ताजा अपडेट
कैलालीमा उपमेयरले शिलालेखमा नाम नराखेको भन्दै ढुङगा प्रहार गरिन्
शिलालेखमा नाम नलेखिएपछि कैलालीको घोडाघोडी नगरपालिकाकी उपमेयरले हंगामा मच्चाएकी छिन् ।नगरपालिकाको वडा नम्बर ७ को नयाँ भवन उद्धाटन कार्यक्रममा उपमेयर प्रेमकुमारी थापाले हंगामा मच्चाएकी हुन् ।
शिलालेखमा आफ्नो नाम नलेखिएको भन्दै आक्रोशित उपमेयर थापाले शिलालेखका ढुंगाले हिर्काइन् । त्यसपछि नगरपालिकाका मेयर ममता प्रसाद चौधरीसँग पनि उनले झगडा गरिन् ।
शिलालेखमा नाम नलेखेर आफ्नो अपमान गरेको भन्दै उपमेयर थापाले मेयर चौधरीविरुद्ध नारासमेत लगाइन् । स्थिती नियन्त्रण गर्न कार्यक्रम स्थलमा प्रहरीहरू नै परिचालित भएका थिए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया