Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

मुगुमा जिल्ला अस्पतालबाट विशषेज्ञ सेवा शुरु

मुगुमा जिल्ला अस्पतालबाट विशषेज्ञ सेवा शुरु

सामान्य शल्यक्रिया गर्न जुम्ला तथा अन्य सुविधा सम्पन्न अस्पतालहरुमा जानुपर्ने बाध्यताबाट मुगालीहरु मुक्त भएका छन्।मुगु जिल्ला अस्पतालमा विगत लामो समयदेखि विशषेज्ञ चिकित्सक नहुँदा मुगाालीहरु विरामी पर्दा कुनै शल्यक्रिया गर्नु परेमा कि त कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला वा देशका अन्य सुविधा सम्पन्न अस्पतालमा रिफर हुने गदर्थे।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले विशषज्ञ सेवाका लागि मुगु जिल्ला अस्पतालमा एमडिजिवी डाक्टर सिदार्थ धोज खाती पठाएपछि जटिल अप्रेसन तथा विशषज्ञ सेवा जिल्लामा उपलब्ध हुने भएको छ। जिल्ला अस्पताल मुगुको पहलमा कर्णाली प्रदेश सरकारको समन्वय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपलब्धतामा मुगु अस्पतालमा आएका एमडिजिपी डाक्टरले आन्द्रामा प्वाल परेका विरामीको आइतबार सफल अप्रेसन गरेका छन्।

लामो समयदेखि पेट दुख्ने पीडाबाट ग्रसित छायाँनाथ रारा नगरपालिका वडा नं ५ ढुम गाँउका ४५ बर्षीय सुरेन्द्र बहादुर बुढाको आन्द्रमा परेको प्वालको डाक्टर खातीको टिमले सफल अप्रेसन गरेको डाक्टर सुशील मल्लले जानकारी दिए।

चेकजाँच पछि आन्द्रामा प्वाल परेको र आफुले अप्रेसन गर्ने बताएपछि विश्वास नगरेका विरामी तथा उनका आफन्तहरुले जिल्ला बाहिर रिफर गर्न दवाव दिएका थिए। अस्पतालका स्वास्थ्यकर्मी तथा अन्य चिकित्सकहरुले यो सेवा जिल्लामै उपलब्ध रहेको र विशषज्ञ डाक्टर समेत भएको र केही भए सबै जिम्मेवारी हामी लिन्छौ भनेर विश्वास दिलाएपछि बुढा अप्रेसनका लागि मन्जुर भएका थिए।

प्रतिक्रिया