Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २५ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

बालिका दिवसका अवसरमा ‘आर्ट इज पावर’ कार्यक्रम

बालिका दिवसका अवसरमा ‘आर्ट इज पावर’ कार्यक्रम

अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा प्लान इन्टरनेशनल नेपालले किशोरकिशोरीहरुलाई आफ्ना समस्या र मुद्दालाई कलाको माध्यमबाट अभिव्यक्त गर्न सघाउने उद्देश्यले आर्ट इज पावर नामक कार्यक्रम आयोजना गरेको छ । सुनसरी, सिन्धुली, मकवानपुर, बाँके, बर्दिया, जुम्ला, कालिकोटका गरी २१४ किशोरीसहित २५० जना किशोरकिशोरीहरुले भर्चुअल आर्ट वर्कसपमा सहभागी जनाएका छन् । उनीहरुले शव्दमार्फत् तयार पारेको रचनालाई कलाकारहरुले भिजिअल आर्ट तयार पार्नेछन् ।

१८ वर्षमुनिका किशोरकिशोरीलाई कविता, कथावाचन, गीत, रचनासहितका माध्यमबाट कला सृजना गर्नेबारे प्रशिक्षित गरिएको थियो । यो कार्यक्रमले पिछडिएका समुदायका किशोरी र किशोरलाई उनीहरुको आवाज र चासोका बिषयलाई नीति निर्मातासम्म पु¥याउने अवसरमा प्रदान गर्ने लक्ष्य राखेको छ । प्लान इन्टरनेशनल नेपालकी राष्ट्रिय निर्देशक लिज सातोले भनिन्, “हाम्रो विश्वव्यापी अभियानको अंगको रुपमा हामीले युवा जमात् खास गरी किशोरीहरुलाई कलाको माध्यमबाट आवाज उठाउने मौका दिनका लागि यो कार्यक्रम आयोजना गरेका हौ ।” उनले थपिन्, “किशोरकिशोरीहरुको आवाजले बालबालिकाको अधिकार र किशोरीको समानताका लागि सरकारको प्रतिवद्धतालाई कार्यान्वयनका लागि स्मरण गराउनेछ ।”

आर्ट इज पावर आयोजना भएको यो लगातार दोस्रो वर्ष हो । यो वर्ष कोभिड १९ को महामारीका कारण प्लान इन्टरनेशनलले “कालो १०१” नामक संस्थाको साझेदारीमा भर्चुअल माध्यमबाट कार्यक्रम आयोजना गरेको हो ।

प्रतिक्रिया