Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

प्रहरी दिवसको अवसरमा अछाम प्रहरीद्धारा अछाम अस्पताल सहित विभिन्न ठाउमा सरसफाई

प्रहरी दिवसको अवसरमा अछाम प्रहरीद्धारा अछाम अस्पताल सहित विभिन्न ठाउमा सरसफाई

कमल रावल, असोज २९ अछाम

“६५ औं प्रहरी दिवस २०७७” को अवसरमा अछाम प्रहरीले जिल्ला भरि विभिन्न कार्यक्रम गरेको छ । प्रहरी कार्यालय अछाम तथा मातहत प्रहरी इकाईहरुबाट जिल्ला स्थित रहेका विभिन्न मन्दिर तथा सार्वजनिक स्थलहरुको सरसफाई प्रहरीले गरेका हुन । जिल्ला प्रहरी कार्यालय अछाममा खट्ेको प्रहरी टोलिले मंगलसेन नगरपालिका ५ मा रहेको जिल्ला अस्पताल अछाम परिसरमा सरसफाई गरेको छ ।

प्रहरीको एक टोलीले जिल्ला अस्पताल परिसरमा सरसफाई गरेको हो । आज बिहान जिल्ला अस्पताल अछामका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मनोज विष्ट, नर्सिङ निरिक्षक गंगा बुढामगर सहितको उपस्थितिमा प्रहरीले सरसफाई गरेका हुन् । प्रहरी दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिने र सोही अनुसार जिल्ला अस्पताल सरसफाई गरिएको प्रहरीले जनाएको छ । नागरिक र प्रहरीको सहकार्य, अपराध रोकथामको लागि अनिवार्य भन्ने नाराका साथ सरसफाई गरिएको हो । प्रहरी निरिक्षक लोकेन्द्र गुरुङ्गको नेतृत्वमा आएको प्रहरी टोलीले सरसफाई गरेको हो । दिवसको अवसरमा जिल्ला अस्पतालमा आई सरसफाई गरिदिनु भएकोमा अस्पताल अछामका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विष्टले प्रहरी संगठनलाई धन्यवाद दिनुभयो ।

यस्तै ईलाका प्रहरी साँफेबगरबाट खट्ेको प्रहरी टोलिले साँफेबगर नगरपालिका १ मा रहेको बैद्यनाथ मन्दिर परिसरमा सरसफाई, ईलाका प्रहरी कार्यालय विनायकबाट खटेको प्रहरी टोलिले वडा नम्बर २ स्थित पञ्चदेवल विनायक मन्दिरमा सरसफाई गरेको बताईएको छ । त्यसैगरि ईलाका प्रहरी कार्यालय कमलबजारबाट खटेको टोलिले वडा नम्बर १ स्थित कमलबजार भगवती मन्दिर, प्रहरी चौकी मंगलसेनबाट खटेको प्रहरी टोलिले मंगलसेनमा रहेको षोडशा मन्दिर, कालिका भगवती मन्दिरमा सरसफाई र प्रहरी चौकी सिउडीबाट खटेको प्रहरी टोलिले चौरपाटी गाउपालिका वडा नम्बर १ स्थित सान्निकोट मन्दिर सरसफाई सहित रंङ्गरोगन गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

प्रतिक्रिया