Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

सुदूरपश्चिम समाज दक्षिण कोरियाद्धारा अछामका बाढी पीडितलाई सहयोग

सुदूरपश्चिम समाज दक्षिण कोरियाद्धारा अछामका बाढी पीडितलाई सहयोग

सुदूरपश्चिम समाज दक्षिण कोरियाले अछामका बाढी पीडितलाई आर्थिक सहयोग गरेको छ। समाजले दक्षिण कोरियामा बस्दै आएका नेपालीहरुबाट रकम संकलन गरी गत भदौँमा आएको बाढीमा परी ज्यान गुमाएका र पीडित परिवारलाई राहत स्वरुप चार लाख ६ हजार सहयोग गरिएको जनाएको छ।

समाजका पूर्व सचिव गोपाल भट्टले अछाममै पुगेर सहयोग रकम हस्तान्तरण गरिएको हो। उनका अनुसार १७ जना मृतक चार परिवारलाई प्रति व्यक्ति १२ हजारका दरले दुई लाख ४ हजार, भौतिक क्षती भएका २० परिवारलाई नौँ हजार पाँच सयका दरले सहयोग रकम प्रदान गरिएको हो।

यस्तै एचआईभी एड्सबाट आमाबुवा गुमाएकी १० वर्षीया बालिका र मृगौला फेल भएर दुई छोरा गुमाएका रामारोशन गाउँपालिकाका बृद्ध जोगी बुढालाई पनि ६÷६ हजार सहयोग गरिएको छ। समाजका पूर्व पदाधिकारी मार्फत सहयोग रकम हस्तान्तरण गरिएको हो।

पूर्व अध्यक्ष नरबहादुर शाही, पूर्व सचिव गोपाल भट्ट, सुरेन्द्र विष्ट, वर्तमान कोषाध्यक्ष डिल्लीराज ओझाले रामारोशनमै पुगेर सहयोग रकम सम्बन्धीत व्यक्तिलाई हस्तान्तरण गरेका हुन्।

स्थानीय जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिको रहोबरमै सहयोग रकम हस्तान्तरण गरिएको थियो। सहयोग रकम हस्तान्तरणमा ओम श्रीनगर डेन्टल क्लनीकका डाक्टर प्रेमप्रकाश रेग्मीले सहयोग गरेका समाजका पूर्व सचिव भट्टले जानकारी दिए।

यस्तै अंकुर नेपाल सुदूरपश्चिमले पनि पीडितलाई रकम हस्तान्तरणमा सहयोग गरेको उनले बताए। गत भदौमा आएको बाढीले अछामको रामारोशन गाउँपालिका  वडा नम्बर ५ सैनीबजारका २२ घर बगाउँदा चार परिवारका १७ जना बेपत्ता भएका थिए। वेपत्ता भएका मध्ये १० जनाको शव अझै नभेटिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया