Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १५ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

अछामका ९ स्थानीय तहमा पुग्यो कोरोना

अछामका ९ स्थानीय तहमा पुग्यो कोरोना

पूर्ण बहादुर खड्का, अछाम ।

अछाममा शुक्रबार ६ जनामा कोरोना भाईरसको कोभिड १९ को संक्रमण देखिएको छ । एक महिला र ५ पुरुष गरी ६ जनामा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारी देवराज जोशीले जानकारी दिएका छन् ।

संक्रमित थपिनेमा बान्नीगडी जयगढ गाँउपालिका, रामारोशन गाउँपालिका र मंगलेसन नगरपालिकाका ६ जना रहेका छन् । बान्नीगढी जयगढ गाँउपालिकाका ३५, २०, १८ बर्षिया पुरुष, रामारोशन गाँउपालिकाका २०, ३० बर्षिया पुरुष र मंगलसेन नगरपालिकाका ३१ वर्षकी महिलामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको स्वास्थ कार्यालय अछामले जनाएको छ ।

बिहिबार मात्रै जिल्लामा ठुलो संख्या २९ जना संक्रमित देखिएका थिए । हालसम्म ५७ जनामा कोरोना पुष्टी भएको छ भने ७ जना निको भएका घर फर्किएका छन् । संक्रमीत सबैलाई सम्बन्धीत पालिकाको क्वारेन्टाइनमा आईसोलेशन निमार्ण गरी राखिने बताईएको छ।

जिल्लाका अस्पतालमा आईश्वलेसन अभावका कारण सम्बन्धीत पालिकालाई क्वारेन्टाइनमै आईश्वलेसन कक्ष बनाई संक्रमितलाई राख्न पत्राचार गरिएको स्वास्थ कार्यालय अछामले जनाएको छ। अछाममा अधिकांश भारतबाटै आएर क्वारेण्टाईनमा बसेकाहरुमा संक्रमण देखिएको छ ।

जिल्ला हाल सम्म मेल्लेख गाँउपालिकामा ३४, चौरपाटी गाँउपालिकामा २, मंगलेसन नगरपालिकामा ३, साँफेबगर नगरपालिकामा ७, ढकारी गाँउपालिका, तुमार्खाद गाँउपालिका र कमलबजार नगरपालिकामा एकएक जना गरी ४ जना, बान्नीगढी जयगढ गाँउपालिकामा ३ जना, रामारोशन गाँउपालिकाका २ जना कोरोना संक्रमित रहेका छन् ।

जिल्ला बाहिर भने धनगढीमा मेल्लेख गाँउपालिकाका बाबुछोरी र चौरपाटी गाँउपालिकाका एक जना सुत्केरीको नेपालगञ्जका संक्रमण पुष्टी भएको थियो । जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका बाहेक सबै पालिकामा कोरोनाले छोएको छ ।

प्रतिक्रिया