Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

मनपा ८ र ९ वलिगाउका ७९ घर परिवारलाई राहत वितरण

मनपा ८ र ९ वलिगाउका ७९ घर परिवारलाई राहत वितरण

कमल रावल, असोज २६ अछाम

मँगलसेन नगरपालिका वडा नम्बर ८ र ९ वलिगाउमा राहत बितरण गरिएको छ । वडा नम्बर ८ का ३६ जना र ९ का ४३ जना गरि ७९ जनालाई खादान्न सहित स्वास्थ्य र सरसफाईका सामाग्री राहत स्वरुप बितरण गरिएको हो । दलित महिला सँघ अछामद्धारा सन्चालित सीमान्तकृत महिलाहरुको आवाज तथा सहभागीता कोभिड १९ अन्तरगत प्रति परिवार २५ केजिको १ कट्टा चामल, दाल ४ केजि, २ केजि चना, तेल ३ लिटर, चिनि १ केजि, नुन १ केजि, हात र नुहाउने गरि ६ पिस साबुन, सेनेटरी प्याड १ र १० पिस सर्जिकल माक्स हस्तान्तरण गरिएको छ ।

वडामा दलित समुदायमा गठित समुहका गरिब, विपन्न, असहाय, टुहुरा एकल महिला सहित समुहमा नरेका दिनै पर्ने परिवारलाई सहयोग गरिएको छ । वडा नम्बर ८ मा सिर्जनशिल दलित महिला समुह र ९ मा चेतनशिल दलित महिला सुमहका प्रतिनिधिलाई राहत दिईएको छ । मँगलसेन नगरपालिका वडा नम्बर ८ मा भएको राहत वितरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष हिरण्ड बहादुर बोहराले बास्तविक वर्गले राहत पाएकोमा खुशि ब्यक्त गर्नु भयो । आगामि दिनमा समेत राहतका कार्यक्रम सस्था र स्थानिय सरकारको सहयोगमा निरन्तर जारी रहने बताउनु भयो ।

दलित महिला सँघ अछामका अध्यक्ष सरस्वति नेपालिको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रममा मँगलसेन नगरपालिका कार्यपालिका सदस्य नरपता बिष्ट, वडा सदस्य लोग बहादुर बोहरा, टेक बहादुर विक, रामारोशन दैनिकका प्रकाशक नरेश कुमार शाहि, रेडियो रामारोशनका सहायक स्टेशन म्यानेजर कमल रावल लगाएतको सहभागिता रहेको थियो । दलित महिला सँघका जिल्ला उपाध्यक्ष सकुन्तला आउजिको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रममा राहत वितरण सहितको मापदण्ड सहित उदेश्य माथि परियोजना सँयोजक लक्ष्मि सोबले प्रष्ट पार्नु भएको कार्यक्रमको सन्चालन सँघका जिल्ला सचिव एव मँगलसेन नगरपालिका कार्यपालिका सदस्य भावना विकले गर्नु भएको थियो । वडा नम्बर ९ मा राहत वितरण गर्दै प्रमुख अतिथि वडा नम्बर ९ का अध्यक्ष झपट बहादुर रावलले चाडवाडको बेलामा बास्तिवक बर्गलाई राहत वितरण गरेकाेमा धन्यवाद ब्यक्त गर्नु भयो ।

दलित र पछाडि पारिएको बर्गको हकहितका लागि अघि बढेको सस्थाले बास्तविक सामाजिक कार्य गरेकाले प्रशसा गर्नु भयो । वितरण कार्यक्रममा वडा सदस्य धनकला बोहरा, सिता विक, कौशिला परियार, नेपालि काग्रेस नग सदस्य विवेक रावल, पुर्ब शिक्षक दानसिह कामि लगाएतको सहभागिता रहेको थियो । आफ्नो कार्यक्षेत्र मगलसेन नगरपालिका र बान्निगढि जयगढ गाउपालिका भित्रका विभिन्न वडामा दशै अगावै राहत वितरण गरिसक्ने लक्ष्य राखिएको परियोजना सयोजक लक्ष्मि सोबले बताउनु भयो ।

प्रतिक्रिया