ताजा अपडेट
दशैँमा टीका ग्रहण गर्दा भौतिक दूरी कायम गर्न आग्रह
दसैंमा टीका लगाउँदा भौतिक दूरी कायम गर्ने कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले सबै नागरिकलाई आग्रह गरेको छ।
कोरोना संक्रमणको जोखिम रहेकाले नजिकै बस्दा भाइरस सर्न सक्ने सम्भावना हुन्छ। यसैकारण सकेसम्म दूरी कायम गरेर टीका थाप्न वा लगाइदिन केन्द्रले अनुृरोध गरेको हो।
केन्द्रका अधिकृत दिलीपकुमार महर्जनका अनुसार टीका लगाइदिने मान्यजनलाई रुघाखोकी लागेको छ भने त टाढैबाट आशीर्वाद लिन केन्द्रले अनुरोध गरेको छ।
साथै टीका लगाउने व्यक्ति संक्रमित छ भने टीका लगाइदिने ज्येष्ठ नागरिकलाई झन् बढी जोखिम हुन्छ।
यसर्थ दसैंमा टीका आदानप्रदान गर्दा, खाना बनाउँदा आफू र ज्येष्ठ नागरिकलाई पनि हात धुन लगाउन केन्द्रले अनुरोध गरेको छ।
यस्तै सरकारले यसअघि नै यस वर्षको दसैंमा धेरै ओहोरदोहोर नगर्न र आफू बसेकै ठाउँमा रहेर मनाउन अनुरोध गरिसकेको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया