Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

बुटवललाई राजधानी नबनाएको भन्दै २२ सय बढी नेकपा कार्यकर्ताले दिए राजीनामा

बुटवललाई राजधानी नबनाएको भन्दै २२ सय बढी नेकपा कार्यकर्ताले दिए राजीनामा

प्रदेश नं ५ को राजधानी बुटवललाई नबनाएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का २२ सयभन्दा बढी कार्यकर्ताले राजीनामा दिएका छन् । बुटवलमा राजधानी तोक्न नसकेकोमा उनीहरु रुष्ठ भएर नेकपा परित्याग गरेको बताइएको छ । 

यता मुख्यमन्त्री शंकर पोखरेलले भने प्रदेशको राजधानी दाङको देउखुरी १२ जिलालामा रहेका नागरिकहरुलाई भौगोलिक अवस्थाले सबैको साझा र माझ पर्ने  बताएका छन् । मंगलबार विशेष समयमा  बोल्दै मुख्यमन्त्री पोखरेलले सो स्थानलाई राजधानी बनाएर बुटवललाई आर्थीक हबको रुपमा विकास गर्ने जनाए । 

प्रदेश नं ५ सरकारले स्थायी राजधानी दाङको देउखुरी उपत्यका राख्ने प्रस्ताव अघि सारेपछि सहमतिका लागि मंगलबार बैठक भइरहदा बाहिर सडकमा भने  प्रदर्शन भइरहेको छ । सडकमा  विपक्षी दल नेपाली कांग्रेस लगायतका दलहरु बिरोध जारी राखेका छन्।

मंगलबार राजनीतिक दलहरुबिच सहमति नभए राजधानीको पक्ष र बिपक्षमा मतदान हुने छ। मतदानका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र विपक्षी दल नेपाली कांग्रेसले ह्विप जारी गरेको छ । सरकारले ल्याएको प्रस्ताव माथि तीन जनाले संसोदन प्रस्ताव हालेका छन् ।

प्रदेश सभामा  ८७ जना सांसदहरु रहेका छन्  । जसमा ६१ जना सांसद नेकपाका रहेका छन् । त्यस्तै नेपाली कांग्रेसका १९ जना, जनता समाजवादी पार्टीका ६ जना र राष्ट्रिय जनमोर्चाका १ जना सांसद प्रदेश नं.५ मा रहेका छन् । जसमा सभामुख र उपसभामुखले मतदान गर्न पाउने छैनन। नेकपा ५९ जनाले मात्र मतदान गर्न पाउनेछन् ।  

प्रतिक्रिया