ताजा अपडेट
दशैँमा टीका ग्रहण गर्दा भौतिक दूरी कायम गर्न आग्रह
दसैंमा टीका लगाउँदा भौतिक दूरी कायम गर्ने कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले सबै नागरिकलाई आग्रह गरेको छ।
कोरोना संक्रमणको जोखिम रहेकाले नजिकै बस्दा भाइरस सर्न सक्ने सम्भावना हुन्छ। यसैकारण सकेसम्म दूरी कायम गरेर टीका थाप्न वा लगाइदिन केन्द्रले अनुृरोध गरेको हो।
केन्द्रका अधिकृत दिलीपकुमार महर्जनका अनुसार टीका लगाइदिने मान्यजनलाई रुघाखोकी लागेको छ भने त टाढैबाट आशीर्वाद लिन केन्द्रले अनुरोध गरेको छ।
साथै टीका लगाउने व्यक्ति संक्रमित छ भने टीका लगाइदिने ज्येष्ठ नागरिकलाई झन् बढी जोखिम हुन्छ।
यसर्थ दसैंमा टीका आदानप्रदान गर्दा, खाना बनाउँदा आफू र ज्येष्ठ नागरिकलाई पनि हात धुन लगाउन केन्द्रले अनुरोध गरेको छ।
यस्तै सरकारले यसअघि नै यस वर्षको दसैंमा धेरै ओहोरदोहोर नगर्न र आफू बसेकै ठाउँमा रहेर मनाउन अनुरोध गरिसकेको छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया