Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १८ असार २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी सम्पादकीय:  राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती सम्पादकीय: राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास साँफेबगर नगरपालिकाको ७१ करोडको बजेट : शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड साँफेबगर नगरपालिकाको ७१ करोडको बजेट : शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड साँफेबगरको नीति तथा कार्यक्रमः समृद्धि, समावेशिता र सम्भावनाको नयाँ योजना सार्वजनिक साँफेबगरको नीति तथा कार्यक्रमः समृद्धि, समावेशिता र सम्भावनाको नयाँ योजना सार्वजनिक साँफेबगर नगरपालिकामा पोषण सप्ताह तथा विद्यालय स्वास्थ्य समिक्षा गोष्ठी सम्पन्न साँफेबगर नगरपालिकामा पोषण सप्ताह तथा विद्यालय स्वास्थ्य समिक्षा गोष्ठी सम्पन्न साँफेबगर नगरपालिकामा नियमित खोप सुदृढिकरण तथा स्वास्थ्य योजना समिक्षा कार्यक्रम सम्पन्न साँफेबगर नगरपालिकामा नियमित खोप सुदृढिकरण तथा स्वास्थ्य योजना समिक्षा कार्यक्रम सम्पन्न

स्कुटर जलाइएकी कर्मचारी भन्छिन्, ‘मोबाइल, पर्स र छोराको लुगा निकाल्छु भन्दा पनि दिएनन्’

स्कुटर जलाइएकी कर्मचारी भन्छिन्, ‘मोबाइल, पर्स र छोराको लुगा निकाल्छु भन्दा पनि दिएनन्’

रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी कर्मचारी शारदा भट्टराई शुक्रबार नयाँ पाठ्युपुस्तक समायोजनको काममा बुटवल आएकी थिइन् । तर, शिक्षा शाखाकी अधिकृत भट्टराई आफ्नो स्कुटरमा घर फर्किन पाइनन् । प्रदेश ५ को राजधानी फेर्ने निर्णयको विरोधमा भएको आन्दोलनको आगोले उनी चढेको स्कुटरलाई भष्म पारिदियो । उनलाई जति दु:ख स्कुटर जलाइएकोमा लागेको छ, त्योभन्दा बढी दु:ख डिक्कीमा रहेको मोबाइल, पर्स, कागजात र छोराका लागु निकाल्न नपाएकोमा छ । 

नगरपालिकाको काम सकेर घर जानलाई ननिस्किन्जेल उनलाई सडकमा प्रदेश राजधानी प्रस्तावविरुद्ध प्रदर्शन सुरु भएको थाहै थिएन । 'म आफ्नै काममा थिएँ, आन्दोलनबारे थाहै थिएन,' शनिबार दिउसो उनले भनिनन् । साँझ पौने ६ काम सकेर घर फर्किने क्रममा बल्ल थाहा पाइन् ।

'मूल सडकमा आन्दोलन होला भनेर भित्री सडकबाट तिलोत्तमा फर्किर्दै थिएँ । बुटवल–११, देवीनगर हुँदै गइरहेका बेला होराइजन चोकमा भीड थियो । मैले स्कुटर रोके‌ं, त्यहाँ टायर बालेका थिए । आन्दोलन होला भनेर टाढै रोकिएँ । टायर बालेको स्थानबाट ४/५ जना आएर मलाई स्कुटरबाट झर्न लगाए,’ उनले भनिन् ।

उनी सेतो नम्बर प्लेटको लु १ ब २४७० नम्बरको नगरपालिकाको स्कुटरमा थिइन् । 'मैले म नगरपालिकाको कर्मचारी हुँ । यो स्कुटर पनि नगरपालिकाको हो भनेर भने‌ं,' उनले भनिन्, 'म स्कुटरबाट झर्नै मानिनँ ।' तर आन्दोलनकारीले उनको कुरा सुनेनन् । 'छिटो झरेर स्कुटर दिनुस्, नत्र तपाईंलाई खतरा छ भने,’ उनले भनिन, ‘चिनेर छोडिदिन्छन् कि भनेर मास्कसमेत खोलें ।’

अन्त्यमा १५/२० जना जम्मा भएर हुटिङ गरेपछि एक्लै परेको उनले बताइन् । त्यसपछि डिक्कीमा रहेको मोबाइल, व्यक्तिगत पर्स, छोराको लुगा र कार्यालयका कागजपत्र निकाल्छु भनेर आग्रह गरिन् । रोईकराई हात जोड्दा समेत स्कुटर लगेर दन्किरहेको आगोमा हालिदिएको उनले बताइन् । आत्तिएर त्यहाँ उभिएका धेरैजनासँग मोबाइल माग्दा नपाएको भट्टराईले गुनासो गरिन् ।

‘स्कुटर जलेर क्षति भइसकेको र सबैले आफूलाई हेर्दै खिल्ली उडाएजस्तो मानेर एकदम रोएँ,' उनले भनिन्, ‘बल्लबल्ल मोबाईल पाएर शाखा प्रमुख सरलाई फोन गरी घटनाबारे बताएँ ।’ उनले फरक-फरक मोबाइल मागी शाखा प्रमुख र नगरका प्रवक्तालाई फोन गरिन् ।

घटनाबारे थाहा पाएलगत्तै तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्री र अन्य कर्मचारी घटनास्थल पुगेका थिए । स्कुटर आगोमा छोडिदिएर आन्दोलनकारी त्यहाँबाट अन्यत्रै गइसकेका थिए ।

घटनास्थलमा देवीनगर प्रहरी चौकीको टोली पुग्यो । ‘स्कुटर क्षति भइसके पनि आगो निभाई स्कुटर ल्याइएको हो,’ इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी प्रतित सिंह राठौरले भने, ‘स्कुटरको पाटपुर्जा सबै खरानी भइसकेको छ ।’ घटनामा संलग्नको खोजी भइरहेको उनले बताए । शुक्रबार प्रदर्शनमा अन्य ५ वटा सरकारी गाडीमा तोडफोड भएको डीएसपी राठौरले बताए । कान्तिपुर

प्रतिक्रिया