ताजा अपडेट
बैतडीमा कुटपिटमा परेका गाउँपालिका अध्यक्ष धनगढी रेफर
कुटपिटमा परेका बैतडीको सुर्नया गाउँपालिकाका अध्यक्ष बिरबहादुर विष्टलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ।
गाउँपालिकाको केन्द्र सार्न नहुने माग गर्दै आन्दोलित भएका स्थानीयको कुटपिटमा परी घाइते भएका अध्यक्ष विष्टलाई थप उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बैतडीका प्रमुख प्रहरी नायब उपरिक्षक नारायणप्रसाद अधिकारीले अध्यक्षलाई थप उपचारका लागि धनगढी पठाईएको जानकारी दिए।
उनका अनुसार अध्यक्ष विष्टको टाउकोमा चोट छ। केन्द्र सार्न नहुने भन्दै गाउँपालिकाको कार्यालयमा ताालबन्दी गरेका स्थानीयले ताला खोल्न गएको भन्दै बुधबार कुटपिट गरेको थिए।
स्थानीयको कुटपिटबाट पाँच प्रहरी सहित थप ११ जना घाइते भएका छन्।
वडा नम्बर ५ को कठ्यागौँडमा रहेको अस्थायी केन्द्रलाई नै स्थायी बनाउनुपर्ने माग आन्दोलरत पक्षको छ भने गाउँ कार्यपालिका बैठकले वडा नम्बर ५ कै पविता भन्ने ठाउँमा केन्द्र राख्ने निर्णय गरेपछि विवाद उत्सर्कसमा पुगेको छ।
कठ्यागौड केन्द्र पक्षधरले स्थानीय अर्जुन मडैको संयोजकत्वमा गाँउपालिका केन्द्र सघंर्ष समिति गठन गरी दबाब मुलक विरोधका कार्यक्रम गर्दै आएका छन्।
केन्द्रकै विषयलाई लिएर सर्वोच्च अदालतमा समेत गाउँपालिकाको निर्णय विरुद्ध रिट दायर भएको छ।
उक्त मुद्दाको अन्तिम फैसला नभएका बेला गाउँपालिकाले केन्द्र सार्न खोजेपनि विवाद झनै बल्झिएको हो।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया