Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

डा. केसीलाई श्वासप्रश्वासमा समस्या, कृत्रिम अक्सिजन दिन थालियो

डा. केसीलाई श्वासप्रश्वासमा समस्या, कृत्रिम अक्सिजन दिन थालियो

चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर आमरण अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। उनलाई सास फेर्न गाह्रो हुन थालेपछि अक्सिजन दिन थालिएको उनका सहयोगीले जनाएका छन्। 

एक्कासि छाती दुख्ने भएपछि उनलाई अक्सिजनको सपोर्टमा राख्नुपरेको केसीका सहयोगी तोसीमा कार्कीले जानकारी दिइन्। डा. केसीले अन्य औषधि लिन मानेका छैनन्। उनले नियमित रुपमा खाइरहेको मुटुको औषधि पनि केही दिनदेखि खान छोडेको बताइएको छ। डा. केसीको स्वास्थ्य अवस्थाबारे अस्पतालले आधिकारिक रुपमा केही जानकारी दिएको छैन। उनीसँग कसैलाई पनि भेट्न दिइएको छैन।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरेर बाहिरबाट आउने आगन्तुकलाई भेटघाटमा रोक लगाइएको छ अस्पतालले जनाएको छ।जुम्लामा अनशन सुरु गरेका डा. केसीलाई ६ गते काठमाडौं ल्याइएको थियो। त्यसयता उनी महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा अनशन बसिरहेका छन्। आज उनको अनशनको २१ औं दिन हो। 

प्रतिक्रिया