Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

‘मेरो छोरी जन्मिन्छ कि भन्ने डर लाग्न थाल्यो’, ऋचा शर्माको प्रधानमन्त्रीलाई खुलापत्र

‘मेरो छोरी जन्मिन्छ कि भन्ने डर लाग्न थाल्यो’, ऋचा शर्माको प्रधानमन्त्रीलाई खुलापत्र

अभिनेत्री ऋचा शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठी लेखेकी छिन् । उनले पछिल्लो समय देशमा करणी का घटना, सरोकारवाला पदमा बसेका व्यक्तिले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै पत्र लेखेकी हुन् ।

गत साता गृहमन्त्री रामबहादुर थापाले करणी का बारेमा दिएको अभिव्यक्ति विवादमा आएको थियो। धेरैले आपत्ति जनाएको उनको अभिव्यक्ति गैरजिम्मेवार भएको भन्दै ऋचाले पनि सामाजिक सञ्जालमा थापा र अघिल्ला मन्त्री तथा राजनीतिज्ञका गैरजिम्मेवार अभिव्यक्तिको हिसाबकिताब जनताले राखिरहेको भन्दै टिप्पणी गरेकी थिइन्।

चिठी यस्तो छः

आदरणीय प्रधानमन्त्री ज्यू,

एउटा अभिनेत्रीबाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी भएकाले हिजोआज आफैंलाई लाज लाग्न थालेको छ। डर लाग्न थालेको छ। मन आत्तिन थालेको छ। ती अबोध बालिकाहरूको कल्पना मात्रैले पनि छाती पोलेर आउँछ।

मलाई भोलिको दिनमा मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ। मलाई छोरीको लागि सुरक्षित ठाउँ बनाउन नसकूँला कि भन्ने डर लाग्न थालेको छ। मलाई भोलि छोरा पाउन नि डर लाग्न थालेको छ। मैले जति संस्कार र अनुशासन सिकाउन खोजे पनि, यो देश र यहाँको कानुनले केही नगर्ने रहेछ भन्ने मनस्थितिमा हुर्किन्छ कि भन्ने पीर पर्न थालेको छ।

दिनहुँ स(साना नाबालकहरुलाई पनि करणी गर्ने भक्षकहरु या त खुलेआम हिँडेको या ढाकछोपले सामान्य जरिवाना र गन्न मिल्ने जेलका दिनहरु बिताएको देख्दा, एउटा नारी भएको हिजोआज आफैंलाई लाज लाग्न थालेको छ। जुन देशमा नारीलाई पुजिन्छ, जुन देशमा सम्माननीय राष्ट्रपति स्वयं एक महिला हुनुहुन्छ, त्यस देशमा करणी जस्तो जघन्य अपराधलाई, कानुन कार्यान्वयन निकायहरूले यति सामान्य लिएको देख्दा हामी अझै सीताले अग्नि परीक्षा दिएको युगमै छौं झैं लाग्छ।

हामी टेक्नोलोजीले चाहिँ विकसित भयौं, तर अफसोच, सोचले अझै पिछडिएका छौं।

यहाँ बालिकाहरुलाई समेत खुलेआम राक्षसहरुले भोग लगाउँदा, हामी कठैबरा मात्र भएका छौं। जनताको नभए पनि एकचोटि परिवारमा छोरी नातिनीको आँखामा आँखा जुधाइ भनी हेर्नुस्। के यो देशमा उनीहरु सुरक्षित छन् र ? म सरकारमा विश्वास राख्ने मान्छे, हिजोआज मेरा पैताला डगमगाउँदैछन्। बाँकी तपाईंहरू बुझ्झकी !

निवेदक एक आम नेपाली नारी,
ऋचा शर्मा

 

आदरणीय प्रधानमन्त्री ज्यू, एउटा अभिनेत्री बाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी भएकोले हिजोआज आफैलाई लाज लाग्न...

Posted by Reeccha Sharrma on Thursday, October 8, 2020

प्रतिक्रिया