Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा अनशनरत चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन बिग्रिँदै गएको छ । १९औं अनशनको २४औं दिनदेखि अनशनरत डा. केसीलाई अक्सिजन दिन थालिएको छ ।

उपचारमा संलग्न चिकित्सक डा. सुवास आचार्यका अनुसार केसीको शरीर गल्दै गएपछि प्रतिमिनेट चारदेखि ६ लिटर अक्सिजन दिइएको छ । यस्तै, उनको शरीरमा सुगरको मात्रा घटेको छ । डा. केसीको मुटुको चालमा बेलाबेला गडबडी देखिएको छ ।

डा. केसी अनशन बसेको २४ दिनपछि सरकारले उनीसँग वार्ता गर्न बिहीबार वार्ता समिति बनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको नेतृत्वमा गठित वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य छन् ।

डा. केसीको माग सम्बोधन गर्न सरकार गम्भीर नभएको भन्दै नेपाल चिकित्सक संघले शक्रबार आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । सो दिन २ घण्टा आकस्मिक र कोभिडबाहेकका सबै सेवाप्रवाह बहिष्कार गर्ने र सो समयमा पनि डा. केसीका माग पूरा नगरे २३ गते दिनभर आकस्मिक बाहेकका सेवा बहिष्कार गर्ने निर्णय गरेको हो ।

डा. केसीका माग पूरा गर्न र उनको जीवनरक्षाको माग गर्दै आकस्मिक र कोभिडबाहेकका सेवाप्रवाहलाई बहिष्कार गर्ने निर्णय संघले गरेको छ । यसका साथै २२ गतेपछि कालोपट्टी बाँधेर सामाजिक सुरक्षाका उपाय अपनाउँदै रिले अनशन जारी राख्ने कार्यक्रमसमेत संघले तय गरेको छ । यस्तै, अनशनरत डा. केसीको पक्षमा देशव्यापी सत्याग्रहको अपिल गरिएको छ ।

सोलिडारिटी फर डा. केसी अलायन्सका संयोजक डा. जीवन क्षत्रीले देशैभरबाट कोभिडविरुद्धका सबै नियम र मापदण्ड पालना गर्दै आआफ्नो ठाउँबाट डा. केसीको समर्थनमा सत्याग्रह सुरु गर्न अपिल गरे ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायतका कार्यक्रम सञ्चालन गरिनुपर्ने, स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश नं २ र गण्डकी प्रदेश तथा डोटी, डँडेलधुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल प्रक्रिया अघि बढाइनुपर्ने माग राखेका छन् ।

आफूसँग १० साउन २०७५ मा भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरिनुपर्नेलगायतका मागहरू राखेर डा. केसीले अनशन सुरु गरेका हुन् ।

प्रतिक्रिया