Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २१ असोज २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव

करिव २ अर्ब राजश्व छली गरेको आरोपमा ३ व्यवसायीविरुद्ध राजस्व विभागद्वारा मुद्दा

करिव २ अर्ब राजश्व छली गरेको आरोपमा ३ व्यवसायीविरुद्ध राजस्व विभागद्वारा मुद्दा

प्रधानमन्त्री कार्यालय अन्तर्गत रहेको राजश्व विभागले करिब २ अर्ब रुपैयाँ राजश्व छली गर्ने ३ व्यवसायीक फर्मका ३ व्यवसायीविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।

विभागले हाइटेक इन्टरनेशनल, साहारा एण्ड खातुन ट्रेडस र मनिष ट्रेडिङ्स कन्सर्न तथा कम्पनीका मालिकविरुद्ध गैरकानुनी रुपमा राजश्व छली तथा चुहावट र कारोबार गरेको भन्दै १ अर्ब ७१ करोड ५६ लाख २८ हजार १११ रुपैयाँ बराबरको बिगो र कारवाहीको माग गरी उच्च अदालत पाटन र जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।

विभागका अनुसार हाइटेक इन्टरनेशनलले भन्सार चोरी पैठारी गरिएको मालवस्तुको गैरकानुनी रुपमा भुक्तानी गरी मुद्रा अपचलन गरेको आरोपमा कम्पनीका संचालक हरिकुमार श्रेष्ठलाई १ अर्ब ७१ करोड ५६ लाख २८ हजार १ सय ११ विगो असुल उपर गरी बिगोको तीन गुणासम्म जरिवाना र ३ वर्ष कैद सजायसमेत माग गरी मुद्दा दायर भएको छ ।

उनले मालवस्तुको यथार्थ कारोवार नदेखाई यथार्थ र वास्तविक कारोवारको छुट्टै लेजरमा अभिलेख राखी राजस्व चुहावटसमेत गरेको आरोप छ । त्यस्ता चोरी पैठारी गरी ल्याएको मालवस्तुको भुक्तानीका लागि बैंकको स्वीकृती समेत नलिई गैरकानूनी रुपमा अवैध किसिमले विदेशमा रकम पठाई विदेशी विनिमय अपचलन गरेको आरोपमा उनलाई उक्त बिगो रकम र जेल सजायँ माग गरी जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको विभागले जनाएको छ ।

यस्तै नक्कली मु.अ.कर विजक प्रयोग गरी राजश्व चुहावट गरेको आरोपमा साहारा एण्ड खातुन ट्रेडस र मनिष ट्रेडिङ्स कन्सर्नविरुद्ध बिगो असुल उपरका लागि उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ ।

जसमा मनिष ट्रेडिङ्स कन्सर्नले निम्न आर्थिक आय भएका व्यक्तिको नाममा फर्म दर्ता गरी वस्तु तथा सामान आयात तथा सेवा एउटा र आयात तथा खरिद देखाइ अर्कै माल वस्तुको झुटो तथा नक्कली मूल्य अभिबृद्धीकर विजक मात्र विक्री गरेको आरोप छ ।

जसकारण कम्पनीले राजश्व चुहावटको कसुरमा १३ करोड २५ लाख ८८ हजार २ सय ६३ रुपैयाँ जरिवाना र कैद सजायँ माग गरी मुद्दा दायर भएको विभागले जनाएको छ । साथै, बारा जिल्ला रामपुर टोकनी ३ स्थित साहारा एण्ड खातुन ट्रेडसले वस्तु तथा सेवा खरिद नै नगरी झुटा र नक्कली मु.अ. कर विजक विक्री गरेको आरोपमा मुद्दा दायर भएको छ ।

कम्पनीले मूल्य अभिवृद्धि कर र आयकर समेतको राजश्व चुहावट गरेको कसुरमा ९ करोड ९६ लाख ५४ हजार ७ सय ६१ रुपैयाँ जरिवाना र कदै सजायको माग गरी उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया

ट्रेन्डिङ