Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

पीसीआर परीक्षणको शुल्क अब एक हजारभन्दा बढी लिन नपाउने

पीसीआर परीक्षणको शुल्क अब एक हजारभन्दा बढी लिन नपाउने

कोरोना भाइरसको लागि पीसीआर परीक्षण शुल्क एक हजार रुपैयाँभन्दा बढी लिन नपाउने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक हजार रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने जनाएको हो। असोज १५ गते मन्त्रीस्तरीय निर्णयबाट यसअघि दुई हजारभन्दा बढाउन नपाउने शुल्क घटाएर एक हजार रुपैयाँमा झारिएको हो। उक्त शुल्क समायनुकूल परिमार्जन हुँदै जाने मन्त्रालयले जनाएको छ।

यसअघि सुरुमा पाँच हजार ५०० रुपैयाँ शुल्क तोकिएको थियो। त्यसपछि घटाएर चार हजार ४०० रुपैयाँभन्दा बढी लिन नपाउनेगरी शुल्क तोकिएको थियो। त्यसपछि भने शुल्क घटाएर दुई हजार रुपैयाँभन्दा बढी लिन नपाउने जनाइएको थियो। अहिले दुई हजारबाट पनि आधा घटाएर शुल्क तोकिएको हो।

अन्तर्राष्ट्रिय बजारमा रिएजेन्ट तथा अन्य स्वास्थ्य सामग्रीको मूल्य कम भएकाले शुल्क घटाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोभिड १९ परीक्षणका लागि एफडीए किट ईयूए मान्यता प्राप्त किटहरू र स्वास्थ्य सेवा विभागबाट स्वीकृति भएका किटहरूमा प्रयोग गर्न पाइने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अनुमति पाएका प्रयोगशालाले मात्र एन्टीजेनबेस टेष्ट गर्न पाउनेछन्।
 
बायोसेफ्टी प्रोटोकल नमूना संकलन परीक्षण विधि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोकेअनुसार मात्र हुने उनको भनाइ छ। रिएजेन्ट नतिजा पोजिटिभ आएको रिपोर्ट काठमाडौंको हकमा इपिडियोमियोलोजी तथा रोग नियन्त्रण महाशाखा सम्बन्धित स्वास्थ्य कार्यालय र सम्बन्धित व्यक्तिलाई दिनुपर्ने प्रवक्ता डा। गौतमले बताए। नेगेटिभ रिपोर्ट आएको खण्डमा भने सम्बन्धित व्यक्तिलाई मात्र जानकारी गराउनु पर्नेछ।

प्रतिक्रिया

ट्रेन्डिङ