Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

सुदूरपश्चिमका ४३ स्वास्थ्य संस्थाको स्तरोन्नती गर्न ३८ करोड बजेट निकासा

सुदूरपश्चिमका ४३ स्वास्थ्य संस्थाको स्तरोन्नती गर्न ३८ करोड बजेट निकासा

सुदूरपश्चिम प्रदेशका ४३ वटा स्वास्थ्य संस्थाको स्तरोन्नती गर्न ३८ करोड बजेट निकास गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशका ९ वटा जिल्लाका स्वास्थ्य संस्थाको स्तरोन्नतीका लागि ३८ करोड ५० लाख बजेट निकासा गरिएको जनाएको छ।

मन्त्रालयले स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रलाई १० र १५ शैयामा स्तरोन्नती गर्न उक्त बजेट निकास सम्बन्धीत स्थानीय तहलाई निकासा दिईसकेको जनाएको हो।

जसमा ३० वटा स्वास्थ्य संस्थालाई १० शैयामा स्तरोन्नती गर्न ८५ लाखका दरले २५ करोड ५० लाख र १३ स्वास्थ्य संस्थालाई १५ शैयामा स्तरोन्नती गर्न एक करोडका दरले १३ करोड बजेट बजेट निकासा दिएको छ।

मन्त्रालयका अनुसार बाजुराका ७ वटा, बैतडी र कञ्चनपुरका ६/६, कैलाली, अछाम र बझाङका ४/४,डोटी र दार्चुलाका ५/५ र डडेल्धुराका दुई वटा स्वास्थ्य संस्थाको स्तरोन्नती गरिनेछ।

मन्त्रालयले एक स्थानीय तह एक अस्पतालको नीति अन्तरगत स्वास्थ्य संस्थाको स्तरोन्नती गर्ने भएको हो। स्थानीय तहहरुलाई कात्र्तिक मसान्त भित्र निर्माणको प्रक्रिया थाल्ने समेत निर्देशन दिईएको छ। 

यी हुन् १० शैयामा स्तरोन्नती हुने स्वास्थ्य संस्था

अछाम
१) ढकारी स्वास्थ्य चौकी
२)  विनायक स्वास्थ्य चौकी
३) तुर्माखाद स्वास्थ्य चौकी

बझाङ

१) कोटछौघनपाटा स्वास्थ्य चौकी
२) काँडा स्वास्थ्य चौकी
३)  छन्न स्वास्थ्य चौकी
बाजुरा 
१) रुघिन स्वास्थ्य चौकी
२) दोगडी स्वास्थ्य चौकी
३) हुनी महती स्वास्थ्य चौकी
दहकोट स्वास्थ्य चौकी 
जुकोट स्वास्थ्य चौकी
चुथी स्वास्थ्य चौकी
डोटी
१) दुर्गामाण्डौँ स्वास्थ्य चौकी
२) सानागाउँ स्वास्थ्य चौकी
३) खडेउली स्वास्थ्य चौकी
४) डौड स्वास्थ्य चौकी 
डडेल्धुरा
१) आलिताल स्वास्थ्य चौकी 
२) भद्रपुर स्वास्थ्य चौकी
बैतडी 
१) सुल्लेखान स्वास्थ्य चौकी
२) कुमाउ स्वास्थ्य चौकी
३) रौलेश्वर स्वास्थ्य चौकी 
४) डिलासैनी स्वास्थ्य चौकी 
५)  सित्तड स्वास्थ्य चौकी 
दार्चुला 
१) रिठाचौपाता स्वास्थ्य चौकी
२) खण्डेश्वरी स्वास्थ्य चौकी
३) खार स्वास्थ्य चौकी
४) धारी स्वास्थ्य चौकी 
५) पस्ती स्वास्थ्य चौकी 
कैलाली 
१) सुगरखाल स्वास्थ्य 
कञ्चनपुर
१) शंकरपुर स्वास्थ्य चौकी 

१५ शैयामा स्तरोन्नती हुने स्वास्थ्य संस्था यी हुन् 
कञ्चनपुर 
१) दैजी स्वास्थ्य चौकी 
२) कृष्णपुर स्वास्थ्य चौकी
३) दोधाराचाँदनी प्राथमिक स्वास्थ्य केन्द्र
४) त्रिभुवनवस्ती स्वास्थ्य चौकी
५)  विचुवा स्वास्थ्य चौकी

कैलाली 
१) चुहा स्वास्थ्या चौकी
२) दोदोधरा स्वास्थ्य चौकी 
३) साडेपानी स्वास्थ्य चौकी 
डोटी
१) पचनाली स्वास्थ्य चौकी
बझाङ
२) सितरातडी स्वास्थ्य चौकी
बैतडी 
१) न्वादेउ स्वास्थ्य चौकी 
बाजुरा
१) तोलीदेवल स्वास्थ्य चौकी 
अछाम 
१) जयगढ स्वास्थ्य चौकी 

प्रतिक्रिया