Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बैतडीमा कुटपिटमा परेका गाउँपालिका अध्यक्ष धनगढी रेफर

बैतडीमा कुटपिटमा परेका गाउँपालिका अध्यक्ष धनगढी रेफर

कुटपिटमा परेका बैतडीको सुर्नया गाउँपालिकाका अध्यक्ष बिरबहादुर विष्टलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ।

गाउँपालिकाको केन्द्र सार्न नहुने माग गर्दै आन्दोलित भएका स्थानीयको कुटपिटमा परी घाइते भएका अध्यक्ष विष्टलाई थप उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बैतडीका प्रमुख प्रहरी नायब उपरिक्षक नारायणप्रसाद अधिकारीले अध्यक्षलाई थप उपचारका लागि धनगढी पठाईएको जानकारी दिए।

उनका अनुसार अध्यक्ष विष्टको टाउकोमा चोट छ। केन्द्र सार्न नहुने भन्दै गाउँपालिकाको कार्यालयमा ताालबन्दी गरेका स्थानीयले ताला खोल्न गएको भन्दै बुधबार कुटपिट गरेको थिए।

स्थानीयको कुटपिटबाट पाँच प्रहरी सहित थप ११ जना घाइते भएका छन्।

वडा नम्बर ५ को कठ्यागौँडमा रहेको अस्थायी केन्द्रलाई नै स्थायी बनाउनुपर्ने माग आन्दोलरत पक्षको छ भने गाउँ कार्यपालिका बैठकले वडा नम्बर ५ कै पविता भन्ने ठाउँमा केन्द्र राख्ने निर्णय गरेपछि विवाद उत्सर्कसमा पुगेको छ।

कठ्यागौड केन्द्र पक्षधरले स्थानीय अर्जुन मडैको संयोजकत्वमा गाँउपालिका केन्द्र सघंर्ष समिति गठन गरी दबाब मुलक विरोधका कार्यक्रम गर्दै आएका छन्।

केन्द्रकै विषयलाई लिएर सर्वोच्च अदालतमा समेत गाउँपालिकाको निर्णय विरुद्ध रिट दायर भएको छ।

उक्त मुद्दाको अन्तिम फैसला नभएका बेला गाउँपालिकाले केन्द्र सार्न खोजेपनि विवाद झनै बल्झिएको हो। 

प्रतिक्रिया

ट्रेन्डिङ