Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

बुटवललाई राजधानी नबनाएको भन्दै २२ सय बढी नेकपा कार्यकर्ताले दिए राजीनामा

बुटवललाई राजधानी नबनाएको भन्दै २२ सय बढी नेकपा कार्यकर्ताले दिए राजीनामा

प्रदेश नं ५ को राजधानी बुटवललाई नबनाएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का २२ सयभन्दा बढी कार्यकर्ताले राजीनामा दिएका छन् । बुटवलमा राजधानी तोक्न नसकेकोमा उनीहरु रुष्ठ भएर नेकपा परित्याग गरेको बताइएको छ । 

यता मुख्यमन्त्री शंकर पोखरेलले भने प्रदेशको राजधानी दाङको देउखुरी १२ जिलालामा रहेका नागरिकहरुलाई भौगोलिक अवस्थाले सबैको साझा र माझ पर्ने  बताएका छन् । मंगलबार विशेष समयमा  बोल्दै मुख्यमन्त्री पोखरेलले सो स्थानलाई राजधानी बनाएर बुटवललाई आर्थीक हबको रुपमा विकास गर्ने जनाए । 

प्रदेश नं ५ सरकारले स्थायी राजधानी दाङको देउखुरी उपत्यका राख्ने प्रस्ताव अघि सारेपछि सहमतिका लागि मंगलबार बैठक भइरहदा बाहिर सडकमा भने  प्रदर्शन भइरहेको छ । सडकमा  विपक्षी दल नेपाली कांग्रेस लगायतका दलहरु बिरोध जारी राखेका छन्।

मंगलबार राजनीतिक दलहरुबिच सहमति नभए राजधानीको पक्ष र बिपक्षमा मतदान हुने छ। मतदानका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र विपक्षी दल नेपाली कांग्रेसले ह्विप जारी गरेको छ । सरकारले ल्याएको प्रस्ताव माथि तीन जनाले संसोदन प्रस्ताव हालेका छन् ।

प्रदेश सभामा  ८७ जना सांसदहरु रहेका छन्  । जसमा ६१ जना सांसद नेकपाका रहेका छन् । त्यस्तै नेपाली कांग्रेसका १९ जना, जनता समाजवादी पार्टीका ६ जना र राष्ट्रिय जनमोर्चाका १ जना सांसद प्रदेश नं.५ मा रहेका छन् । जसमा सभामुख र उपसभामुखले मतदान गर्न पाउने छैनन। नेकपा ५९ जनाले मात्र मतदान गर्न पाउनेछन् ।  

प्रतिक्रिया