ताजा अपडेट
नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ७१ हजार नाघ्यो, कुन प्रदेशमा कति ? (विवरणसहित)
बितेको २४ घण्टामा नेपालमा थप ४ हजार ३६४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १८ हजार ४७३ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा २ हजार ८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जनासहित काठमाडौं उपत्यकामा मात्रै २ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९७ हजार ६९२ पुगेको छ ।
कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?
प्रदेश १ मा ६२२१ जना
प्रदेश २ मा १४८९१ जना
वाग्मती प्रदेश २५३०५ जना
गण्डकी प्रदेशमा ४००१ जना
प्रदेश ५ मा १०२३८ जना
कर्णाली प्रदेशमा ३३२६ जना
सुदूरपश्चिम प्रदेशमा ७३६१ जना
नेपालमा बितेको २४ घण्टामा थप २ हजार ६७५ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ । यो कुल संक्रमितको ७२.३ प्रतिशत हो ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या २६ हजार ६८४ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा १४ हजार ९ जना र संस्थागत आईसोलेसनमा ११ हजार ७१७ जना छन् । तिमध्ये २३५ जना संक्रमितको आईसियु र ४२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार ४६० जना रहेका छन् ।
यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सुनसरी, ललितपुर, भक्तपुर,चितवन गरि ७ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।
डाक्टर गौतमका अनुसार मनाङ र मुस्ताङ जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।
कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ५९० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको हो ।
हिजो (बुधवार) नेपालमा ३ हजार ४३९ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार १२६ जना संक्रमणमुक्त भएका थिए भने १५ जनाको मृत्यु भएको थियो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया