Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

चौरपाटीमा विद्युत विस्तारको कार्य तिब्र, ‘अध्यारोमा बस्नु पर्नेे बाध्यताको अन्त्य’– अध्यक्ष हर्क साउँद

चौरपाटीमा विद्युत विस्तारको कार्य तिब्र, ‘अध्यारोमा बस्नु पर्नेे बाध्यताको अन्त्य’– अध्यक्ष हर्क साउँद

अछाम जिल्लाको चौरपाटी गाउँपालिकाले गाउँपालिका भित्र विद्युत विस्तार कार्यलाई तिब्रता दिएको छ । नेपाल विद्युत प्राधिकरण र चौरपाटी गाउपालिकाको सहयोगमा सात वटै वडाहरुमा बिजुली विस्तार गर्ने कार्यमा धमाधम भईरहको हो ।

गाउँपालिकाका अध्यक्ष हर्क साउदले आज एक कार्यक्रमका विच वडा नम्बर १ सिउडीको गाजरीमा विद्युत उद्घाटन तथा मिटर वितरण गरेका हुन । अध्यक्ष साउदले गाउँपालिकाका सबै टोलबस्तीमा आफ्नो कार्यकाल भित्र राष्ट्रिय विद्युत लाईन विस्तार गरी उज्यालो गाउँ बनाउने धारणा ब्यक्त भएको छ ।

उनले आफुले चुनावताका समयमा बोलेका बाचालाई पूरा गर्न खटिरहेको भन्दै गाउँटोल तथा पालिकाको विकासका लागि जनसमुदायको सहयोग आवश्यक रहेको बताए । अध्यक्ष साउदले आफु निर्वाचित पछी वडा नं. ४,५,६,७ र १ मा विद्युत लाईन विस्तार भइसकेको र वडा नं. २ र ३ पनि चालु आर्थिक बर्षमा विद्युत पुर्याउने लक्ष्य रहेको बताए ।

बर्षौ देखि अध्यारोमा बस्न बाध्य भएका नागरिकहरु गाउँमा विजुली पुगेपछि खुशी भएका छन । अध्यक्ष हर्क बहादुर साउँदले आफुले चुनाबका बेला गरेका बाँचाहरु पुरा गर्दै गएको बताएका छन । उनले भने, ‘आफुले चुनावको बेला टोल–टोलमा बिजुली पु¥याउने प्रतिबद्धता गरे अनुसार सबै टोलहरुमा बिजुली विस्तार गर्ने काम गर्दै छु ।’

आज गाजरीमा बत्ति बाल्न सफल भएको बताउँदै उनले अन्य वडाका टोलहरुमा पनि दशै अगाडी नै बत्ति बाल्ने तयारी भएको बताए । यस्तै दशै अगाडी खान्डाँडाँ टोलमा पनि बत्ती बाल्ने योजना रहेको उनले सुनाए । यस्तै वडा नम्बर १ कै पातल तिर पनि काम भईरहेको अध्यक्ष साउँदले बताएका छन ।

अबको केही दिनमै वडा नम्बर २ को सोकटमा पनि बिद्युत पु¥याउनको लागि काम थालनी गर्ने उनले बताए । उनले आज टोल–टोलमै गएर मिटरहरु समेत वितरण गरिएको बताए । यस्तै वडा नं. १ का अध्यक्ष सालिभान साउदको अध्यक्षतामा भएको विद्युत उद्घाटन तथा मिटर वितरण कार्यक्रममा मोटेना, किमरुख र गाजरी गरी तिन ओटा टोलका ४ सय घरदुरी अध्यारो मूक्त भएका छन ।

विद्युत उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष माया कुँवर रहनुभएको थियो । यस्तै कार्यक्रममा नेकपा जिल्ला सचिवालय सदस्य तथा गाउँपालिका ईञ्चार्ज राम बहादुर थापा, नेकपा जिल्ला कमिटी सदस्य टेक बहादुर थापा, नेपाली काँग्रेस गाउँपालिका सभापती गणेश बहादुर शाह, नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र साँफेबगरका कार्यालय प्रमुख विजयराज रेग्मी लगायतले मन्तब्य राख्नु भएको थियो । 

प्रतिक्रिया