Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

प्रधानमन्त्री निवासमा कसरी पुग्यो कोरोना ? संक्रमणको स्रोत खोज्दै सरकार

प्रधानमन्त्री निवासमा कसरी पुग्यो कोरोना ? संक्रमणको स्रोत खोज्दै सरकार

प्रधानमन्त्री केपी शर्मा ओलीका तीन सल्लाहकार र प्रमुख स्वकीय सचिवका साथै निवासमा खटिएका ६३ सुरक्षाकर्मी लगायतमा कोरोना संक्रमण देखिएको छ ।

ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । 

उनीहरूका साथै प्रधानमन्त्री निवासमा रहेका नेपाली सेनाका २८, नेपाल प्रहरीका १७, सशस्त्र प्रहरीका १८ सुरक्षाकर्मी र सचिवालयका अन्य कर्मचारीमा पनि संक्रमण देखिएको छ । उनीहरूको शुक्रबार स्वाब लिइएकोमा शनिबार नतिजा आएको हो ।

प्रधानमन्त्रीको परीक्षण रिपोर्ट भने नेगेटिभ आएको स्रोतको दाबी छ । एक साताअघि प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाहलाई समेत संक्रमण देखिएको थियो । प्रधानमन्त्री कार्यालयको सचिवालयमा कार्यरत सबैले अनिवार्य रूपमा मास्क लगाएर एकआपसमा दुई मिटर दूरी कायम राख्नुका साथै हातमा सेनिटाइज गर्नुपर्ने प्रोटोकल छ ।

‘सचिवालय सदस्यलाई आपसमा अनिवार्य २ मिटर दूरी कायम गर्न लगाइएको छ । उनीहरूले चियाखाजासमेत एक्लै खानुपर्छ, समूहमा खान पाइँदैन,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘त्यहाँँ देखिएको संक्रमणको स्रोतको खोजी भइरहेको छ ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले आफूहरू घरमै आइसोलेसनमा बसेको बताए । साताअघि संक्रमित भएकी निजी चिकित्सक डा. शाहले आफू निको हुँदै गएको बताइन् । उनी पनि घरमै आइसोलेसनमा छिन् । कान्तिपुर 

प्रतिक्रिया

ट्रेन्डिङ