Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बाल विवाह न्युनिकरणका लागी एकमत भएर अघि बढ्ने सरोकारवालाको प्रतिबद्धता

बाल विवाह न्युनिकरणका लागी एकमत भएर अघि बढ्ने सरोकारवालाको प्रतिबद्धता

कमल रावल, असोज २५ अछाम

बाल विवाह न्युनिकरणका लागी एकमत भएर अघि बढ्ने सरोकारवालाले प्रतिबद्धता जनाएका छन । समाजमा अपराधको रुपमा रहेको बाल विवाहलाई रोक्नका लागि सबैको भुमिका उत्तिकै भएकाले अछाम जिल्लामा बाल विवाह न्युनिकरण लागि सबैले एकमत भएर अघि बढने प्रतिबद्धता जनाएका हुन ।

अन्तराष्ट्रीय बालिका दिवस २०७७ को अवसरमा रेडियो रामाराशनले गरेको बाल विवाह न्युनिकरणका लागि सरोकारवालाको भुमिका बिषयक रेडियो सम्बाद कार्यक्रममा बोल्दै अछाम क्षेत्र नम्बर २ का सासंद यज्ञ बहादुर बोगटीले बालबालिकाका अधिकार मौलीक हकको रुपमा सविधानमा समेटिएका बताउनु भयो । बालिकालाई अधिकार सम्पन्न बनाउन थुप्रै निति नियम सहित कानुन निर्माण गर्ने कार्य जारी रहेकाले समाजमा रहेको बाल विवाहलाई न्युनिकरणका लागि नितिगत कार्यक्रमका साथ अघि बढने बताउनु भयो ।

अछामको बाल विवाह न्युनिकरणका लागि राज्यको तर्फबाट संघिय सरकारको सम्बन्धीत मन्त्रिसँग छलफल गरिसकेकाले आगामी दिनमा सचेतनाका कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाउनु भयो । बाल विवाह भएको खण्डमा कानुनी कारबाही गराउनका लागि सुरक्षा निकायलाई पुर्ण रुपमा साथ रहने बताए । कार्यक्रममा मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले ३६ बर्ष अगाडी नै बाल विवाहको विरुद्धमा बोलिरहेकाले निरन्तर न्युनिकरणका लागी आफ्नो अभियान जारी रहने बताउनु भयो । प्रत्यक्ष जनतासँग घुलमिल हुने सरकार स्थानीय सरकार भएकाले बाल विवाहले निम्त्याउने समस्या जहीले पनी जानकारी गराउने गरेको बताए ।

आगामि दिनमा बालबालिकाको क्षेत्रमा काम गर्ने महिला तथा बालबालिका शाखालाई जिम्मेवार बनाउदै बाल विवाह न्युनिकरणका कार्यक्रम अघि बढाईने बताउनु भयो । अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले कानुन कार्यान्वयनमा कुनै कञ्जुसाइृ नगर्ने बताउनु भयो । बाल विवाह न्युनिरकणका लागी जिल्लाका सबै जनप्रतीनीधी तथा सरोकारवालासँग नियमीत छलफल गर्ने बताउनु भयो । गाउमा बाल विवाह भएको अथवा गर्न बाध्य पारिएको भएपनी प्रशासनलाई जानकारी गराउन समेत आग्रह गर्नु भयो । छलफलमा प्रहरी प्रमुख डिएसपि योगेन्द्र सिँह थापाले प्रहरीको सक्रियातामा जिल्लाका थुप्रै स्थानिय तहमा बाल विवाह रोक्ने काम भएको जानकारी दिनु भयो । गाउघरमा भएका बालविवाह रोक्नका लागि सबैको भुमिका भएकाले प्रहरीलाई जुन ठाउबाट भएपनी जानकारी गराउन आग्रह गर्नु भयो ।

शिक्षकको तर्फबाट प्रतिबद्धता जनाउदै नेपाल राष्ट्रिय शिक्षक संगठन सुुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष नर बहादुर रावलले कानुनमा कसैलाई पनी छुट नहुने गरि बाल विवाह गर्ने गराउनेलाई कारबाही गराउन सके कार्यान्वयनमा आउदै जाने बताउनु भयो । आगामी दिनमा शिक्षक पेशा सामाजिक क्षेत्रसँग घुलमिल हुने पेशा भएकाले न्युनिकरणका लागि जहीले पनी लागि पर्ने बताए । स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारी देब जोशिले बाल विवाह रोक्नका समुदाय स्तरमा कार्यक्रम लैजानका लागी प्रत्येक स्वास्थ्य शाखा मार्फत कार्य योजना सहित अघि बढने बताउनु भयो । जिल्ला अस्पताल अछामका डाक्ट्र प्रेम प्रसाद ढुगाँनाले बाल विवाह न्युनिकरणका लागि विदयालय स्तरमा शिक्षा दिन तयार रहेको बताउनु भयो । मुख्य कारण गरिबी, अशिक्षित भएकाले यसलाई शुन्यमा झार्दै गए बाल विवाह न्युनिरकण हुने बताउनु भयो ।

सम्पुर्ण बालिकाको तर्फबाट बालिका आयुषा ढुगानाले आफु पनी बाल विवाह नगर्ने र गरेको पाईएमा स्थानिय सरकार र प्रहरी प्रशासनलाई जानकारी सहित कानुनी कटघरामा ल्याउन प्रतिबद्ध रहेको बताउनु भयो । आफ्नो बाल क्लबलाई सक्रिय पार्नका लागि नगरको शाखा मार्फत सहयोग हुनु पर्नेमा जोड दिनु भयो । सयुक्त राष्ट्रसंघिय जनसंख्या कोष unfpa र मंगलसेन नगरपालिकाको सहयोग तथा फाया नेपाल धनगढी कैलालीको व्यवस्थापनमा भएको रेडियो संवाद कार्यक्रमको सहजिकरण रेडियो रामारोशनका सहायक स्टेशन म्यानेजर कमल रावलले गर्नु भएको थियो ।

प्रतिक्रिया

ट्रेन्डिङ