Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

स्कुटर जलाइएकी कर्मचारी भन्छिन्, ‘मोबाइल, पर्स र छोराको लुगा निकाल्छु भन्दा पनि दिएनन्’

स्कुटर जलाइएकी कर्मचारी भन्छिन्, ‘मोबाइल, पर्स र छोराको लुगा निकाल्छु भन्दा पनि दिएनन्’

रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी कर्मचारी शारदा भट्टराई शुक्रबार नयाँ पाठ्युपुस्तक समायोजनको काममा बुटवल आएकी थिइन् । तर, शिक्षा शाखाकी अधिकृत भट्टराई आफ्नो स्कुटरमा घर फर्किन पाइनन् । प्रदेश ५ को राजधानी फेर्ने निर्णयको विरोधमा भएको आन्दोलनको आगोले उनी चढेको स्कुटरलाई भष्म पारिदियो । उनलाई जति दु:ख स्कुटर जलाइएकोमा लागेको छ, त्योभन्दा बढी दु:ख डिक्कीमा रहेको मोबाइल, पर्स, कागजात र छोराका लागु निकाल्न नपाएकोमा छ । 

नगरपालिकाको काम सकेर घर जानलाई ननिस्किन्जेल उनलाई सडकमा प्रदेश राजधानी प्रस्तावविरुद्ध प्रदर्शन सुरु भएको थाहै थिएन । 'म आफ्नै काममा थिएँ, आन्दोलनबारे थाहै थिएन,' शनिबार दिउसो उनले भनिनन् । साँझ पौने ६ काम सकेर घर फर्किने क्रममा बल्ल थाहा पाइन् ।

'मूल सडकमा आन्दोलन होला भनेर भित्री सडकबाट तिलोत्तमा फर्किर्दै थिएँ । बुटवल–११, देवीनगर हुँदै गइरहेका बेला होराइजन चोकमा भीड थियो । मैले स्कुटर रोके‌ं, त्यहाँ टायर बालेका थिए । आन्दोलन होला भनेर टाढै रोकिएँ । टायर बालेको स्थानबाट ४/५ जना आएर मलाई स्कुटरबाट झर्न लगाए,’ उनले भनिन् ।

उनी सेतो नम्बर प्लेटको लु १ ब २४७० नम्बरको नगरपालिकाको स्कुटरमा थिइन् । 'मैले म नगरपालिकाको कर्मचारी हुँ । यो स्कुटर पनि नगरपालिकाको हो भनेर भने‌ं,' उनले भनिन्, 'म स्कुटरबाट झर्नै मानिनँ ।' तर आन्दोलनकारीले उनको कुरा सुनेनन् । 'छिटो झरेर स्कुटर दिनुस्, नत्र तपाईंलाई खतरा छ भने,’ उनले भनिन, ‘चिनेर छोडिदिन्छन् कि भनेर मास्कसमेत खोलें ।’

अन्त्यमा १५/२० जना जम्मा भएर हुटिङ गरेपछि एक्लै परेको उनले बताइन् । त्यसपछि डिक्कीमा रहेको मोबाइल, व्यक्तिगत पर्स, छोराको लुगा र कार्यालयका कागजपत्र निकाल्छु भनेर आग्रह गरिन् । रोईकराई हात जोड्दा समेत स्कुटर लगेर दन्किरहेको आगोमा हालिदिएको उनले बताइन् । आत्तिएर त्यहाँ उभिएका धेरैजनासँग मोबाइल माग्दा नपाएको भट्टराईले गुनासो गरिन् ।

‘स्कुटर जलेर क्षति भइसकेको र सबैले आफूलाई हेर्दै खिल्ली उडाएजस्तो मानेर एकदम रोएँ,' उनले भनिन्, ‘बल्लबल्ल मोबाईल पाएर शाखा प्रमुख सरलाई फोन गरी घटनाबारे बताएँ ।’ उनले फरक-फरक मोबाइल मागी शाखा प्रमुख र नगरका प्रवक्तालाई फोन गरिन् ।

घटनाबारे थाहा पाएलगत्तै तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्री र अन्य कर्मचारी घटनास्थल पुगेका थिए । स्कुटर आगोमा छोडिदिएर आन्दोलनकारी त्यहाँबाट अन्यत्रै गइसकेका थिए ।

घटनास्थलमा देवीनगर प्रहरी चौकीको टोली पुग्यो । ‘स्कुटर क्षति भइसके पनि आगो निभाई स्कुटर ल्याइएको हो,’ इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी प्रतित सिंह राठौरले भने, ‘स्कुटरको पाटपुर्जा सबै खरानी भइसकेको छ ।’ घटनामा संलग्नको खोजी भइरहेको उनले बताए । शुक्रबार प्रदर्शनमा अन्य ५ वटा सरकारी गाडीमा तोडफोड भएको डीएसपी राठौरले बताए । कान्तिपुर

प्रतिक्रिया