Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

३ महिनामा सुदूरपश्चिमका १८ युवती बलात्कृत, अधिकांस आफन्तबाट र १५ बर्ष भन्दा मुनिका रहेको प्रहरीको त्थ्याङ्क

३ महिनामा सुदूरपश्चिमका १८ युवती बलात्कृत, अधिकांस आफन्तबाट र १५ बर्ष भन्दा मुनिका रहेको प्रहरीको त्थ्याङ्क

सुदूरपश्चिममा चालु आर्थिक बर्षको ३ महिनाको अवधिमा बलात्कार सम्बन्धी परेका १८ उजुरी मध्य १३ जना युवति बुबा, भाई, मामा, छोरा, ठुला बुबा बाट बलात्कृत भएका छन् ।बलात्कृत हुने अधिकांस १५ बर्ष भन्दा मुनिका रहेको प्रहरीको त्थ्याङ्कले देखाउँछ ।

सुदूरपश्चिम प्रदेश प्रहरीको तथ्याङ्क अनुसार असार १७ गते बैतडीको पञ्चेश्वर गाउँपालिका–४ मा आफ्नै बुबाले ११ बर्षे छोरीलाई बलात्कार गरेको भन्दै जिप्रका बैतडीमा जाहेरी परेकोमा साउन १ गते मुद्धा दर्ता गरिएको छ ।डडेल्धुराको भागेश्वर गाउँपालिका ४ मा काकाले भतिजिलाई र बाजेले नातीनीलाई पटक–पटक बलात्कार गरेको आरोपमा उनिहरुलाई साउन १ गते पक्राउ गरी अलादतको आदेशपछि पुर्पक्षका लागि थुनामा राखिएको छ । उनिहरुले फागुन देखी बालिकालाई पटक–पटक बलात्कार गरेको आरोप छ ।

बाजुराको बुढी गंगा नगरपालिका–२ का २७ युवकले आफ्नै १४ बर्षकी छोरीलाई २०७६ पुष देखी पटक–पटक बलात्कार गरेको आरोपमा पक्राउ गरिएको छ । उनलाई साउन २९ गते पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।कञ्चनपुरको बेलौरी नगरपालिका–५ मा बुबाले छोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ गरेका छन् । उनलाई साउन ३० गते पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

कञ्चनपुरकै वेदकोट नगरपालिका–५ मा मामाले भान्जिलाई बलात्कार गरेको आरोपमा प्रहरीले २८ बर्षे युवकलाई साउन ४ गते पक्राउ गरी उनिमाथी थप अनुसनधान भइरहेको छ ।कञ्चनपुरकै लालझाडी गाउँपालिका–६ मा छोराले आमालाई करणी गरेको भन्दै परेको आरोपमा प्रहरीले भदौ १२ गते उनलाइ पक्राउगरी पुर्पक्षका लागि आरोपित छोरालाई कारागार चलान गरिएको छ ।

दार्चुलामा बुबाले छोरीलाई बलात्कार गरेको आरोपमा युवकलाई प्रहरीले पक्राउ गरी भदौ २२ गते देखी उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको । बैतडीको सिगास गाउँपालिका–८ मा दाजुले बहिनीलाई बलात्कार गरेको आरोपमा युवकलाई साउन २८ गते पक्राउ गरी अनुसन्धान भइरहेको ।डडेल्धुराको भागेश्वर गाउँपालिका–१ मा दाजुले बहीनीलाई जबरजस्ती करण गरेको आरोपमा प्रहरीले भदौ १५ गते एक युवकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको ।

डोटीको जोरायल गाउँपालिका–५ मा बुबाले छोरीलाई बलात्कार गरेको आरोपमा १ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको ।कैलालीको गोदावरी नगरपालिका–३ मा ११ बर्षे छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले १ जनालाई साउन १९ गते पक्राउ गरी अनुसन्धान गरीरहेको ।साउन ४ गते कैलालीको घोडाघोडी नगरपालिकामा बुबाले आफ्नै १४ बर्षिया छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ ।भदौ १८ गते कैलालीको गोदावरी नगरपालिका ११ मा १९ बर्षे युवकले आफ्नै बहिनीलाई करणी गरेको आरोपमा पक्राउ ।

यसरी हेर्दा चालु आर्थिक बर्षमा भएका जबरजस्ति करणी तथा बलात्कार समबन्धि परेका उजरी मध्य ९२ प्रतिशत घटना आफ्न्तबाट भएको प्रहरीको तथ्याङ्क छ ।

प्रतिक्रिया