Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

बाल विवाह न्युनिकरणका लागि सबै एकमत हुनुपर्नेमा सरोकारवालाको जोड

बाल विवाह न्युनिकरणका लागि सबै एकमत हुनुपर्नेमा सरोकारवालाको जोड


कमल रावल, असोज २१ अछाम ।
समाजमा हुने बाल विवाह न्युनिकरण गर्नका लागि सबैले एकमत भएर अघि बढनु पर्नेमा एक कार्यक्रमका सहभागिले जोड् दिएका छन । समाजमा कम उमेरमा हुने बाल विवाह बारे जानकारी त्यही समाजका नागरिकलाई हुने भएकाले त्यस्ता बिवाह बदर गराउन सबैले साथ दिनु पर्ने बताउनु भयो ।

रेडियो रामारोशनले मंगलसेन नगरपालिकामा बाल बिवाह अन्त्य गर्नका लागि सरोकारवालाको भुमिका बिषयक गरेको छलफल कार्यक्रममा बोल्दै मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले बाल विवाह न्युनिकरण गर्नका लागि नगरले सचेतिकरणका थुप्रै कार्यक्रम गरेको बताउनु भयो । जनप्रतिनीधी एक्लैको प्रयासले मात्र बाल विवाह रोक्न नसकिने भएकाले सबैले साथ दिनु पर्ने बताउनु भयो । समाज परिवर्तन भएसँगै क्रमिक रुपमा सुधार हुदै गएकाले आगामि दिनमा बाल क्लब, युवा क्लब तथा किशोरी संञ्जाललाई परिचालन गर्दै यस्ता समाजका बिकृति विसँगती अन्त्यका लागि ठोस योजनाका साथ अघि बढने बताउनु भयो ।

छलफलमा उपप्रमुख सरिता उपाध्यायले अहीले सम्म बाल विवाह गरेको कुनै पनी उजुरी न्यायीक समितीमा नआएकोे बताउनु भयो । मोबाईलका कारणले समेत बालविवाह बढेकाले हरेक अभिभावकले आफ्ना बालबालिकाको बानी तथा ब्यबहारमा समेत ध्यान दिनु पर्ने बताउनु भयो । गाघरमा पुग्दा धेरै महिला २० बर्ष भन्दा कम उमेरमै आमा बनेका पाईएकाले आफुलाई पर्ने स्वास्थ्य समस्या तथा बालबालिकाको समस्याको समेत ध्यान दिन आग्रह गर्नु भयो । निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले यस आर्थिक बर्षमा सामाजिक अभियानका लागी बजेट विनियोजन भएकाले कार्य योजना सहित कार्यक्रम अघि बढाउने  बताउनु भयो । बालबालिका, युवा, महिला तथा दलित संञ्जाललाई परिचालन गरि बाल विवाह न्युनिकरण सम्बन्धी जनचेतना मुलक कार्यक्रम अघि बढाईने बताउनु भयो ।

नगरको शिक्षा शाखा प्रमुख अम्बादत्त भट्ट र स्वास्थ्य शाखा प्रमुख मान बहादुर सोडारीले बाल विवाहले गर्दा शिक्षाबाट बञ्चित सहित स्वास्थ्यमा समेत थुप्रै समस्या आउने बताउनुु भयो । आगामि दिनमा शिक्षा र स्वास्थ्य शाखा मार्फत कार्यक्रम सहित अघि बढने बताउनु भयो । अधिबक्ता कृष्ण प्रसाद ढुगानाले बाल विवाह गर्ने र गराउनलेलाई कानुनी सजाय हुने बताउनु भयो । केटाकेटीको राजी बिना बाल विवाह गराउने अभिभावकलाई ३ बर्ष कैद र ३० हजार जरिवाना समेत हुन सक्ने बताउनु भयो । ईलाका प्रहरी कार्यालय मंगलसेनका ईञ्चार्ज प्रमानन्द जोशिले बाल विवाह सम्बन्धीको कुनै गुनासो तथा उजुरी प्रहरीमा नआएको बताउनु भयो । आफुलाई जानकारी आए कानुनी कारबाहीका लागि अगाडी बढाईने बताउनु भयो । नगर स्तरिय युवा संञ्जालका अध्यक्ष जगत भण्डारीले नगरका १४ वटै वडामा कार्ययोजना सहित बाल विवाह न्युनिकरणका लागि योजना साथ अघि बढने बताउनु भयो ।

छलफलमा सहभागी बालिका, किशोरी तथा संञ्जालका प्रतिनीधीले स्थानिय सरकार ठोस योजना साथ अघि बढे यसलाई न्युनिकरण गर्नका लागि आफ्नो साथ सहयोग रहने प्रतिबद्धता जनाएका  थिए । UNFPA र नर्वेजियन दुतावासको सहयोग तथा सञ्चारिका समूहसंगको सहकार्यमा गरिएको छलफल कार्यक्रमको सहजिकरण रेडियो रामारोशनमा सहायक स्टेशन म्यानेजर कमल रावलले गर्नु भएको थियो । कार्यक्रमको पुरा अँक भोलि बिहान ८ बजेको अछामी भाषाको रामारोशन रैबार पछी सुन्न सक्नु हुनेछ ।

प्रतिक्रिया