Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

३ महिनामा सुदूरपश्चिमका १८ युवती बलात्कृत, अधिकांस आफन्तबाट र १५ बर्ष भन्दा मुनिका रहेको प्रहरीको त्थ्याङ्क

३ महिनामा सुदूरपश्चिमका १८ युवती बलात्कृत, अधिकांस आफन्तबाट र १५ बर्ष भन्दा मुनिका रहेको प्रहरीको त्थ्याङ्क

सुदूरपश्चिममा चालु आर्थिक बर्षको ३ महिनाको अवधिमा बलात्कार सम्बन्धी परेका १८ उजुरी मध्य १३ जना युवति बुबा, भाई, मामा, छोरा, ठुला बुबा बाट बलात्कृत भएका छन् ।बलात्कृत हुने अधिकांस १५ बर्ष भन्दा मुनिका रहेको प्रहरीको त्थ्याङ्कले देखाउँछ ।

सुदूरपश्चिम प्रदेश प्रहरीको तथ्याङ्क अनुसार असार १७ गते बैतडीको पञ्चेश्वर गाउँपालिका–४ मा आफ्नै बुबाले ११ बर्षे छोरीलाई बलात्कार गरेको भन्दै जिप्रका बैतडीमा जाहेरी परेकोमा साउन १ गते मुद्धा दर्ता गरिएको छ ।डडेल्धुराको भागेश्वर गाउँपालिका ४ मा काकाले भतिजिलाई र बाजेले नातीनीलाई पटक–पटक बलात्कार गरेको आरोपमा उनिहरुलाई साउन १ गते पक्राउ गरी अलादतको आदेशपछि पुर्पक्षका लागि थुनामा राखिएको छ । उनिहरुले फागुन देखी बालिकालाई पटक–पटक बलात्कार गरेको आरोप छ ।

बाजुराको बुढी गंगा नगरपालिका–२ का २७ युवकले आफ्नै १४ बर्षकी छोरीलाई २०७६ पुष देखी पटक–पटक बलात्कार गरेको आरोपमा पक्राउ गरिएको छ । उनलाई साउन २९ गते पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।कञ्चनपुरको बेलौरी नगरपालिका–५ मा बुबाले छोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ गरेका छन् । उनलाई साउन ३० गते पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

कञ्चनपुरकै वेदकोट नगरपालिका–५ मा मामाले भान्जिलाई बलात्कार गरेको आरोपमा प्रहरीले २८ बर्षे युवकलाई साउन ४ गते पक्राउ गरी उनिमाथी थप अनुसनधान भइरहेको छ ।कञ्चनपुरकै लालझाडी गाउँपालिका–६ मा छोराले आमालाई करणी गरेको भन्दै परेको आरोपमा प्रहरीले भदौ १२ गते उनलाइ पक्राउगरी पुर्पक्षका लागि आरोपित छोरालाई कारागार चलान गरिएको छ ।

दार्चुलामा बुबाले छोरीलाई बलात्कार गरेको आरोपमा युवकलाई प्रहरीले पक्राउ गरी भदौ २२ गते देखी उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको । बैतडीको सिगास गाउँपालिका–८ मा दाजुले बहिनीलाई बलात्कार गरेको आरोपमा युवकलाई साउन २८ गते पक्राउ गरी अनुसन्धान भइरहेको ।डडेल्धुराको भागेश्वर गाउँपालिका–१ मा दाजुले बहीनीलाई जबरजस्ती करण गरेको आरोपमा प्रहरीले भदौ १५ गते एक युवकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको ।

डोटीको जोरायल गाउँपालिका–५ मा बुबाले छोरीलाई बलात्कार गरेको आरोपमा १ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको ।कैलालीको गोदावरी नगरपालिका–३ मा ११ बर्षे छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले १ जनालाई साउन १९ गते पक्राउ गरी अनुसन्धान गरीरहेको ।साउन ४ गते कैलालीको घोडाघोडी नगरपालिकामा बुबाले आफ्नै १४ बर्षिया छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ ।भदौ १८ गते कैलालीको गोदावरी नगरपालिका ११ मा १९ बर्षे युवकले आफ्नै बहिनीलाई करणी गरेको आरोपमा पक्राउ ।

यसरी हेर्दा चालु आर्थिक बर्षमा भएका जबरजस्ति करणी तथा बलात्कार समबन्धि परेका उजरी मध्य ९२ प्रतिशत घटना आफ्न्तबाट भएको प्रहरीको तथ्याङ्क छ ।

प्रतिक्रिया