Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

बुढीगंगा नदिमा बेलिब्रिज बनाउने प्रक्रिया अझै सुरु भएन, मन्त्रीका आश्वासन मात्रै

बुढीगंगा नदिमा बेलिब्रिज बनाउने प्रक्रिया अझै सुरु भएन, मन्त्रीका आश्वासन मात्रै

 प्रकाश सिंह​, बाजुरा

बाजुराको बढीमालिका नगरपालिकाको साँफे–मार्तडी सडक खण्डअन्तर्गत जडाङ्गमा साउन २५ गते राति आएको बाढिले बुढिगंगा नदिमा रहेको बेलिब्रिज बगाएको थियो। बाढीले बेलिब्रिजसँगै सडक लगायत बस्ती समेत बगाएको थियो। 

बाढीपहिरोले बाजुरा नै विक्षिप्त बनाएको १ हप्तापछि मात्रै संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा, पूर्वमन्त्री कर्ण थापा, संघीय सांसद लालबहादुर थापा, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्रीको टोलीले अनुगमन गरेको थियो। त्यसको केही समयमा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट सहितको टोलीले समेत बाढीपहिरोले पुर्याएको क्षतिबारे अध्ययन गरेको थियो।

उनीहरुले अनुगमनपश्चात बेलिबिज्र बगाएको ठाँउमा छिट्टै बेलिबिज्र बनाउने आश्वासन दिएर गएका थिए। ‘हामी दशैंसम्म बेलिबिज्रको निर्माण प्रक्रिया अगाडि बढाएर मंसिरसम्म सञ्चालन गरिसक्ने छौं’ उनीहरुले सार्वजनिक रुपमै बोलेका थिए।

तर नदीमा जलस्तर कम भएको र उच्च पदाधिकारीले अनुगमन गरेको २ महिना बित्नलाग्दा समेत  बेलिब्रिज बनाउने प्रक्रिया नथालिएको बताइएको छ। बेलिब्रिज बगेपछि सदरमुकाम मार्तडी सम्मको सडक सम्पर्क बिच्छेद भएको छ। पुल निर्माणका लागि कुनै पहल नभएको भन्दै स्थानीय आक्रेशित भएका छन्।  ‘गफले त चाडो बन्छ भन्थे, तर अहिलेसम्म कुनै बनाउने योजना र प्रक्रिया छैन’ नागरिक समाजका अगुवा शेरबहादुर शाहीले भने। 

उता सडक डिभिजन कार्यालय साँफेका प्रमुख ललीत खनाल भने बेलिब्रिजका लागि केन्द्रमा पहल भइरहेको बताउँछन्। उनले भने, ‘कुरा गरिरहेका छौ। कैलालीको गोदावरीमा स्टोर रहेको बेलिबिज्र ल्याउने त भनेका छौं तर कुनै प्रक्रिया अगाडि बढेको छैन।’ उनले साँफे–मार्तडी सडक खण्डको जडाङ्गासम्म सडक खुलाउने काम भने भइरहेको बताएका छन्। 

त्यस्तै प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले पनि सडक खोलेर सञ्चालनमा आएको तर बेलिब्रिज बनाउने प्रक्रिया अगाडि नबढेको बताएका छन्। सुरुमा बेलिबिज्र बगाएको ठाँउमा स्थानीयले अस्थायी रुपमा तुइन बनाएर वारपार गर्ने गरेका थिए। पछि नेपाली सेना र स्थानीयको सक्रियतामा नदीमा काठे पुल हालेर खच्चर र मानिस आवतजावत गर्नेसम्म बनाएका छन्।  

प्रतिक्रिया