Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

चौरपाटीमा विद्युत विस्तारको कार्य तिब्र, ‘अध्यारोमा बस्नु पर्नेे बाध्यताको अन्त्य’– अध्यक्ष हर्क साउँद

चौरपाटीमा विद्युत विस्तारको कार्य तिब्र, ‘अध्यारोमा बस्नु पर्नेे बाध्यताको अन्त्य’– अध्यक्ष हर्क साउँद

अछाम जिल्लाको चौरपाटी गाउँपालिकाले गाउँपालिका भित्र विद्युत विस्तार कार्यलाई तिब्रता दिएको छ । नेपाल विद्युत प्राधिकरण र चौरपाटी गाउपालिकाको सहयोगमा सात वटै वडाहरुमा बिजुली विस्तार गर्ने कार्यमा धमाधम भईरहको हो ।

गाउँपालिकाका अध्यक्ष हर्क साउदले आज एक कार्यक्रमका विच वडा नम्बर १ सिउडीको गाजरीमा विद्युत उद्घाटन तथा मिटर वितरण गरेका हुन । अध्यक्ष साउदले गाउँपालिकाका सबै टोलबस्तीमा आफ्नो कार्यकाल भित्र राष्ट्रिय विद्युत लाईन विस्तार गरी उज्यालो गाउँ बनाउने धारणा ब्यक्त भएको छ ।

उनले आफुले चुनावताका समयमा बोलेका बाचालाई पूरा गर्न खटिरहेको भन्दै गाउँटोल तथा पालिकाको विकासका लागि जनसमुदायको सहयोग आवश्यक रहेको बताए । अध्यक्ष साउदले आफु निर्वाचित पछी वडा नं. ४,५,६,७ र १ मा विद्युत लाईन विस्तार भइसकेको र वडा नं. २ र ३ पनि चालु आर्थिक बर्षमा विद्युत पुर्याउने लक्ष्य रहेको बताए ।

बर्षौ देखि अध्यारोमा बस्न बाध्य भएका नागरिकहरु गाउँमा विजुली पुगेपछि खुशी भएका छन । अध्यक्ष हर्क बहादुर साउँदले आफुले चुनाबका बेला गरेका बाँचाहरु पुरा गर्दै गएको बताएका छन । उनले भने, ‘आफुले चुनावको बेला टोल–टोलमा बिजुली पु¥याउने प्रतिबद्धता गरे अनुसार सबै टोलहरुमा बिजुली विस्तार गर्ने काम गर्दै छु ।’

आज गाजरीमा बत्ति बाल्न सफल भएको बताउँदै उनले अन्य वडाका टोलहरुमा पनि दशै अगाडी नै बत्ति बाल्ने तयारी भएको बताए । यस्तै दशै अगाडी खान्डाँडाँ टोलमा पनि बत्ती बाल्ने योजना रहेको उनले सुनाए । यस्तै वडा नम्बर १ कै पातल तिर पनि काम भईरहेको अध्यक्ष साउँदले बताएका छन ।

अबको केही दिनमै वडा नम्बर २ को सोकटमा पनि बिद्युत पु¥याउनको लागि काम थालनी गर्ने उनले बताए । उनले आज टोल–टोलमै गएर मिटरहरु समेत वितरण गरिएको बताए । यस्तै वडा नं. १ का अध्यक्ष सालिभान साउदको अध्यक्षतामा भएको विद्युत उद्घाटन तथा मिटर वितरण कार्यक्रममा मोटेना, किमरुख र गाजरी गरी तिन ओटा टोलका ४ सय घरदुरी अध्यारो मूक्त भएका छन ।

विद्युत उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष माया कुँवर रहनुभएको थियो । यस्तै कार्यक्रममा नेकपा जिल्ला सचिवालय सदस्य तथा गाउँपालिका ईञ्चार्ज राम बहादुर थापा, नेकपा जिल्ला कमिटी सदस्य टेक बहादुर थापा, नेपाली काँग्रेस गाउँपालिका सभापती गणेश बहादुर शाह, नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र साँफेबगरका कार्यालय प्रमुख विजयराज रेग्मी लगायतले मन्तब्य राख्नु भएको थियो । 

प्रतिक्रिया

ट्रेन्डिङ