Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

भक्त बिबिको अर्को एक महान कार्य,बन्ने भए बाढीपहिरोले भत्काएका २२ घर

भक्त बिबिको अर्को एक महान कार्य,बन्ने भए बाढीपहिरोले भत्काएका २२ घर

भक्त बीबी फर ह्युमानिटी र रामारोसन गाउँपालिका बिच मङ्गलबार बाढी पहिरोले भत्काएका २२ घर पुनर्निर्माण गर्ने सम्झौता भएको छ । अछामको रामारोशन गाउँपालिकामा भदौ २ गते बाढी पहिरोले गाउँपालिकामा रहेका २२ घर भत्काएको थियो । घर भत्किएपछी घरबार बिहिन भएका पीडितहरुलाई घर बनाउन रामारोशन गाउँपालिका र संस्था बिच सम्झौता भएको संस्थाको अध्यक्ष शारदा भुसाल झा ले जानकारी दिएका छ्न ।

गाउँपालिकाले सुरक्षित स्थानमा जग्गा उपलब्ध गराउने र संस्थाले घर बनाउने दुबै पक्ष बिच सम्झौता भएको छ । एकीकृत बस्ती निर्माण गर्न संस्थाले बिभिन्न सहयोगकर्ता सँग आवहान पनि गरेको छ । संस्थाले देखाएको सक्रिएता देखेर पीडित गाउँलेहरुले हर्षित महसुस गरेको बताएका छ्न ।
भदौ २ गते राति अछाम जिल्लाको रामारोशन गाउँपालिका अन्तर्गतका गेराहाताल, आणेखाँद, सोर्णा लगायतका ठाउँहरुमो भिषण विनासकारी बाढीले वडा नं.५ को सैनी बजार पूर्ण रुपमा बगाई ठूलो जनधनको क्षति भएको थियो । साथै कैलास किनारमा अवस्थित खालबजार, पुलबजार, मुजाबजार र गजडबजारमा समेत ठूलो भौतिक एवम् पशु चौपायाको क्षति गर्नुका साथै कैलास किनारका सम्पूर्ण उर्वर धानका खेत पूर्ण रुपमा बगाई बगरमा परिणत गरेको छ । हालसम्मकै ठूलो र अकल्पनिय विनासकारी बाढीको कारण २२ घर क्षती भएको जनाएको थियो ।

क्षति भएका घरहरुको पूनर्निमाणका कार्यमा सहयोग गर्ने भनि रामारोशन गाउँपालिका संग भक्त वि.वि.फर ह्युमानिटी केन्द्रिय कार्यालय काठमाडौंले सम्पर्क गरी २२ घर निर्माणको प्रस्ताव गरेको थियो । यस विषयमै केन्द्रित रहेर विनासकारी बाढीपहिरोले घरबारबिहिन पुगेका मध्ये २२ घर निमार्णका लागि सहजीकरणका लागि अनुमति दिने भन्दै रामारोशन गाउँपालिकाले २०७७।०५।२९ मा बैठक बसी एकिकृत बस्ती निमार्ण गर्ने विषयमा निर्णय गरेको थियो । उक्त निर्णयमा २२ घरबार बिहिनको निवेदन समावेश गरी भक्त वि.वि.फर ह्युमानिटीलाई पठाएको थियो ।

प्रतिक्रिया