ताजा अपडेट
मदिराका बोत्तलले भरिदै अछामका गाउँ
अछाम जिल्लाका गाउँ हरू मदिराका बोत्तल भरिदै छन् । अछाम जिल्लाका बिभीन्न गाउँ ठाउँमा जहातही मदिराका बोत्तल फालीएका छन्। यसरी जहातही मदिराका सिसी बोत्तल अव्यवस्थित रुपमा फाल्दा बर्षाको समयमा आउने बाढीले बगाउदा स्थानीयको खेत गरा साथै खोला नदी किनारमा पुर्याउने गरेको छ ।
यसरी खेत गरामा पुर्याउदा खेतमा काम गर्ने किसान हरूलाई अप्ठ्यरो का साथै चोट पटक लागेर दुर्घटनाको जोखिम उच्च रहेको छ ।यसरी सिसी बोत्तल अव्यवस्थित रुपमा फालीदा वातावरण समेत प्रत्यक्ष रूपमा प्रभाव परेको छ । यस बिषयमा अछामका कुनै पनि स्थानिय तहले ध्यान दिएका छैनन् ।
अछाम जिल्लाका साफेबगर नगरपालिका नगर कार्यपालिका भवन बाट नजिकै बग्ने बुढीगंगा नदी किनारमा समेत मदिरा सिसी बोत्तल फ्याकीएका छन् । अछाम जिल्लाका प्राय जसो स्थानीय तहले कमसल खाले मदिराको बिक्री वितरणमा रोक लगाए पनी मध्यम तथा उच्च कोटीका मदिरा बिक्री वितरणमा कुनै रोक लगाएको छैन । शहरी क्षेत्रमा मदिरा सिसी बोत्तल पुनः प्रयोग गर्न सकीय पनी पहाडी क्षेत्रमा पुनः प्रयोग गर्ने अबस्था नरहेकोले सिसी बोत्तल फाल्नुको बिकल्प नरहेको ब्यापारी राम बहादुर थापाले बताए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया