Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०३ चैत २०८२
प्रचलनमा:
ताजा अपडेट
नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै

अछामको कमलबजारमा पीसीआर मेसिन उद्घाटन

अछामको कमलबजारमा  पीसीआर मेसिन उद्घाटन

अमर धामी अछाम 

अछामको कमलबजारमा कोरोना भाइरसको परीक्षणका लागि पीसीआर मेसिनको उद्घाटन गरिएको छ । अछाम क्षेत्र नं. २ का साँसद यज्ञबहादुर बोगटीले एक कार्यक्रमका बीचमा कमलबजारमा स्थापना गरिएको मेसिनको उद्घाटन गरिएको हो । उदघाटन कार्यक्रमलाई सम्बोदन गर्दै प्रतिनिधि सभा बोगटीले कमलबजार नगरपालिकाले पीसीआर मेसिन सञ्चालनमा ल्याएकोमा खुुसी व्यक्त गर्दै दिगो र अभावग्रस्तबाट मुक्त बनाउन चुनौती रहेको बताउनुुभयो । यसका लागि सबै तहबाट सहयोग र समन्वय आवश्यक रहेको बताउनुभयो ।

सरकारले जिल्ला अस्पताललाई नमूनायोग्य बनाउन माग र हरेक स्थानीय तहमा १५ वेडको अस्पतालका लागि आएको बजेट अनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो । अछामका समस्यामा आफुु केन्द्रमा सक्रिय रहेको भन्दै अछाम २ को निर्वाचन पूर्वाधार विकास कार्यक्रम स्थानीय तह जनप्रतिनिधिको समन्वयमा काम भइरहेको भनाइ राख्नुुभयो । तीन तहका सरकारको संविधानको व्यवस्था अनुसार विकास निर्माणका कामहरु भइरहेको बताउँदै स्थानीय तहले समतामुलक विकासमा जोड दिनुुभयो । आगामी दिनमा संघमा थप सक्रिय भएर अछामको स्वास्थ्य क्षेत्र लगायतका समस्या समाधानमा केन्द्रित भएर जाने बताउनुुभयो ।   उद्घाटन कार्यक्रमम पूर्व सांसद अक्कलबहादुर विष्टले बिशिष्ट अथितिको आसन बाट बोल्दै कर्मचारी लोकसेवा पासगरेर आएकाले कसैको दवाबमा नरही बिधिको सासन भित्र रहेर काम गर्न अनुरोध गर्नु भयो । अहिले सरकारले भरस्टाचारी लाई संरक्षण गरेको समेत  उहाले आरोप लगाउनु भयो ।

साथै उहाले कमलबजारमा स्थापना गरीएको पिसिआर प्रयोग सालालाइ आआफनो ठाउबाट सहयोग गर्न सबैलाइ अनुरोध गर्नुु भयो । जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर कुँवर साँफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कुँवर विशिष्ठ अथिती, रहनुभएको थियो । बान्नीगढी जयगढ गाउँपलिकाका अध्यक्ष राजेन्द्रबहादुर खड्का, पञ्चदेवल विनायक नगरपालिकाका उपप्रमुख अम्भिका चलाउने, तुुर्माखाँद गाउँपलिकाका अध्यक्ष पुुष्पराज शर्मा, नेपालि कांगे्रस अछामका महासमिति सदस्य बल  बहादुर कुवर, मंगलसेन नगरपालिका वडा न. ६ वडा अध्यक्ष जनक राज भण्डारी, पत्रकार महासंग अछामका सदस्य अमर धामि,  गैरसरकारी सस्था महासंघ अछामका प्रतिनिधि लगायत ले शुुभकामना मन्तब्य राख्नुु भएको थियो ।

उद्घाटन कार्यक्रमको स्वागत उपप्रमुख भूमिशरण ढकाल बजगाइ र सञ्चालन कमलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्गबहादुर विष्टले गर्नुभएको थियो । अछाममा पहिलो पटक कमलबजार नगरपालिकाको अगुुवाइमा पीसीआर मेसिन सञ्चालन ल्याएप्छि स्वाब परीक्षणमा सहज हुने भएको छ । यसअघि पीसीआर परीक्षणका लागि स्वाब काठमाण्डौसम्म पुर्याउनुुपर्ने बाध्यता रहेको थियो ।

प्रतिक्रिया