Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

कांग्रेसद्वारा रामारोशन गाउँ पालिका सरकारका विरुद्ध प्रदर्शन

कांग्रेसद्वारा रामारोशन गाउँ पालिका सरकारका विरुद्ध प्रदर्शन

नेपाली कांग्रेस रामारोशनले रामारोशन गाउँ पालिका सरकार विरुद्ध गाउँ पालिकाको सेवा केन्द्र मुजाबगरमा विरोध प्रदर्शन गरेको छ। रामारोशन गाउँ पालिका सरकार बाट हुने गरेका नितिगत भष्टाचार तथा कर्मचारी भर्नामा हुने आर्थिक चलखेलका बिरुद्ध प्रदर्शन गरेको हो साथै गाउँ पालिका अध्यक्षले एकलौटी तरिकारले लोकतान्त्रिक मुल्य मान्यता तथा विधि पद्धति विपरीत काम गरेको समेत कांग्रेसले आरोप लगाएको छ ।

कांग्रेसले रामारोशन सरकारका थुप्रै बिथिति बिषयमा पटकपटक सरकारको ध्यानाकर्षण गराउदा पनि सरकारको नेतृत्वको कार्य शैली कत्ति पनि नसुधि्रएको ले पहिलो चरणको खबरदारी स्परुप गाउँ पालिकामा धर्ना शान्तिपूर्ण आन्दोलन गरेको र अझै सरकारका गतिविधि यस्तै शैलीमा अगाडि बढे थप सशक्त ढङ्गले आन्दोलन गर्ने कांग्रेस रामारोशनले चेतावनी समेत दिएको छ।

रामारोशन गाउँ पालिका का थुप्रै कर्मचारी भर्ना प्रक्रियामा योग्यता र क्षमताको आधारमा नभएर पहुँच र पैसाको आधारमा सरकार नेतृत्वले कर्मचारी छनोट प्रक्रियामा नै हस्तक्षेप गर्ने गरेको भन्दै यो कार्य बन्द गर्न चेतावनी समेत कांग्रेसले दिएको छ। शिक्षा क्षेत्रमा रामारोशन गाउँपालिका सरकार सृजना गरेका कोटामा पनि कुनै विद्यालयमा नियम विपरीत शिक्षक भर्ना गरेको र कुनै विद्यालयमा रोकेको कांग्रेसको आरोप छ ।यसका साथै भाद्र २ गते रामारोशनमा आएको बाढी पछि को पिडित परिवारलाई राहत कार्य मा सरकार उदासीन देखिनु का साथै हाल सम्म पनि तथ्य संगत विवरण नल्याएको र राहत वितरण कार्यलाई पनि निष्पक्ष रुपामा वितरण गर्न माग गरेको छ।

रामारोशन गाउँपालिका अध्यक्ष र उपाध्यक्षको आन्तरिक कलह र सरकार प्रमुखको कार्यशैलीबाट जनता निराश भएको कांग्रेसको ठहर छ। सरकार विरुद्ध पेले काड सहित मुजाबगरमा प्रदर्शन गरे पछि कांग्रेसले गाउँ पालिका अगाडि जुलुसलाई कोणसभामा परिनत गरेको थियो । नेपाली कांग्रेस रामारोशनका सभापति नन्दराज उपाध्यायको सभापतित्वमा भएको कोणसभा कार्यक्रम लाई कांग्रेस महासमिति सदस्य अनुराधा स्वार रावल जिल्ला सदस्य मान व साउद नेविसंघ पुर्व केन्द्रीय सदस्य चन्द्र विक युवा नेता पुष्प बिष्ट लगायत सम्बोधन गर्नु भएको थियो भने सन्चालन सचिव पुर्ण विक ले गर्नु भएको थियो विरुद्ध सभामा नेपाली कांग्रेस रामारोशनमा सम्पुर्ण नेता कार्याक्रताको सहभागीता रहेको थियो । रामारोशन कांग्रेसले दुई दिन अधि गाउँ पालिकाको विरुद्ध मा विज्ञप्ति समेत निकालेको थियो ।

प्रतिक्रिया