Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

मनपा ८ र ९ वलिगाउका ७९ घर परिवारलाई राहत वितरण

मनपा ८ र ९ वलिगाउका ७९ घर परिवारलाई राहत वितरण

कमल रावल, असोज २६ अछाम

मँगलसेन नगरपालिका वडा नम्बर ८ र ९ वलिगाउमा राहत बितरण गरिएको छ । वडा नम्बर ८ का ३६ जना र ९ का ४३ जना गरि ७९ जनालाई खादान्न सहित स्वास्थ्य र सरसफाईका सामाग्री राहत स्वरुप बितरण गरिएको हो । दलित महिला सँघ अछामद्धारा सन्चालित सीमान्तकृत महिलाहरुको आवाज तथा सहभागीता कोभिड १९ अन्तरगत प्रति परिवार २५ केजिको १ कट्टा चामल, दाल ४ केजि, २ केजि चना, तेल ३ लिटर, चिनि १ केजि, नुन १ केजि, हात र नुहाउने गरि ६ पिस साबुन, सेनेटरी प्याड १ र १० पिस सर्जिकल माक्स हस्तान्तरण गरिएको छ ।

वडामा दलित समुदायमा गठित समुहका गरिब, विपन्न, असहाय, टुहुरा एकल महिला सहित समुहमा नरेका दिनै पर्ने परिवारलाई सहयोग गरिएको छ । वडा नम्बर ८ मा सिर्जनशिल दलित महिला समुह र ९ मा चेतनशिल दलित महिला सुमहका प्रतिनिधिलाई राहत दिईएको छ । मँगलसेन नगरपालिका वडा नम्बर ८ मा भएको राहत वितरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष हिरण्ड बहादुर बोहराले बास्तविक वर्गले राहत पाएकोमा खुशि ब्यक्त गर्नु भयो । आगामि दिनमा समेत राहतका कार्यक्रम सस्था र स्थानिय सरकारको सहयोगमा निरन्तर जारी रहने बताउनु भयो ।

दलित महिला सँघ अछामका अध्यक्ष सरस्वति नेपालिको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रममा मँगलसेन नगरपालिका कार्यपालिका सदस्य नरपता बिष्ट, वडा सदस्य लोग बहादुर बोहरा, टेक बहादुर विक, रामारोशन दैनिकका प्रकाशक नरेश कुमार शाहि, रेडियो रामारोशनका सहायक स्टेशन म्यानेजर कमल रावल लगाएतको सहभागिता रहेको थियो । दलित महिला सँघका जिल्ला उपाध्यक्ष सकुन्तला आउजिको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रममा राहत वितरण सहितको मापदण्ड सहित उदेश्य माथि परियोजना सँयोजक लक्ष्मि सोबले प्रष्ट पार्नु भएको कार्यक्रमको सन्चालन सँघका जिल्ला सचिव एव मँगलसेन नगरपालिका कार्यपालिका सदस्य भावना विकले गर्नु भएको थियो । वडा नम्बर ९ मा राहत वितरण गर्दै प्रमुख अतिथि वडा नम्बर ९ का अध्यक्ष झपट बहादुर रावलले चाडवाडको बेलामा बास्तिवक बर्गलाई राहत वितरण गरेकाेमा धन्यवाद ब्यक्त गर्नु भयो ।

दलित र पछाडि पारिएको बर्गको हकहितका लागि अघि बढेको सस्थाले बास्तविक सामाजिक कार्य गरेकाले प्रशसा गर्नु भयो । वितरण कार्यक्रममा वडा सदस्य धनकला बोहरा, सिता विक, कौशिला परियार, नेपालि काग्रेस नग सदस्य विवेक रावल, पुर्ब शिक्षक दानसिह कामि लगाएतको सहभागिता रहेको थियो । आफ्नो कार्यक्षेत्र मगलसेन नगरपालिका र बान्निगढि जयगढ गाउपालिका भित्रका विभिन्न वडामा दशै अगावै राहत वितरण गरिसक्ने लक्ष्य राखिएको परियोजना सयोजक लक्ष्मि सोबले बताउनु भयो ।

प्रतिक्रिया