ताजा अपडेट
अछामका २५० परिवारलाई ३२ वर्षपछि लालपुर्जा
अछामका दुई सय ५० परिवारलाई ३२ वर्षपछि लालपुर्जा वितरण गरिएको छ। जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाँटिका दुई सय ५० परिवारलाई ३२ वर्षपछि सोमबार लालपुर्जा हस्तान्तरण गरिएको हो।
३२ वर्षदेखि ठाँटिका चार सय सात घरधुरी जग्गाधनी प्रमाण पुर्जाविहिन छन्। ती मध्ये दुई ५० परिवारलाई सोमबार लालपुर्जा वितरण गरिएको हो।
२०४५ सालमा जग्गा नापिएकोमा शसस्त्र द्धन्द्धको बेला २०५८ सालमा जिल्ला आक्रमण हुुँदा गर्दा लालपुर्जा जलेका थिए। जिल्ला प्रशासन, जिल्ला मालपोत कार्यालय र नापी कार्यालयपनि ध्वस्त पारिएपछि जिल्लाका सम्पूर्ण प्रमाणहरु नष्ट भएका थिए। सोही क्रममा जिल्लाका धेरै जग्गाहरुको लालपुर्जा नष्ट भएको थियो।
त्योसंगै मेल्लेख गाउपालिकाको वडा नं ३ साविकको ठाँटी गाविस पुरै लालपुर्जा विहिन भएको थियो। गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराले ठाँटिमा सोमबार एक समारोहका बिच २५० घरधुरीलाई लालपुर्जा हस्तान्तरण गरेका छन्।
अन्य १५७ घरधुरीलाई वितरण गरिने प्रक्रियामा रहको गाउँपालिका अध्यक्ष बोहराले बताए।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया