Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

ठुलासैनमा अस्थायी प्रहरी पोष्टको उदघाट्न

ठुलासैनमा अस्थायी प्रहरी पोष्टको उदघाट्न

कमल रावल, असोज १९ अछाम

मंगलसेन नगरपालिका वडा नम्बर ६ ठुलासैनमा अस्थायी प्रहरी पोष्टको उदघाट्न गरिएको छ । जिल्ला सुरक्षा समितीको माग अनुसार सरकारबाट ठुलासैनमा अस्थायी प्रहरी पोष्टको अनुमती आएपछी एक कार्यक्रमका बिच उदघाट्न गरिएको हो ।

वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारीको अध्यक्षतामा भएको उदघाट्न कार्यक्रममा प्रमुख अतिथी अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्याय रहनु भएको थियो । प्रमुख अतिथी उपाध्यायले प्रहरीलाई सफल बनाउनका लागि नागरिकको सहयोगको खाचो रहेको बताउनु भयो । प्रहरीले गर्ने हरेक राम्रा कार्यमा स्थानिय नागरिकको सहयोग मिल्दै गएपछी प्रहरीको मनोबल उच्च रहने बताउनु भयो । हरेक सुचना नागरीकलाई जानकारी हुने भएकाले अपराधिक क्रियाकलाप देखि समाजका बिसगती विकृती सबै नियन्त्रणका लागि प्रहरीलाई साथ दिन आग्रह गर्नु भयो ।

दशैँ तिहार जस्ता चाडपर्व समेत अब सुरु भएकाले प्रहरीले समेत सक्रियता देखाउनु पर्ने बताउनु भयो । हरेक प्रहरी नागरिक मुखी बन्दै जानुपर्नेमा जोड दिदै आफ्नो जिम्मेवार बहन गर्न प्रहरीलाई आग्रह गर्नु भयो । कार्यक्रमका बिशिष्ट अतिथी अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक योगेन्द्र सिँह थापाले ठुलासैनमा स्थापना भएकाले अस्थायी प्रहरी पोष्टले शान्ति सुरक्षा कायम गर्न महत्वपुर्ण योगदान दिने बताउनु भयो । यसअघि पनी प्रहरी युनिटले सुरक्षा दिदै आएकाले आगामि दिनमा अझै सुरक्षा चुस्त दुरुस्त पार्न नागरिकको समेत साथको आवश्यकता रहेको बताउनु भयो ।

अछाम जिल्लामा प्रहरीले अबैध मदिरा र न्युन गुणस्तरको मदिरा नियन्त्रण गर्ने कार्य तिब्रताका साथ लिएकाले सबैलाई साथ दिन आग्रह गर्नु भयो । आफु अछाम आएको ३ महिनाको अवधिमा करिब १५ हजार लिटर अबैध मदिरा नियन्त्रण लिएर नष्ट पारिएको बताउनु भयो । कार्यक्रमका अध्यक्ष वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारीले ठुलासैनमा प्रहरी पोष्ट आईसकेपछी थुप्रै अपराधिक घट्ना नियन्त्रणमा आएका बताउनु भयो । नागरिक तथा जनप्रतिनीधीको तर्फबाट प्रहरीलाई पुर्ण साथ रहेकाले आगामी दिनमा चौकी नै स्थापनाका लागि प्रमुख जिल्ला अधिकारी र डिएसपिको महत्वपुर्ण सहयोगको अपेक्षा रहेको बताउनु भयो ।

ठुलासैनको प्रहरीले मंगलसेन नगरपालिका वडा नम्बर १,२,३,५,६,७,८,९ र १२ तथा कमलबजार नगरपालिका वडा नम्बर ६ र ७ नागरिकलाई शान्ति सुरक्षा दिनसक्ने बताउनु भयो । कार्यक्रममा मंगलसेन नगरपालिका वडा नम्बर ७ का अध्यक्ष सिद्धराज ढुगाँना, नेपाल कम्युनिष्ट पार्टि नेकपा वडा नम्बर ६ का अध्यक्ष चक्र प्रसाद भण्डारी, नेपाली काग्रेसका वडा सभापती हेमराज भण्डारीले सुझाब सहितको मन्तव्य राख्दै अपराधिक क्रियाकलाप देखि अबैध मदिरा नियन्त्रणमा प्रहरीको महत्वपुर्ण साथको आवश्यकता रहेको बताउनु भयो । वडा सदस्य देबेन्द्र प्रसाद भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संञ्चालन वडा सचिव धिरेन्द्र भण्डारीले गर्नु भएको थियो ।

प्रतिक्रिया