Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

बाल विवाह न्युनिकरणका लागि सबै एकमत हुनुपर्नेमा सरोकारवालाको जोड

बाल विवाह न्युनिकरणका लागि सबै एकमत हुनुपर्नेमा सरोकारवालाको जोड


कमल रावल, असोज २१ अछाम ।
समाजमा हुने बाल विवाह न्युनिकरण गर्नका लागि सबैले एकमत भएर अघि बढनु पर्नेमा एक कार्यक्रमका सहभागिले जोड् दिएका छन । समाजमा कम उमेरमा हुने बाल विवाह बारे जानकारी त्यही समाजका नागरिकलाई हुने भएकाले त्यस्ता बिवाह बदर गराउन सबैले साथ दिनु पर्ने बताउनु भयो ।

रेडियो रामारोशनले मंगलसेन नगरपालिकामा बाल बिवाह अन्त्य गर्नका लागि सरोकारवालाको भुमिका बिषयक गरेको छलफल कार्यक्रममा बोल्दै मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले बाल विवाह न्युनिकरण गर्नका लागि नगरले सचेतिकरणका थुप्रै कार्यक्रम गरेको बताउनु भयो । जनप्रतिनीधी एक्लैको प्रयासले मात्र बाल विवाह रोक्न नसकिने भएकाले सबैले साथ दिनु पर्ने बताउनु भयो । समाज परिवर्तन भएसँगै क्रमिक रुपमा सुधार हुदै गएकाले आगामि दिनमा बाल क्लब, युवा क्लब तथा किशोरी संञ्जाललाई परिचालन गर्दै यस्ता समाजका बिकृति विसँगती अन्त्यका लागि ठोस योजनाका साथ अघि बढने बताउनु भयो ।

छलफलमा उपप्रमुख सरिता उपाध्यायले अहीले सम्म बाल विवाह गरेको कुनै पनी उजुरी न्यायीक समितीमा नआएकोे बताउनु भयो । मोबाईलका कारणले समेत बालविवाह बढेकाले हरेक अभिभावकले आफ्ना बालबालिकाको बानी तथा ब्यबहारमा समेत ध्यान दिनु पर्ने बताउनु भयो । गाघरमा पुग्दा धेरै महिला २० बर्ष भन्दा कम उमेरमै आमा बनेका पाईएकाले आफुलाई पर्ने स्वास्थ्य समस्या तथा बालबालिकाको समस्याको समेत ध्यान दिन आग्रह गर्नु भयो । निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले यस आर्थिक बर्षमा सामाजिक अभियानका लागी बजेट विनियोजन भएकाले कार्य योजना सहित कार्यक्रम अघि बढाउने  बताउनु भयो । बालबालिका, युवा, महिला तथा दलित संञ्जाललाई परिचालन गरि बाल विवाह न्युनिकरण सम्बन्धी जनचेतना मुलक कार्यक्रम अघि बढाईने बताउनु भयो ।

नगरको शिक्षा शाखा प्रमुख अम्बादत्त भट्ट र स्वास्थ्य शाखा प्रमुख मान बहादुर सोडारीले बाल विवाहले गर्दा शिक्षाबाट बञ्चित सहित स्वास्थ्यमा समेत थुप्रै समस्या आउने बताउनुु भयो । आगामि दिनमा शिक्षा र स्वास्थ्य शाखा मार्फत कार्यक्रम सहित अघि बढने बताउनु भयो । अधिबक्ता कृष्ण प्रसाद ढुगानाले बाल विवाह गर्ने र गराउनलेलाई कानुनी सजाय हुने बताउनु भयो । केटाकेटीको राजी बिना बाल विवाह गराउने अभिभावकलाई ३ बर्ष कैद र ३० हजार जरिवाना समेत हुन सक्ने बताउनु भयो । ईलाका प्रहरी कार्यालय मंगलसेनका ईञ्चार्ज प्रमानन्द जोशिले बाल विवाह सम्बन्धीको कुनै गुनासो तथा उजुरी प्रहरीमा नआएको बताउनु भयो । आफुलाई जानकारी आए कानुनी कारबाहीका लागि अगाडी बढाईने बताउनु भयो । नगर स्तरिय युवा संञ्जालका अध्यक्ष जगत भण्डारीले नगरका १४ वटै वडामा कार्ययोजना सहित बाल विवाह न्युनिकरणका लागि योजना साथ अघि बढने बताउनु भयो ।

छलफलमा सहभागी बालिका, किशोरी तथा संञ्जालका प्रतिनीधीले स्थानिय सरकार ठोस योजना साथ अघि बढे यसलाई न्युनिकरण गर्नका लागि आफ्नो साथ सहयोग रहने प्रतिबद्धता जनाएका  थिए । UNFPA र नर्वेजियन दुतावासको सहयोग तथा सञ्चारिका समूहसंगको सहकार्यमा गरिएको छलफल कार्यक्रमको सहजिकरण रेडियो रामारोशनमा सहायक स्टेशन म्यानेजर कमल रावलले गर्नु भएको थियो । कार्यक्रमको पुरा अँक भोलि बिहान ८ बजेको अछामी भाषाको रामारोशन रैबार पछी सुन्न सक्नु हुनेछ ।

प्रतिक्रिया