छ ।

उनीहरुले आफूहरुलाई कोरोना पोजेटिभ भएको भन्दै सार्वजनिक जानकारी दिँदै सम्पर्कमा आएकाहरुलाई सर्तक रहन अनुरोध गरेका छन् । केही दिनयता बालुवाटारमा कोरोना भए–नभएको एकिन गर्न अधिकांश सचिवालयका सदस्य, कर्मचारी, चालक, सुरक्षाकर्मी लगायतको स्वाब संकलन गरिएको थियो । 

प्रतिक्रिया