Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

अछामको बयालपाटा बजारमा सार्वजनिक शौचालय नहुँदा समस्या

अछामको बयालपाटा बजारमा सार्वजनिक शौचालय नहुँदा समस्या

अछामको बयालपाटा बजारमा सार्वजनिक शौचालय नभएकाले सर्वसाधारणलाई शौच गर्न समस्या हुने गरेको छ।

जिल्लाको पुरानो सदरमुकाम बयालपाटामा सार्वजनिक शौचालय सास्ती हुने गरेको बान्नीगढी–जयगड गाउँपालिका वडा नम्बर १ कुण्डालीका महेश खड्काले बताए। बजार क्षेत्रमा सार्वजनिक शौचालय नभएकाले जंगलमा शौच गर्नुपर्ने बाध्यता रहेको उनले बताएका छन्। उनले भने, ‘बयालपाटा विस २०२२ सालसम्मको जिल्ला सदरमुकाम हो। तर हालसम्म सार्वजनिक शौचालय छैन्। बजार आएमा शौच गर्न समस्या हुने गरेको छ। शौच गर्न जंगल जानुपर्ने बाध्यता छ। तर हालसम्म नगरपालिकाले शौचालय निर्माणमा चाँसो दिएको छैन्।’

बजार क्षेत्रमा सार्वजनिक शौचालय नभएकाले शौच गर्न खोला तथा जंगल जानुपर्ने बाध्यता रहेको बयालपाटा बजार ब्यवस्थापन समितिका अध्यक्ष नृपबहादुर कुँवरले बताए। ‘बयालपाटाको माथिल्लो बजारमा शौचालय छ। तर तल्लो बजारमा सार्वजनिक शौचालय छैन्। वडा कार्यालय र नगरपालिकामा पठक–पटक लिखित माग पत्र पेश गर्दापनि कुनै सुनुवाइ भएन। मेयर सापले हुन्छ भन्दै दुई वर्ष बिताउनुभयो’ उनले भने।

बयालपाटा बजार ब्यवस्थापन समितिमा ६५ व्यापारी आवद्ध रहेको उनले बताए। बजार क्षेत्रमा सार्वजनिक शौचायल निर्माणका लागि उपेन्द्र स्वाँरले जमिन दिन इच्छा राख्दा समेत नगरपालिकाले बेवास्ता गरेको स्थानीय बताएका छन्। उता साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले शहरी विकासको आर्थिक सहयोगमा सार्वजनिक शौचालय निर्माणको तयारीमा रहेको बताएका छन्। जग्गा उपलब्ध भए नगरपालिका स्वंयम्ले सार्वजनिक शौचालय निर्माण गर्ने उनले बताए।

बयालपाटा बजारमा साविकको भागेश्वर, जनालीकोट, गाज्रा, चण्डीका र रिडीकोट गाउँविकास समितिका स्थानीय आउने गरेका छन्। उनीहरुले सार्वजनिक यातायात प्रयोग गर्ने स्थान समेत बयालपाटा हो।

प्रतिक्रिया