ताजा अपडेट
विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ८० लाख नाघ्यो
विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ८० लाख नाघेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ३ करोड ८० लाख ३२ हजार ३ सय २० पुगेको हो। हालसम्म कोरोना संक्रमणका कारण विश्वमा १० लाख ८४ हजार ३ सय ३६जनाको मृत्यु भइसकेको छ भने २ करोड ६३ लाख ८४ हजार ४ सय ६१ जना निको भइसकेका छन्।
सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ७८ लाख ५२ हजार ८ पुगेको छ भने २ लाख १५ हजार ८ सय ३ जनाको मृत्यु भएको छ। यस्तै, भारतमा ७१ लाख ७५ हजार ८ सय ८० संक्रमित र १ लाख ९ हजार ८ सय ५६को मृत्यु, ब्राजिलमा ५१ लाख ३ हजार ४ सय ८ संक्रमित र १ लाख ५० हजार ६सय ८९ को मृत्युु तथा रुसमा १३ लाख १८ हजार ७ सय ८३ संक्रमित र २२ हजार ८ सय ३४ जनाको मृत्यु भएको छ। यस्तै, मेक्सिकोमा ८ लाख २१ हजार ४५ संक्रमित र ८३ हजार ९ सय ४५ जनाको मृत्यु भएको छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया