ताजा अपडेट
मदिराका बोत्तलले भरिदै अछामका गाउँ
अछाम जिल्लाका गाउँ हरू मदिराका बोत्तल भरिदै छन् । अछाम जिल्लाका बिभीन्न गाउँ ठाउँमा जहातही मदिराका बोत्तल फालीएका छन्। यसरी जहातही मदिराका सिसी बोत्तल अव्यवस्थित रुपमा फाल्दा बर्षाको समयमा आउने बाढीले बगाउदा स्थानीयको खेत गरा साथै खोला नदी किनारमा पुर्याउने गरेको छ ।
यसरी खेत गरामा पुर्याउदा खेतमा काम गर्ने किसान हरूलाई अप्ठ्यरो का साथै चोट पटक लागेर दुर्घटनाको जोखिम उच्च रहेको छ ।यसरी सिसी बोत्तल अव्यवस्थित रुपमा फालीदा वातावरण समेत प्रत्यक्ष रूपमा प्रभाव परेको छ । यस बिषयमा अछामका कुनै पनि स्थानिय तहले ध्यान दिएका छैनन् ।
अछाम जिल्लाका साफेबगर नगरपालिका नगर कार्यपालिका भवन बाट नजिकै बग्ने बुढीगंगा नदी किनारमा समेत मदिरा सिसी बोत्तल फ्याकीएका छन् । अछाम जिल्लाका प्राय जसो स्थानीय तहले कमसल खाले मदिराको बिक्री वितरणमा रोक लगाए पनी मध्यम तथा उच्च कोटीका मदिरा बिक्री वितरणमा कुनै रोक लगाएको छैन । शहरी क्षेत्रमा मदिरा सिसी बोत्तल पुनः प्रयोग गर्न सकीय पनी पहाडी क्षेत्रमा पुनः प्रयोग गर्ने अबस्था नरहेकोले सिसी बोत्तल फाल्नुको बिकल्प नरहेको ब्यापारी राम बहादुर थापाले बताए ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया