Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

कैलालीका पत्रकार असुरक्षित रहेको महासंघको ठहर

कैलालीका पत्रकार असुरक्षित रहेको महासंघको ठहर

नेपाल पत्रकार महासंघको मिसन टोलीले कैलालीका पत्रकार असुरक्षित रहेको ठहर गरेको छ। दिनेश सञ्चार गृहमा आक्रमण गर्दै पत्रकारमाथि कुटपिट भएपछि कैलाली आएको महासंघका महासचिव रमेश विष्ट नेतृत्वको मिसन टोलीले कैलालीका पत्रकार असुरक्षित रहेको निष्कर्ष निकाल्दै प्रतिवेदन सार्वजनिक गरेको हो।

स्थलगत अवलोकनका साथै विभिन्न सरोकारवाला पक्षहरुसंगको छलफल र अन्तरक्रियापछि सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको पत्रकारिता असुरक्षित रहेको निष्कर्ष महासंघको अध्ययन टोलीले निकालेको प्रतिवेदनमा उल्लेख छ। 

टोलीले सोमवार सार्वजनिक गरेको प्रतिवेदनमा श्रृखलाबद्ध ढंगले पत्रकार र सञ्चार गृहमाथि आक्रमण हुनु र कानुनी कारवाही फितलो भएका कारण सिंगो सुदूरपश्चिम प्रदेशको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा असर पार्न सक्ने उल्लेख छ। 

दिनेश सञ्चार गृहमाथि गरिएको आक्रमण र सम्पादकिय कक्षमा नै प्रवेश गरेर सञ्चारकर्मीमाथि गरिएको कुटपीट निन्दनिय रहेको समेत प्रतिवेदनमा उल्लेख छ। घटनापछि संलग्न दोषिहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउन तत्काल तदारुपता नदेखाएको समेत महासंघले ठहर गरेको छ। महासंघको नेतृत्वमा सडक आन्दोलन, केन्द्रबाट अध्ययन टोली र मानव अधिकारवादी संघसंस्थाहरुको चर्को विरोधपछि कारबाहीको प्रक्रिया अगाडी बढाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ। 

जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा भएको रोशन विक मृत्यु प्रकरणका बारेमा २०७७ भदौ २६ गते प्रकाशित गरेको सामाचारको विषयलाई लिएर स्थानीयहरुको एक समुहले दिनेश सञ्चार गृह र सहायक सम्पादक जनक विष्टमाथि आक्रमण गरेको थियो भने व्यवस्थापक अमिता कुँवर लगायतका कर्मचारीमाथि दुव्र्यवहार भएको थियो।

समितिले अध्ययनका क्रममा स्थानीय सञ्चारकर्मी, घटनाबाट पीडित सञ्चार माध्यम तथा सञ्चारकर्मी, प्रदेश सरकार, स्थानीय तह, राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यलय, इन्सेक प्रतिनिधि, दलित अधिकारकर्मीहरुको संस्थाको प्रतिनिधि, प्रदेश प्रहरीका निमित्त प्रमुख, प्रमुख जिल्ला अधिकारी, कैलाली प्रहरी प्रमुख, घटनासंग सम्बन्धी व्यक्ति तथा परिवारका सदस्य र सरोकारवाला अन्य व्यक्तिहरुसंग छलफल गरी प्रतिवेदन तयार पारेको हो।

उक्त घटनालाई लिएर नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट नेतृत्वमा सचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्य मीन बम, उत्तम विष्ट, श्याम भट्ट तथा सुदूरपश्चिम प्रदेशका अध्यक्ष अर्जुन शाह र कैलालीका अध्यक्ष जगत साउद सहितको स्थलगत समिति गठन भई दिनेश सञ्चार गृहमा भएको आक्रमण र कैलालीमा प्रेस स्वतन्त्रता हननका घटनाका सम्वन्धमा स्थलगत अध्ययन गरेको थियो।

टोलीले सञ्चार माध्यमहरुले पनि समाचार सम्प्रेषण गर्दा आचारसंहिताको परिपालनामा विशेष ध्यान दिनुपर्ने अध्ययन टोलीले जोड दिएको छ। कैलाली एफएममा कार्यरत पत्रकार निर्मला पहराईको रहस्यमय मृत्यु सम्बन्धमा गहिरो र निष्पक्ष छानविनको आवश्यकता रहेको महासंघ अध्ययन टोलीको निष्कर्ष छ। 

प्रतिक्रिया