Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

मुगुमा जिल्ला अस्पतालबाट विशषेज्ञ सेवा शुरु

मुगुमा जिल्ला अस्पतालबाट विशषेज्ञ सेवा शुरु

सामान्य शल्यक्रिया गर्न जुम्ला तथा अन्य सुविधा सम्पन्न अस्पतालहरुमा जानुपर्ने बाध्यताबाट मुगालीहरु मुक्त भएका छन्।मुगु जिल्ला अस्पतालमा विगत लामो समयदेखि विशषेज्ञ चिकित्सक नहुँदा मुगाालीहरु विरामी पर्दा कुनै शल्यक्रिया गर्नु परेमा कि त कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला वा देशका अन्य सुविधा सम्पन्न अस्पतालमा रिफर हुने गदर्थे।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले विशषज्ञ सेवाका लागि मुगु जिल्ला अस्पतालमा एमडिजिवी डाक्टर सिदार्थ धोज खाती पठाएपछि जटिल अप्रेसन तथा विशषज्ञ सेवा जिल्लामा उपलब्ध हुने भएको छ। जिल्ला अस्पताल मुगुको पहलमा कर्णाली प्रदेश सरकारको समन्वय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपलब्धतामा मुगु अस्पतालमा आएका एमडिजिपी डाक्टरले आन्द्रामा प्वाल परेका विरामीको आइतबार सफल अप्रेसन गरेका छन्।

लामो समयदेखि पेट दुख्ने पीडाबाट ग्रसित छायाँनाथ रारा नगरपालिका वडा नं ५ ढुम गाँउका ४५ बर्षीय सुरेन्द्र बहादुर बुढाको आन्द्रमा परेको प्वालको डाक्टर खातीको टिमले सफल अप्रेसन गरेको डाक्टर सुशील मल्लले जानकारी दिए।

चेकजाँच पछि आन्द्रामा प्वाल परेको र आफुले अप्रेसन गर्ने बताएपछि विश्वास नगरेका विरामी तथा उनका आफन्तहरुले जिल्ला बाहिर रिफर गर्न दवाव दिएका थिए। अस्पतालका स्वास्थ्यकर्मी तथा अन्य चिकित्सकहरुले यो सेवा जिल्लामै उपलब्ध रहेको र विशषज्ञ डाक्टर समेत भएको र केही भए सबै जिम्मेवारी हामी लिन्छौ भनेर विश्वास दिलाएपछि बुढा अप्रेसनका लागि मन्जुर भएका थिए।

प्रतिक्रिया

ट्रेन्डिङ