Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

बाजुरामा बैंकको कर्मचारी भन्दै ठगी गर्ने एक जना पक्राउ

बाजुरामा बैंकको कर्मचारी भन्दै ठगी गर्ने एक जना पक्राउ

बाजुराका विभिन्न ठाउँमा राष्ट्रिय वाणिज्य बैंकको कर्मचारी हुँ भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बझाङका देवराज थापा रहेका छन्।

थापाले बाजुराका केही स्थानीयहरुलाई विना धितो ऋण उपलब्ध गराइदिन्छु भन्दै ठगी गरिरहेको सूचना पाएपछि उनलाई बझाङबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक मदनजित महराले बताए।

उनले बुढीनन्दा नगरपालिका पाण्डुसैनकी १ महिलाको ३० हजार रुपैँया ठगेको, त्यसैगरी सदरमुकाम मार्तडीको बानीया होटलमा केही दिन बसी खाना खाएको ५६ हजार नतिरेको र बझाङ्को छान्ना घर भएका व्यापारी जगत रावतलाई समेत ठगी गरेकोे बुझीएको डिएसपी महराले बताएका छन्। 

पक्राउ परेका थापालाई आइतबार जिल्ला प्रहरी कार्यालयमा ल्याएको र थप अनुसन्धान भइरहेको डिएसपी महराले बताए। 

प्रतिक्रिया