Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २५ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

प्रहरी दिवसको अवसरमा अछाम प्रहरीद्धारा अछाम अस्पताल सहित विभिन्न ठाउमा सरसफाई

प्रहरी दिवसको अवसरमा अछाम प्रहरीद्धारा अछाम अस्पताल सहित विभिन्न ठाउमा सरसफाई

कमल रावल, असोज २९ अछाम

“६५ औं प्रहरी दिवस २०७७” को अवसरमा अछाम प्रहरीले जिल्ला भरि विभिन्न कार्यक्रम गरेको छ । प्रहरी कार्यालय अछाम तथा मातहत प्रहरी इकाईहरुबाट जिल्ला स्थित रहेका विभिन्न मन्दिर तथा सार्वजनिक स्थलहरुको सरसफाई प्रहरीले गरेका हुन । जिल्ला प्रहरी कार्यालय अछाममा खट्ेको प्रहरी टोलिले मंगलसेन नगरपालिका ५ मा रहेको जिल्ला अस्पताल अछाम परिसरमा सरसफाई गरेको छ ।

प्रहरीको एक टोलीले जिल्ला अस्पताल परिसरमा सरसफाई गरेको हो । आज बिहान जिल्ला अस्पताल अछामका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मनोज विष्ट, नर्सिङ निरिक्षक गंगा बुढामगर सहितको उपस्थितिमा प्रहरीले सरसफाई गरेका हुन् । प्रहरी दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिने र सोही अनुसार जिल्ला अस्पताल सरसफाई गरिएको प्रहरीले जनाएको छ । नागरिक र प्रहरीको सहकार्य, अपराध रोकथामको लागि अनिवार्य भन्ने नाराका साथ सरसफाई गरिएको हो । प्रहरी निरिक्षक लोकेन्द्र गुरुङ्गको नेतृत्वमा आएको प्रहरी टोलीले सरसफाई गरेको हो । दिवसको अवसरमा जिल्ला अस्पतालमा आई सरसफाई गरिदिनु भएकोमा अस्पताल अछामका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विष्टले प्रहरी संगठनलाई धन्यवाद दिनुभयो ।

यस्तै ईलाका प्रहरी साँफेबगरबाट खट्ेको प्रहरी टोलिले साँफेबगर नगरपालिका १ मा रहेको बैद्यनाथ मन्दिर परिसरमा सरसफाई, ईलाका प्रहरी कार्यालय विनायकबाट खटेको प्रहरी टोलिले वडा नम्बर २ स्थित पञ्चदेवल विनायक मन्दिरमा सरसफाई गरेको बताईएको छ । त्यसैगरि ईलाका प्रहरी कार्यालय कमलबजारबाट खटेको टोलिले वडा नम्बर १ स्थित कमलबजार भगवती मन्दिर, प्रहरी चौकी मंगलसेनबाट खटेको प्रहरी टोलिले मंगलसेनमा रहेको षोडशा मन्दिर, कालिका भगवती मन्दिरमा सरसफाई र प्रहरी चौकी सिउडीबाट खटेको प्रहरी टोलिले चौरपाटी गाउपालिका वडा नम्बर १ स्थित सान्निकोट मन्दिर सरसफाई सहित रंङ्गरोगन गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

प्रतिक्रिया