Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कांग्रेसद्वारा रामारोशन गाउँ पालिका सरकारका विरुद्ध प्रदर्शन

कांग्रेसद्वारा रामारोशन गाउँ पालिका सरकारका विरुद्ध प्रदर्शन

नेपाली कांग्रेस रामारोशनले रामारोशन गाउँ पालिका सरकार विरुद्ध गाउँ पालिकाको सेवा केन्द्र मुजाबगरमा विरोध प्रदर्शन गरेको छ। रामारोशन गाउँ पालिका सरकार बाट हुने गरेका नितिगत भष्टाचार तथा कर्मचारी भर्नामा हुने आर्थिक चलखेलका बिरुद्ध प्रदर्शन गरेको हो साथै गाउँ पालिका अध्यक्षले एकलौटी तरिकारले लोकतान्त्रिक मुल्य मान्यता तथा विधि पद्धति विपरीत काम गरेको समेत कांग्रेसले आरोप लगाएको छ ।

कांग्रेसले रामारोशन सरकारका थुप्रै बिथिति बिषयमा पटकपटक सरकारको ध्यानाकर्षण गराउदा पनि सरकारको नेतृत्वको कार्य शैली कत्ति पनि नसुधि्रएको ले पहिलो चरणको खबरदारी स्परुप गाउँ पालिकामा धर्ना शान्तिपूर्ण आन्दोलन गरेको र अझै सरकारका गतिविधि यस्तै शैलीमा अगाडि बढे थप सशक्त ढङ्गले आन्दोलन गर्ने कांग्रेस रामारोशनले चेतावनी समेत दिएको छ।

रामारोशन गाउँ पालिका का थुप्रै कर्मचारी भर्ना प्रक्रियामा योग्यता र क्षमताको आधारमा नभएर पहुँच र पैसाको आधारमा सरकार नेतृत्वले कर्मचारी छनोट प्रक्रियामा नै हस्तक्षेप गर्ने गरेको भन्दै यो कार्य बन्द गर्न चेतावनी समेत कांग्रेसले दिएको छ। शिक्षा क्षेत्रमा रामारोशन गाउँपालिका सरकार सृजना गरेका कोटामा पनि कुनै विद्यालयमा नियम विपरीत शिक्षक भर्ना गरेको र कुनै विद्यालयमा रोकेको कांग्रेसको आरोप छ ।यसका साथै भाद्र २ गते रामारोशनमा आएको बाढी पछि को पिडित परिवारलाई राहत कार्य मा सरकार उदासीन देखिनु का साथै हाल सम्म पनि तथ्य संगत विवरण नल्याएको र राहत वितरण कार्यलाई पनि निष्पक्ष रुपामा वितरण गर्न माग गरेको छ।

रामारोशन गाउँपालिका अध्यक्ष र उपाध्यक्षको आन्तरिक कलह र सरकार प्रमुखको कार्यशैलीबाट जनता निराश भएको कांग्रेसको ठहर छ। सरकार विरुद्ध पेले काड सहित मुजाबगरमा प्रदर्शन गरे पछि कांग्रेसले गाउँ पालिका अगाडि जुलुसलाई कोणसभामा परिनत गरेको थियो । नेपाली कांग्रेस रामारोशनका सभापति नन्दराज उपाध्यायको सभापतित्वमा भएको कोणसभा कार्यक्रम लाई कांग्रेस महासमिति सदस्य अनुराधा स्वार रावल जिल्ला सदस्य मान व साउद नेविसंघ पुर्व केन्द्रीय सदस्य चन्द्र विक युवा नेता पुष्प बिष्ट लगायत सम्बोधन गर्नु भएको थियो भने सन्चालन सचिव पुर्ण विक ले गर्नु भएको थियो विरुद्ध सभामा नेपाली कांग्रेस रामारोशनमा सम्पुर्ण नेता कार्याक्रताको सहभागीता रहेको थियो । रामारोशन कांग्रेसले दुई दिन अधि गाउँ पालिकाको विरुद्ध मा विज्ञप्ति समेत निकालेको थियो ।

प्रतिक्रिया

ट्रेन्डिङ