ताजा अपडेट
बाजुरामा बैंकको कर्मचारी भन्दै ठगी गर्ने एक जना पक्राउ
बाजुराका विभिन्न ठाउँमा राष्ट्रिय वाणिज्य बैंकको कर्मचारी हुँ भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बझाङका देवराज थापा रहेका छन्।
थापाले बाजुराका केही स्थानीयहरुलाई विना धितो ऋण उपलब्ध गराइदिन्छु भन्दै ठगी गरिरहेको सूचना पाएपछि उनलाई बझाङबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक मदनजित महराले बताए।
उनले बुढीनन्दा नगरपालिका पाण्डुसैनकी १ महिलाको ३० हजार रुपैँया ठगेको, त्यसैगरी सदरमुकाम मार्तडीको बानीया होटलमा केही दिन बसी खाना खाएको ५६ हजार नतिरेको र बझाङ्को छान्ना घर भएका व्यापारी जगत रावतलाई समेत ठगी गरेकोे बुझीएको डिएसपी महराले बताएका छन्।
पक्राउ परेका थापालाई आइतबार जिल्ला प्रहरी कार्यालयमा ल्याएको र थप अनुसन्धान भइरहेको डिएसपी महराले बताए।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया