ताजा अपडेट
रामारोशन पर्यटन क्षेत्र विकास तथा ब्यबस्थापन समितीको अध्यक्षमा चक्र रावल नियुक्त
कमल रावल, असोज १८ अछाम
रामारोशन पर्यटन क्षेत्र विकास तथा ब्यबस्थापन समितीको चक्र रावल नियुक्त हुनु भएको छ । सुदूरपश्चिम प्रदेश, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आईतबार “रामारोशन क्षेत्र पर्यटन विकाश तथा व्यवस्थापन समितिको संस्थापक अध्यक्षमा रावललाई नियुक्त गरिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा अछामका सचिवालय सदस्य समेत रहेका रावलले अध्यक्ष नियुक्त भईसकेपछी समिती अध्यक्ष रावलले संस्थापक अध्यक्षको जिम्मा आफुले पाएकाले हरेक चुनौतीलाई अवसरमा बदल्ने बताउनु भएको छ । रामारोशन क्षेत्रका ऐतिहासिक, धार्मिक, सास्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण र सम्बद्र्धनको जिम्मा आफ्नो समितीमा आएकाले सबैलाई साथ दिन आग्रह गर्नु भएको छ ।
बाढी पहिरो र कोरोनाभाईरसको संक्रमण तथा जोखिमका कारण प्रचारप्रसारमा सिथील भएको रामारोशनको प्रचारप्रसार तथा आन्तरिक पर्यटकलाई बढाव दिने कार्य चाडै सुरु हुने बताउनु भयो । समितीको अन्य सदस्य पशुपति कुवँर, बिर्ख रोकाया, कमल साउद, अमर साउद रहेका छन । त्यसैगरि कार्यकारि अधिकृतमा गंगा कुवँर बुढा नियुक्त हुनु भएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया