Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

अछामका ९ स्थानीय तहमा पुग्यो कोरोना

अछामका ९ स्थानीय तहमा पुग्यो कोरोना

पूर्ण बहादुर खड्का, अछाम ।

अछाममा शुक्रबार ६ जनामा कोरोना भाईरसको कोभिड १९ को संक्रमण देखिएको छ । एक महिला र ५ पुरुष गरी ६ जनामा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारी देवराज जोशीले जानकारी दिएका छन् ।

संक्रमित थपिनेमा बान्नीगडी जयगढ गाँउपालिका, रामारोशन गाउँपालिका र मंगलेसन नगरपालिकाका ६ जना रहेका छन् । बान्नीगढी जयगढ गाँउपालिकाका ३५, २०, १८ बर्षिया पुरुष, रामारोशन गाँउपालिकाका २०, ३० बर्षिया पुरुष र मंगलसेन नगरपालिकाका ३१ वर्षकी महिलामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको स्वास्थ कार्यालय अछामले जनाएको छ ।

बिहिबार मात्रै जिल्लामा ठुलो संख्या २९ जना संक्रमित देखिएका थिए । हालसम्म ५७ जनामा कोरोना पुष्टी भएको छ भने ७ जना निको भएका घर फर्किएका छन् । संक्रमीत सबैलाई सम्बन्धीत पालिकाको क्वारेन्टाइनमा आईसोलेशन निमार्ण गरी राखिने बताईएको छ।

जिल्लाका अस्पतालमा आईश्वलेसन अभावका कारण सम्बन्धीत पालिकालाई क्वारेन्टाइनमै आईश्वलेसन कक्ष बनाई संक्रमितलाई राख्न पत्राचार गरिएको स्वास्थ कार्यालय अछामले जनाएको छ। अछाममा अधिकांश भारतबाटै आएर क्वारेण्टाईनमा बसेकाहरुमा संक्रमण देखिएको छ ।

जिल्ला हाल सम्म मेल्लेख गाँउपालिकामा ३४, चौरपाटी गाँउपालिकामा २, मंगलेसन नगरपालिकामा ३, साँफेबगर नगरपालिकामा ७, ढकारी गाँउपालिका, तुमार्खाद गाँउपालिका र कमलबजार नगरपालिकामा एकएक जना गरी ४ जना, बान्नीगढी जयगढ गाँउपालिकामा ३ जना, रामारोशन गाँउपालिकाका २ जना कोरोना संक्रमित रहेका छन् ।

जिल्ला बाहिर भने धनगढीमा मेल्लेख गाँउपालिकाका बाबुछोरी र चौरपाटी गाँउपालिकाका एक जना सुत्केरीको नेपालगञ्जका संक्रमण पुष्टी भएको थियो । जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका बाहेक सबै पालिकामा कोरोनाले छोएको छ ।

प्रतिक्रिया