ताजा अपडेट
कर्मचारी नियुक्त्तीका लागी लिखित परिक्षा को नतिजा सार्वजनिक नगरेको भन्दै नेपाली कांग्रेस रामारोशनले निकाल्यो विज्ञप्ती
रामारोशन गाउँपालिकामा कर्मचारी नियुक्त्ती को लिखित परिक्षा को नतिजा बिधिविपरित स्थगित गरेको भन्दै नेपाली कांग्रेस रामारोशन ले विज्ञप्ती निकालेको छ ।
नेपाली कांग्रेस रामारोशनका सभापती नन्द राज उपाध्याय र सचिव पुर्ण बहादुर बि क द्वारा हस्ताक्षरित विज्ञप्तिमा यही मिती २०७७ साल असोज महिना को ४ गतेको विज्ञापन नं. ०८-०७७/०७८,०९-०७७/०७८ र १०-०७७०/७८ को सुचना अनुसार रामारोशन गाउँपालिका स्वास्थ्य शाखा अन्तरगत २ जना हे अ र २ जना स्टाफ नर्स का लागी मिती २०७७ साल असोज २० गते लागिएको लिखित परिक्षा को नतिजा को नतिजा मिती २०७७ साल असोज महिनाकै २० गते सार्वजनिक गर्ने भनिएता पनि बिना कारण गाउँपालिका अध्यक्ष ले निती र विधी बिपरित अनिश्चितकालका लागी सारेको व्यहोरा उल्लेख गरिएको छ ।
त्यसैगरी विज्ञप्तिमा परिक्षा को पारदर्शिता माथी पनि प्रश्नचिन्ह खडा गर्दै,परिक्षार्थी को मनोबल गिराउने कार्य भएकोमा खेद व्यक्त गर्दै रोकिएको परिक्षाको नतिजा २०७७ साल असोज २१ गते बिहान ११ बजे भित्र सार्वजनिक गर्नुपर्ने माग व्यक्त गरिएको छ ।
बाँको विज्ञप्तिमा

सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने

प्रतिक्रिया