Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

सुदूरपश्चिम समाज दक्षिण कोरियाद्धारा अछामका बाढी पीडितलाई सहयोग

सुदूरपश्चिम समाज दक्षिण कोरियाद्धारा अछामका बाढी पीडितलाई सहयोग

सुदूरपश्चिम समाज दक्षिण कोरियाले अछामका बाढी पीडितलाई आर्थिक सहयोग गरेको छ। समाजले दक्षिण कोरियामा बस्दै आएका नेपालीहरुबाट रकम संकलन गरी गत भदौँमा आएको बाढीमा परी ज्यान गुमाएका र पीडित परिवारलाई राहत स्वरुप चार लाख ६ हजार सहयोग गरिएको जनाएको छ।

समाजका पूर्व सचिव गोपाल भट्टले अछाममै पुगेर सहयोग रकम हस्तान्तरण गरिएको हो। उनका अनुसार १७ जना मृतक चार परिवारलाई प्रति व्यक्ति १२ हजारका दरले दुई लाख ४ हजार, भौतिक क्षती भएका २० परिवारलाई नौँ हजार पाँच सयका दरले सहयोग रकम प्रदान गरिएको हो।

यस्तै एचआईभी एड्सबाट आमाबुवा गुमाएकी १० वर्षीया बालिका र मृगौला फेल भएर दुई छोरा गुमाएका रामारोशन गाउँपालिकाका बृद्ध जोगी बुढालाई पनि ६÷६ हजार सहयोग गरिएको छ। समाजका पूर्व पदाधिकारी मार्फत सहयोग रकम हस्तान्तरण गरिएको हो।

पूर्व अध्यक्ष नरबहादुर शाही, पूर्व सचिव गोपाल भट्ट, सुरेन्द्र विष्ट, वर्तमान कोषाध्यक्ष डिल्लीराज ओझाले रामारोशनमै पुगेर सहयोग रकम सम्बन्धीत व्यक्तिलाई हस्तान्तरण गरेका हुन्।

स्थानीय जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिको रहोबरमै सहयोग रकम हस्तान्तरण गरिएको थियो। सहयोग रकम हस्तान्तरणमा ओम श्रीनगर डेन्टल क्लनीकका डाक्टर प्रेमप्रकाश रेग्मीले सहयोग गरेका समाजका पूर्व सचिव भट्टले जानकारी दिए।

यस्तै अंकुर नेपाल सुदूरपश्चिमले पनि पीडितलाई रकम हस्तान्तरणमा सहयोग गरेको उनले बताए। गत भदौमा आएको बाढीले अछामको रामारोशन गाउँपालिका  वडा नम्बर ५ सैनीबजारका २२ घर बगाउँदा चार परिवारका १७ जना बेपत्ता भएका थिए। वेपत्ता भएका मध्ये १० जनाको शव अझै नभेटिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया