Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

बुढीगंगा नदिमा बेलिब्रिज बनाउने प्रक्रिया अझै सुरु भएन, मन्त्रीका आश्वासन मात्रै

बुढीगंगा नदिमा बेलिब्रिज बनाउने प्रक्रिया अझै सुरु भएन, मन्त्रीका आश्वासन मात्रै

 प्रकाश सिंह​, बाजुरा

बाजुराको बढीमालिका नगरपालिकाको साँफे–मार्तडी सडक खण्डअन्तर्गत जडाङ्गमा साउन २५ गते राति आएको बाढिले बुढिगंगा नदिमा रहेको बेलिब्रिज बगाएको थियो। बाढीले बेलिब्रिजसँगै सडक लगायत बस्ती समेत बगाएको थियो। 

बाढीपहिरोले बाजुरा नै विक्षिप्त बनाएको १ हप्तापछि मात्रै संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा, पूर्वमन्त्री कर्ण थापा, संघीय सांसद लालबहादुर थापा, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्रीको टोलीले अनुगमन गरेको थियो। त्यसको केही समयमा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट सहितको टोलीले समेत बाढीपहिरोले पुर्याएको क्षतिबारे अध्ययन गरेको थियो।

उनीहरुले अनुगमनपश्चात बेलिबिज्र बगाएको ठाँउमा छिट्टै बेलिबिज्र बनाउने आश्वासन दिएर गएका थिए। ‘हामी दशैंसम्म बेलिबिज्रको निर्माण प्रक्रिया अगाडि बढाएर मंसिरसम्म सञ्चालन गरिसक्ने छौं’ उनीहरुले सार्वजनिक रुपमै बोलेका थिए।

तर नदीमा जलस्तर कम भएको र उच्च पदाधिकारीले अनुगमन गरेको २ महिना बित्नलाग्दा समेत  बेलिब्रिज बनाउने प्रक्रिया नथालिएको बताइएको छ। बेलिब्रिज बगेपछि सदरमुकाम मार्तडी सम्मको सडक सम्पर्क बिच्छेद भएको छ। पुल निर्माणका लागि कुनै पहल नभएको भन्दै स्थानीय आक्रेशित भएका छन्।  ‘गफले त चाडो बन्छ भन्थे, तर अहिलेसम्म कुनै बनाउने योजना र प्रक्रिया छैन’ नागरिक समाजका अगुवा शेरबहादुर शाहीले भने। 

उता सडक डिभिजन कार्यालय साँफेका प्रमुख ललीत खनाल भने बेलिब्रिजका लागि केन्द्रमा पहल भइरहेको बताउँछन्। उनले भने, ‘कुरा गरिरहेका छौ। कैलालीको गोदावरीमा स्टोर रहेको बेलिबिज्र ल्याउने त भनेका छौं तर कुनै प्रक्रिया अगाडि बढेको छैन।’ उनले साँफे–मार्तडी सडक खण्डको जडाङ्गासम्म सडक खुलाउने काम भने भइरहेको बताएका छन्। 

त्यस्तै प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले पनि सडक खोलेर सञ्चालनमा आएको तर बेलिब्रिज बनाउने प्रक्रिया अगाडि नबढेको बताएका छन्। सुरुमा बेलिबिज्र बगाएको ठाँउमा स्थानीयले अस्थायी रुपमा तुइन बनाएर वारपार गर्ने गरेका थिए। पछि नेपाली सेना र स्थानीयको सक्रियतामा नदीमा काठे पुल हालेर खच्चर र मानिस आवतजावत गर्नेसम्म बनाएका छन्।  

प्रतिक्रिया