Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

प्रधानमन्त्री ओलीलाई कांग्रेसको प्रश्न : के डा. केसीलाई कात्रो पठाउने तयारी गरेको हो ?

प्रधानमन्त्री ओलीलाई कांग्रेसको प्रश्न : के डा. केसीलाई कात्रो पठाउने तयारी गरेको हो ?

डा. गोविन्द केसीको अनसनलाई सरकारले गरेको वेवास्ताप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । बुधबार एक विज्ञप्ती सार्वजनिक गर्दै कांग्रेसले आपत्ति जनाएको हो ।

सरकारका नेतृत्वकर्ता प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेसले वार्तासमेत नगर्ने बरु कात्रो पठाउने तयारी गरेको हो भनि प्रश्न तेर्साएको छ । ‘डा केसीको स्वास्थ्य स्थिति जटिल बन्दै गएको छ । वार्ता नगर्ने बालुवाटारे बालहठ यहाँलाई महँगो पर्नेछ प्रधानमन्त्रीज्यू । लोकतन्त्र भर्सेस कम्युनिस्टतन्त्रमा अन्ततः जित लोकतन्त्रकै हुनेछ । डा. केसीको आवाजलाई सम्बोधन गर्न ढिलाइ गर्ने गम्भीर भुल किमार्थ नगरियोस्’, कांग्रेसले सार्वजनिक गरेको विज्ञप्तीमा भनिएको छ ।

कांग्रेसले विज्ञप्तीमार्फत आफ्नो समयमा डा. केसीका कयौं माग पुरा गरेको पनि दाबी गरेको छ । तत्कालिन आफ्नो सरकारले सम्बोधन गरेका माग पनि उल्टाइएको कारण समस्या आएको भनाई कांग्रेसको छ ।

कांग्रेसले सत्याग्रहीप्रति दुव्यर्वहार गरिन लोकतान्त्रिक संस्कार नभएको बताएको छ । कांग्रेसले प्रधानमन्त्री ओलीलाई बालहठ नत्यागे महंगो पर्ने चेतावनी पनि दिएको छ ।

‘डा. केसीको स्वास्थ्य स्थिति जटिल बन्दै गएको छ । वार्ता नगर्ने बालुवाटारबारे बालहठ यहाँलाई महंगो पर्नेछ प्रधानमन्त्री ज्यू । हेक्का रहोस् लोकतन्त्र भर्सेस ‘कम्युनिष्टतन्त्र’मा अन्ततः जित लोकतन्त्रकै हुनेछ । डा. केसीको जायज आवाजलाई सम्बोधन गर्न ढिलाई गर्ने गम्भीर भुल किमार्थ नगरियोस् ।’ विज्ञप्तीमा भनिएको छ ।

डा. गोविन्द केसी गत २४ दिनदेखि आमरण अनसनमा छन् । उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । तर, सरकारले भने केसीको मागप्रति पूर्णं वेवास्ता गरिरहेको छ । सरकारले केसीलाई अनसन बस्न आवश्यक नरहेको बताईरहेको छ ।

प्रतिक्रिया