Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

बालुवाटारमा फैलियो कोरोना, सल्लाहकारदेखि सवारी चालकसम्म संक्रमण पुष्टि

बालुवाटारमा फैलियो कोरोना, सल्लाहकारदेखि सवारी चालकसम्म संक्रमण पुष्टि

देशभर तीव्र रुपमा फैलिरहेको कोरोनाभाइरस प्रधानमन्त्री निवास बालुवाटारमा पनि फैलिएको छ । बालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवासमा कोरोना फैलिएपछि तरंग उत्पन्न भएको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीको अवस्थाप्रति सर्वत्र चासो रहेको छ । 

केही महिनाअघि मृगौलाको सफल प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले बालुवाटारमा भेटवार्ता र छलफललाई निरन्तरता दिँदै आएका छन् भने यसअघि देखि नै उनी जोखिममा रहेका थिए । अहिले प्रधानमन्त्रीकै सल्लाहकार र सचिवालयमा कार्यरत कर्मचारी, सुरक्षाकर्मीलगायतका गरी ६ दर्जन बढीमा संक्रमण पुष्टि भएको हो । 

यद्यपि प्रधानमन्त्री ओलीको रिपोर्ट नेगेटिभ देखिएको सचिवालयका एक अधिकारीको दावी छ । 

केही दिनअघि प्रधानमन्त्रीको निजी चिकित्सक दिब्या सिंह शाहमा कोरोना पुष्टि भएपछि बालुवाटारमा कार्यरतहरुको पीसीआर परीक्षण गरिएको थियो । परीक्षणका क्रममा ठूलो संख्यामा कोरोना पोजेटिभ पाइएको हो । 
शुक्रबार स्वाब संकलन पछि गरिएको कोरोना परीक्षणमा प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापाको रिपोर्ट शनिबार पोजेटिभ देखिएको छ ।

उनीहरुले आफूहरुलाई कोरोना पोजेटिभ भएको भन्दै सार्वजनिक जानकारी दिँदै सम्पर्कमा आएकाहरुलाई सर्तक रहन अनुरोध गरेका छन् । केही दिनयता बालुवाटारमा कोरोना भए–नभएको एकिन गर्न अधिकांश सचिवालयका सदस्य, कर्मचारी, चालक, सुरक्षाकर्मी लगायतको स्वाब संकलन गरिएको थियो । 

प्रतिक्रिया